रामबहादुर धामी,
आँबुखैरेनी, तनहुँ असोज ३ गते । तनहुँको व्यासनगरपालिका–१०, शिवपञ्चायम मन्दिरमा खकुरी प्रहारबाट एक युवक गम्भिर घाईते भएका छन् । जामुने–९, का १६ वर्षीय बिनु विक र १७ वर्षीय लक्ष्मण विकले खुकुरी प्रहार गर्दा जामुने–१, का १६ वर्षिय शिव आले गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । महेन्द्र माध्यमिक विद्यालय जामुनेमा अध्ययन गर्ने तीनै जना युवा केही दिन यता विवाद हुँदा त्यसको बदला स्वरुप बिनु र लक्ष्मणले शिवलाई खुकुरी प्रहार गरेको खुल्न आएको छ ।
खुकुरी प्रहार गर्ने दुबै जनालाई नियन्त्रणमा लिई अनुसंन्धान भैरहेको छ, भने गम्भिर घाईते आलेलाई दमौली अस्पतालमा सामान्य उपचार पछि पोखराको मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको प्रहरीले बताएको छ ।