Responsive Ad Slot

latest

पूर्वराजा आउने विरोधमा १ घण्टा चक्काजाम I

Monday, September 24

/ by Admin BHOLA THAPA

तनहुँ, आश्विन ८ - दमौली स्थित पञ्चमन्दिरमा पुजाआजा गर्न सोमवार पूर्व राजा ज्ञानेन्द्र शाह आउने विरोधमा कांग्रेस, माओवादी र एमाले लगाएतका ८ पार्टीले सोमवार विहान ७ वजेदेखि १ घण्टा जिल्लाभर यातायात बन्द गरेका छन् ।
८ दलका जिल्ला स्तरका नेताहरुको शनिवार वसेको वैठकले संयुक्त विज्ञप्ति जारी गर्दै  'कथित देवीदेवता र मठ मन्दिरको पुजाआजा गर्ने नाउँमा पुन राजतन्त्रलाई सकृय वनाउन खोजेको' भन्दै एक घण्टा जिल्ला भित्र यातायात ठप्प पार्ने निर्णय गरेको हो ।
banda
पुर्वराजाको तनहुँ भ्रमणको विरोधमा सोमवार विहान ७ वजेदेखि गरिएको एक घण्टे
यातायात वन्दको क्रममा पृथ्विराजमार्गमा उभिएका कांग्रेस, एमाले र माओवादी
लगाएतका ८ दलका कार्यकर्ता । तश्विर: पूर्ण विके/कान्तिपुर
एक घण्टे बन्दको क्रममा पृथ्विराजमार्गमा चल्ने सवारीसाधनहरु पूर्ण रुपमा बन्द गरिएको थियो भने वजार क्षेत्रमा मोटरसाईकलहरु चलेका देखिन्थे । ८ दलले गरेको वन्दमा दमौली वजार क्षेत्रको भोर्लेटार चोक, दुर्गा मन्दिर चोक र ट्राफिक चोकमा गरी करिव २ सय कार्यकर्ताले वन्द सफल पार्न खटिएका थिए ।
पुर्व राजा ज्ञानेन्द्रको पुजाआजा र भ्रमणको विरोध गर्नेहरुमा कांग्रेस, एमाले, नेकपा-माओवादी), नेकपा-माओवादी, राष्ट्रिय जनमुक्ति, राष्ट्रिय जनमोर्चा, दलित जनजाती र नेकपा संयुक्तका कार्यकर्ता छन् ।  
एक घण्टे यातायात बन्दको समापन गर्दै एमालेका जिल्ला सचिव विद्या ढकालले मुलुकमा राजतन्त्र समाप्त भई सक्दा समेत पूर्वराजाले राजाकै हैसियतमा तनहुँ भ्रमण गर्न खोजे ८ दललाई मान्य नहुने बताए । उनले पुर्वराजाको पुन राजा वन्ने योजना दिवा सपना भएको समेत वताए । कांग्रेस सचिव वालकृष्ण घिमिरेले पूर्वराजाको भ्रमण भडि्कलो भए खवरदारी गर्न वाध्य हुने बताए ।SOURCE:Ekantipur.com
Don't Miss
© all rights reserved
made with by netKUTI