Responsive Ad Slot

latest

आज के भयो देश भर ? छोटकरीमा सबै समचार तनहुँ खबरको एउटै थलोमा पढ्नुहोस I

Sunday, September 30

/ by Admin BHOLA THAPA

दश वर्ष बन्द हड्ताल नहुने......

गुल्मी जिल्लाका राजनीतिक दलले आगामी १० वर्षसम्म बन्दहडताल नगर्ने प्रतिबद्धता ब्यत्त गरेका  छन् । जिल्लालाई कृषिको नमुना र आत्मनिर्भर जिल्लाका रुपमा स्थापित गर्न उनीहरूले १० वर्षे कृषि अवधारणापत्र तयार गरी सरकारलाई पेस पनि गरेका छन् । राजनीतिक दलले आधुनिक कृषि प्रणालीअनुसार कृषि उत्पादन गरी १० वर्षमा १६ हजार घर परिवारलाई रोजगारी दिने लक्ष्यका साथ सो कृषि अवधारणा तयार गरेका हुन् ।

अभियुत्त सार्वजनिक......

ताप्लेजुङको चांगेस्थित इलाका प्रहरी कार्यालय दोभानमा कार्यरत प्रहरी जवान भुपाल आचार्यको हत्यामा संलग्न तीन अभियुत्तलाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सान्थाक्रा–९ बस्ने २० वर्षका उमेश लिम्बु, २८ वर्षीय गंगाबहादुर लिम्बु र  १८ वर्षीय भीम लिम्बु रहेका छन् । पक्राउ परेकाहरूले गत बुधबार राति ड्युटीमा रहेका प्रहरीहरूमाथि आक्रमण गरेको प्रहरीले बताएको छ ।  ताप्लेजुङका प्रहरी नायव उपरिक्षक केदार ढकालले हत्यामा संलग्नहरूको बिवरण सार्वजनिक गर्दै उनीहरूलाई ज्यान मुद्दा चलाइने बताउनुभयो ।

शिविरमा सहभागित......

अछामको रामारोशन गाविसमा चलिरहेको एकीकृत घुम्ती सेवा शिविरमा नागरिकले उल्लेख्य सहमभागिता जनाइरहेका छन् । सदरमुकामबाट १४ कोष टाढा पर्ने ठाउ“मा जिल्लास्थित मुख्य सरकारी कार्यालयबाट दिइने सेवा सुविधा शिविरबाट दिइएको छ । नागरिकता प्रमाणपत्र, फोटोसहितको मतदाता नामावलीमा नाम दर्तालगायतका सेवाशिविरमार्फत दिइएको रेडियो रामारोशनवाट सहकर्मी पूर्णबहादुर खड्काले जनाएका छन् ।

दुई करोड आम्दानी.......

नुवाकोटका दुई गाविसमा मोटरकोसाको मौषमी तथा बेमौषमी खेती गरेर एक  वर्षमा दुई करोड रुपैया“ भन्दा बढी आम्दानी भइरहेको छ । तीन वर्ष अघिसम्म मकै र कोदोको खेती गरेरे जिविको पार्जन गर्न कठिन हुने काउले र भाल्चे गाविसका किसानहरू आजभोलि व्यवसायिक मोटरकोसा खेतीबाट मनग्ये आम्दानी गर्न थालेका छन् । नुवाकोटको दुर्गम गाउ“मा उत्पादन भएको मोटरकोसाले त्रिशूलीदेखि काठमाडौ“ र तराइका बजारसम्म आफ्नो पह“ँच पु¥याएको रेडियो त्रिशुलीवाट सहकर्मी जगदीश खनालले जनाएका छन् ।

पत्रकार सम्मानित.........

सूर्यनारायण महासेठ स्मृति कदर पत्र पत्रकारिता पुरस्कार २०६८ पत्रकारद्वय सुरेश यादव र सन्तोष सिंह कुशवाहालाई प्रदान गरिएको छ । प्राथमिकता साथ स्थानीय खेलकुदको  समाचार सम्प्रेस गरेकोले नागरिक दैनिकका पत्रकारद्वयलाई खेलकुद तथा सांस्कृती विकास कोष जनकपुरले शनिबार प्रदान गरिएको हो । यादवले राष्ट्रिय सञ्चार माध्यममा प्राथमिकता साथ र कुशवाहाले जनकपुरबाट प्रकाशित द एक्सक्लुसिभ सप्ताहिकमा प्राथमिकता साथ समाचार सम्पे्रशन गरेको कोषले पुरस्कार नगद तथा प्रमान पत्रले सम्मान सहित पुरस्कार प्रदान गरिएको कोषका अध्यष जितेन्द्र महासेठले बताउनुभयो । कोषले नागरिक दैनिक र जनकपुर टुडे पत्रिकालाई समेत सम्मान गरिएको धनबीर कुशवाहाले जनाएका छन् ।

एक बालकको मृत्यु..............

