Responsive Ad Slot

latest

आज मिती २०६९ भाद्र १७ गते देशभरि के के भए त तनहुँ खबरको एउटै थलोमा पढ्नुहोस् I

Sunday, September 2

/ by Admin BHOLA THAPA



कुरा काट्दै हिडेर विवाद मिल्दैन ः सुजाता
श्यामशंकर पाण्डे
भैरहवा, भदौ १७ गते ।  नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजता कोइरालाले पार्टी भित्रको विवाद मिलाउन पर्नेमा शेरबहादुर देउवाले सभपाति सुशील कोइरालाई गाली गर्दे हिडेको बताउनुभएको छ ।

आज बिहान प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले सभापतिलाई गाली गर्दे हिड्ने देउवालाई पार्टीले स्पष्टिकरण सोध्ने चेतावनी दिनुभयो । विवाद अन्त भएको अवस्था देउवा गैर जिम्बेरवार रुपमा एक्लै गालि गर्दे हिन्डुलाई गभ्भीर रुपमा पार्टीले लिएको बताउनुभयो ।

पटक–पटक प्रधानमन्त्री भएको व्यतिले सभापतिका विरुद्ध गतिविधी गर्दे एक्लै हिडेर पार्टीलाई केही असर नपर्ने जिकिर गर्नुभयो । मुलुकको राननीतिक संकट गहिरिरकेका निकासका लागि नेपाली कांग्रसले सरकारको नेत्वत लिनुपर्ने बताउनुभयो । उहा“ले ६ प्रदेशमा सहमति जुटेकोले संघीयतामा जानुको विकल्प नरहेको बताउनुभयो ।

एमाओवादी सरकार छाड्न तयार रहेको बताउ“दै पार्टी प्रधानमन्त्री नाम चयन गर्न कठिन नभएको बताउनुभयो । नामको विषयमा बुहमतको निर्णय हुने हु“दा ठूलो विषय बाउन नहुने बताउनुभयो ।


लडाकुलाई वृत्त विकास प्याकेज आवश्यक ः शर्मा
काठमाडौ“, भदौ १७ गते । सेना समायोजन विशेष समिति सचिवालयका संयोजक बालानन्द शर्माले समायोजनमा जाने माओवादी लडाकुलाई सेनाको मापदन्डभित्रको वातावरण सहज बनाउन केहि समय सेना भित्र वृत्ति विकासको प्याकेज आवश्यक रहेको बताउनुभएको छ ।

नेपालवाणी नेटवर्कस“ग कुरा गर्दै संयोजक शर्माले सैनिक नियममा चल्न कठिनाइ हुने भन्दै केहि समय उनीहरूलाई सेनाभित्र घुलमिल हुन सहज वातावरण बनाउनुपर्ने बताउनुभयो । समायोज पछि नेपाली सेनालाई समेत बलियो बनाउन सेनामा प्रवेश गर्ने लडाकुलाई व्यक्ति विकासको सहज वातावरण बनाउनुपर्ने जोड दिनुभयो ।

शर्माले क्यान्टनमेन्टमा अथवा बाहिर बसे पनि लडाकुले पाउने सेवा सुविधा दिनु पर्ने बताउ“दै लडाकुहरू तालिममा आएपछि मात्रै नेपाली सेनाको सेवा सुविधा पाउने स्पस्ट पार्नुभयो । शर्माले ६ हजार ५ सय लडाकु नेपाली सेनामा प्रवेश गराउने बताएको भए पनि अहिले तीन हजार एक सय मात्र प्रवेश गराउन कुनै समस्या नभएको स्पष्ट पार्नुभयो । 





नेकपा–माओवादीले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै ।
काठमाडौ“, भदौ १७ गते । नेकपा–माओवादीले सडक आन्दोलनलगायतका आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

तीन दिन देखि पार्टी कार्यलय बुद्धनगरमा जारी केन्दी्रय समितिको बैठकमार्फत वैद्य नेतृत्वको माओवादिले आन्दोलनका कार्यकक्रम सार्वजनिक गर्न लागेको हो । बैठकमा अध्यक्ष मोहन वैद्यको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने सदस्यहरूले अहिलेको समयमा आन्दोलनका अर्को विकल्प नभएको धारण राखेको स्रोततले जनाएको छ ।

