दमौली, असोज ७ - नेपाल पत्रकार महासंघ तनहुँको निर्माणाधीन भवनका लागि पुरी रेडियो सेल्स एण्ड सर्भिसका प्रोपाइट सम्शेरपुरीले ५ हजार ५ सय ६६ रुपैयाँ प्रदान गरेका छन् । व्यास–२ निवासी पुरीले आफ्ना बाबु सेतु पुरीकोस्मृतिमा उक्त रकम महासंघ भवन निर्माणका लागि प्रदान गरेका हुन् ।
उक्त रकम आइतबार सम्शेर पुरी र उनका छोरा सुरेश पुरीले पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्षएवं अर्थ संकलन समितिका संयोजक प्रदीप काफ्लेलाई हस्तान्तरण गरेका छन् ।सम्पूर्ण पत्रकारहरुको छातासंगठन नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि केही रकम सहयोग गर्न पाएकोमा पुरीले खुशीव्यक्त गरे । समाज सुधारको संवाहकको रुपमा रहेका पत्रकारहरुको आफ्नै भवन हुनुको खुशीको कुरा भएकोबताउ“दै पुरीले यो अभियानमा सबैले निस्वार्थ भावनाले सहयोग पु¥याउनुपर्ने बताए ।महासंघकानिवर्तमान अध्यक्ष प्रदीप काफ्लेले भवन निर्माणमा पुरीले पु¥याएको सहयोगप्रति आभार व्यक्त गर्दै अन्यसंघसंस्था एवं व्यक्तिलाई समेत यो अभियानमा सघाउ पु¥याउन आग्रह गरेका छन् ।