बिपी राजमार्ग अन्तर्गत काभ्रेको मंगलटार सडक खण्डमा यात्रुबाहक बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । नेपालथोकबाट बनेपा तर्फ आउ“दै गरेको हिमाल–तराई यातायात सेवा समितिको बा १ ख ९३६७ नम्बरको बसले ठक्कर दि“दा भीमखोरीका १४ वर्षीय सञ्जीव तामाङको मृत्यु भएको हो । बसको ठक्करबाट सख्त घाइते भएका तामाङको उपचारका लागि धुलिखेल अस्पताल ल्याउ“दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चार युवतीको उद्धार...........

रोजगारीका लागि भारत जान खोज्ने चार युवतीलाई प्रहरीले आज बिहान पूर्वी नाका का“कडभिट्टाबाट उद्धार गरेको छ । स्थानीय एक होटलमा आएर बसेका उनीहरूलाई आज बिहान सीमापार गरी भारत जान तयार रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।  स्रोहदेखि २२ वर्षसम्मका ती युवतीहरूको घर सङ्खुवासभा र धरान रहेको बताइएको छ । माइती नेपालस“ग समन्वय गरी उनीहरूका अभिभावकलाई बोलाएर जिम्मा लगाउने प्रहरीले जनाएको छ ।

पश्चिम नेपालमा खरेल ःः

नेपालकै पुरानो र ठूलो बस समिति  मानिने पश्चिम नेपाल बस व्यवसायी संघमा अध्यक्ष पदमा दधिराम खरेल निर्वाचित हुनुभएको छ । एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसबीच भएको गठबन्धनका उम्मेद्वार  खरेलले एमाले समर्थित उम्मेदवार नारायण घिमिरेलाई पछि पार्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । खरेलले एक हजार ३२ मत ल्याउनुभएको छ भने घिमिरेले ६ सय २८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा भने एमाले समर्थित  घिमिरेको प्यानलका गणेशबहादुर भट्टराई निर्वाचित  हुनुभएको छ ।  भट्टराईले एक हजार एक सय ८७ मत ल्याउनुभएको छ भने  खरेल प्यानलका विष्णु देवकोटाले ५ सय २३ मत मात्र प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा कांग्रेसको तर्फबाट कृष्णबहादुर खड्काले ८९२ मत प्राप्त गरी विजयी हुनुभयो भने अर्का उपाध्यक्षमा एमालेका ध्रुवराज अर्याल विजयी हुनुभयो । यस्तैे महासचिव पदमा एमालेका तर्फबाट जिवनकुमार बन्जाडे १०४० मत ल्याई् निर्वाचीत हुनुभएको छ । बन्जाडेले कांग्रेसका उपेन्द्रमान श्रेष्ठ ६८३ मतलाई पछि पार्नुभएको हो । सचिवमा  एमालेकै तर्फबाट गोपाल पौडेल ८ सय ५४ मत विजयी प्राप्त गर्नुभएको छ भने पराजित कांग्रेसका किशोर सुवेदीले ७६६ मत ल्याउनुभएको छ ।  यसैगरी कोषाध्यक्ष पदमा नेपाली कांग्रसका पदम राज गाहाले १००९ मत ल्याएर  निर्वाचीत हुनुभएको छ । उहा“ले एमालेका रविन्द्र विक्रम हमाल ५६२ मतलाई पछि पार्नुभएको हो । त्यस्तै सह सचिवमा एमालेका कुश्माखर रेग्मी र माओवादीका मोहन पीएस   निर्वाचित हुनुभएको श्यामशंकर पाण्डेले जनाएका छन् ।

भारतीय सवारी साधन रोकको विरोध ःः

नेकपा–मओवादीले भारतीय सवारी साधन नेपाल आउन रोक्नु गैरराजनीतीक चरित्र भन्दै नेपाली कांग्रेस रुपन्देहीले खेद प्रकट गरेको छ । कांग्रेस रुपन्देहीका सभापति अव्दुल रज्जाकद्धारा जारी विज्ञप्तीमा खाक्रो राष्ट्रियता नाममा भारतीय सवारी साधन आउन रोक लगाउदा दुई देशबीचको सम्बन्धमा असर परेको उल्लेख गरिएको छ । जारी विज्ञप्तीमा एक्कासी भारतीय सवारी साधन सीमामा रोकिदा पर्यटन वर्ष २०१२ लाई समेत असर पुगेको उल्लेख गरिएको छ । नेपालवाणी काठमान्डौ बाट

Don't Miss
© all rights reserved
made with by netKUTI