प्रधानमन्त्री बाबुराम भट्टराईले राजनिामा नदिएसम्म सहमति नहुने ठहर गर्दै माआवादिले राजीनामा दिन बाध्य पार्न र सहमतिका लागि दबाब दिन आन्दोलन गर्न लागिएको माओवादिका नेताहरूले बताएका छन् । वर्तमान राजनीतिक संकटको निकासका लागि गालमेच सम्मेलन नै गर्नु पर्नेमा नेकपा–माओवादीका केन्दी्रय सदस्यहरुले बैठकमा जोड दिएका छन् ।

अध्यक्ष वैद्यको प्रतिवेदनमा पनि वर्तमान राजनीतिक गतिरोधको अन्त्यका लागि गोलमेच सम्मेलन एकमात्र उत्तम विकल्प भएको ठहर गरिएको छ । बैठकले वर्तमान सरकारलाई  आन्दोलनबाट विस्थापित गर्ने रणनितिसमेत तय गर्ने बताइएको छ ।

अर्थ

सुनको मूल्यमा नया“ रेकर्ड

काठमाडौ“, भदौ १७ गते । नेपाली बजारमा सुनको मूल्यमा आज नया“ रेकर्ड कायम भएको छ । एकैदिन तोलामा ९ सय रुपैया“ले बढेर सुन आज प्रतितोला ५९ हजार ९ सय रुपैया“मा कारोबार भइरहेको छ ।

चाडवाड नजिकदै जा“दा सुनको मुल्यमा भइरहेको भारी वृद्धिस“गै कारोबार भने आधा घटेको सुन चा“दि व्यवसायीको भनाइ छ । यसअघि गत बुधबार ५९ हजार ४ सय रुपैया“ पुगेको सुनको भाउ ओरालो लाग्दै हिजो प्रतितोला ५९ हजार रुपैया“ कायम भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले स्थानीय बजारमा पनि मूल्य वृद्धि भएको नेपाल सुन चा“दि व्यवसायी संघले जनाएको छ । यस्तै चा“दिको भाउ पनि तोलामा ४० रुपैया“ ५० पैसाले बढेर ११ सय ४५ रुपैया“मा कारोबार भइरहेको छ ।


भै“सीको दूध बेचेर आत्मनिर्भरताउन्मुख भए गृहिणी
कञ्चनपुर, भदौ १७ गते ।  भै“सीको दूध बेचेर मनग्य कमाई हुन थालेपछि कञ्चनपुरको भमरभोजका महिला घरपरिवारको खर्च चलाउन सक्षम भएका छन् ।

यहा“का महिलाले दैनिक भै“सीको दूध बेचेर रु २०० बढी आम्दानी गर्दै आएका छन् । दूध बेचेको पैसाले घरायसी खर्च, विद्युत् महसुल, बालबालिकाको खर्च र गाउ“मै गठन भएका समूहमा बचत गरी यहा“का महिला अर्थिकरूपमा सबल हन थालेका छन् ।

पा“च वर्षदेखि दूध बेच्दै आएकी हेमा जोशीले आर्थिक अवस्था कमजोर भएका कारण दूध बेच्ने पेसालाई रोज्न पुगेको बताइन् । आर्थिक अवस्था कमजोर भएकै कारण उनका श्रीमान्ले भारतमा मजदुरी गर्दै आएका थिए । ‘दूध बेचेको पैसाले घरायसी खर्च व्यहोर्न सक्षम बनेपछि श्रीमान्को कमाई बचत गरी चारकोठे पक्की घर बनाउन सकिएको उनले सुनाइन् ।

चुरेको फे“दीमै रहेको उक्त गाउ“मा भै“सी पाल्नका लागि वनमा प्रसस्त घा“स पाइने भएका कारण यहा“का १८ जना महिला भै“सीपालन व्यवसाय गरी दूध बेच्दै आएका छन् । श्रीमान्को मुख ताक्नुपर्ने विगतको अनुभव सुनाउ“दै दूध व्यवसायमा लागेकी सरस्वती ऐरले भनिन्—“जुन कार्यका लागि श्रीमान्ले मजदुरी गरेको पैसा उनीस“ग हारगुहार गरेर माग्नुपर्ने बाध्यता थियो ।

हाल भै“सीपालन व्यवसायलाई तीन वर्षदेखि निरन्तररूपमा अपनाउ“दै आएपछि ती विगतका दिनको अन्त्य भएको छ ।’ विगतमा जस्तो पैसाका लागि अन्यत्र कर्जा माग्न साहुलाई गुहार्नुपर्ने दिनको अन्त्य भएको सुनाउ“दै उनले भनिन्—“समूहमा दैनिक बचतसमेत गर्न थालेकाले घरायसी ठूला खर्च हुने कार्यका लागि न्यून ब्याजमा पैसा सहजै उपलब्ध हुने भएकाले परनिर्भर हुनुपरेको छैन ।”

स्थानीय दयमन्ती ठगुत्राको थोरै जग्गा नभएकाले श्रीमान् श्रीमती दुवैले मजदुरी गरेर परिवारको खर्च चलाउन विगतमा धौधौ थियो । गाउ“का अन्य महिलाको सल्लाहमा कर्जा लिएर उनले भै“सीपालन व्यवसाय अपनाएर दुई वर्षदेखि दूध बेच्दै आएकी छन् । “दूध बेचेर मनग्य आम्दानी हुन थालेपछि विगतमा आर्थिकरूपमा विपत्र भएकै कारण भोग्नुपरेका समस्या निराकरण हुन थालेको” उनले बताइन् ।

भै“सी खरिद गर्दा लागेको कर्जा एक वर्षमै तिरेर, घरायसी खर्च धान्दै समूहमा रकम बचत गरेर आर्थिकरूपमा उनले सबल बन्दै गएको बताइन् । मिहिनेत गरे जस्तो यहा“का आ“टिला र मिहिनेती महिलाले भै“सीपालन व्यवसायका अलावा गाउ“मा हुने सामाजिक कार्यमा समेत सहभागी भएर विकास निर्माण, सामाजिक सचेतना र अन्य कुरीतिविरुद्ध एकजुटसमेत हुन थालेको स्थानीय भागरथी ऐरले बताउनुभयो ।

भै“सीपालनका लागि चाहिने आवश्यक घा“सपातको व्यवस्था गर्न विगतमा टाढाटाढा जानुपर्ने बाध्यता भोग्दै आएका महिलाले गाउ“ नजिकैका सामुदायिक वनमा घा“सपातका लागि बिरुवा रोपेर वनलाई हराभरा बनाई सहजै घा“स दाउरा पाउन थालेपछि बचेको समय सामजिक कार्यका लागि खर्चिंदै आएका छन् ।

भै“सीपालन व्यवसाय अपनाएर आर्थिकरूपमा मात्र नभएर चेतनाको विकासस“गै सामाजिक कार्यमा अन्य क्षेत्रका महिलाभन्दा यहा“का महिला अग्रणी रहेको स्थानीय सामाजिक कार्यकर्ता कृष्ण ठगुत्राले भने । आर्थिक अवस्था कमजोर भएका परिवारले विगतमा बालबालिकालाई समेत अभिभावकले आफूस“गै मजदुरीमा लैजाने गरेका थिए ।

चेतनाको विकासस“गै आर्थिकरूपमा सबल बनेपछि हाल एकदर्जन बालिकालाई यहा“का अभिभावकले उच्च शिक्षा ग्रहण गराउन दूध बेचेको पैसा खर्च गरेर सहरमा पढ्नका लागि पठाएका छन् । “विद्यालय पढाउने खर्चको जोहो भै“सीपालनको कमाईले धानिन थालेपछि बालबालिकालाई उच्च शिक्षा पढाउन सकिएको”— स्थानीय ममता ठगुत्राले बताउनुभयो ।

ती महिलाले मासिकरूपमा तीन हजार बढी दूध उत्पादन गरी बेच्दै आएको आ“चल डेरीका सञ्चालक ललित हमालले बताउनुभयो । उत्पादित दूध बजारसम्म पु¥याउनका लागि महिलाले आफूमध्येकै एकजना महिलालाई प्रतिलिटर दूधमा रु पा“च भाडा दिने गरी महिला कामदारसमेत राखेका छन् । रासस


कपडा सिलाउने मजदुरको सङ्कट
कावासोती, १७ भदौ । कपडा सिलाउने सीप भएका मजदुर बजारमा नपाइ“दा यस व्यवसायमा दक्ष मजदुरको सङ्कट परेको छ ।

रोजगारीका लागि हजारौ“ युवा विदेश जाने गरे पनि स्वदेशमै रोजगारीका लागि ध्यान नहु“दा दक्ष व्यक्ति पाउन मुस्किल भएको नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घ नवलपरासीका अध्यक्ष रूपेशकुमार नेपालीले बताउनुभयो । सरकारी तथा गैरसरकारी निकायले सीपमूलक तथा आयआर्जनका लागि दिइने तालिम प्रमाणपत्र लिनका लागि मात्र भएकाले बजारमा दक्ष जनशक्ति नपाइने गरेको हो ।

नेपाली चोली, दौरा सुरुवाल सिलाउन जात्रेको सङ्ख्या जिल्लामा पाउनै मुश्किल भएको उहा“ले बताउनुभयो । आफ्नै पोसाक सिलाउने सीप नहु“दा आयातित रेडिमेट कपडामा रमाउने अवस्था आएको छ । नवलपरासीमा रहेका ४०० सिलाइकटाइ केन्द्रहरूमध्ये आधामा दक्ष जनशक्तिको अभावमा काम गर्न कठिनाइ भएको नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घले जनाएको छ ।
जिल्लामा सिलाइका क्षेत्रमा झन्डै चार हजार मजदुरमध्ये सीपमा निखार भएका व्यक्ति कम हु“दा ग्राहकको चाहना पूरा गर्न सकिएको छैन सङ्घका सचिव मन्सुर अलीले भत्रुभयो—“टेलिभिजन र पत्रपत्रिकाको विज्ञापन हेरेर त्यस्तै अपेक्षा लिने ग्राहक पसलमा आउ“दा दक्ष जनशक्तिको अभावमा सेवा दिन सक्दैनौ“ ।”

‘सीप सिकेपछि विदेश पलायन हुन्छन्’’ नवलपुर टेलर्सका सञ्चालक शिवराम थनेतले भत्रुभयो । विदेशबाट रेमिट्यान्स भित्रिए पनि त्यो पैसा विदेश नै जाने गरेको उहा“ भत्रुहुन्छ । विदेशबाट रेडिमेट कपडा आउ“छ त्यसैलाई मह“गोमा किनेर लगाउनुपर्छ कसरी राष्ट्रको उत्रति हुन्छ अध्यक्ष नेपालीले भत्रुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला विकास समिति र गाविसहरूले दिने सिलाइको तालिम प्रभावकारी बनाउन सकेमात्र पनि केही सीप भएका मजदुर पाइनेछ । थोरै सीप जानेकालाई मात्र दक्ष बनाउनका लागि तालिम दिने गरेको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका प्रमुख श्रीधर पन्थीले बताउनुभयो ।

सिलाइमा सीप भएका मजदुर भए जिल्लामा दुई हजार खपत हुने अवस्था रहेको छ”, उहा“ले भत्रुभयो— “कामदारको अभावमा भनेका बेला तयारी माल दिन सकेका छैनौ“ ।” रासस

खेलकुद:

आइसिसी क्रिकेट प्रतियोगिता भोलिदेखि
एजेन्सी, भदौ १७ गते । विश्वकप क्रिकेट २०१५ को प्रवेश मार्गको रुपमा रहेको आइसिसी डिभिजन फोर क्रिकेट प्रतियोगिता भोलिदेखि मलेसियामा सुरु हुदैछ ।

प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले विश्वकप क्रिकेटको छनौटको रुपमा रहको डिभिजन तीनमा प्रतिष्पर्धा गर्ने छन् । प्रतियोगितामा नेपालसहित ६ टिमको सहभागी रहेने छ । नेपालका लागि डिभिजन तीनको यात्रा सहज भने छैन । नेपालका लागि मलेसिया र सिङ्गापुर परम्परागत प्रतिद्धन्द्धी हुन् भने डेनमार्क विल्कुलै नया“ प्रतिद्धन्द्धी हो ।

डिभिजन तीनबाट पा“चौ भएर झरेको डेनमार्क तथा अमेरिका नेपालका लागि कठिन रहेका छन् । त्यस्तै प्रतियोगितामा घरेलु भूमीमा रहेको मलेसियास“गको टकराव पनि नेपालका लागि सहज देखिदैन । तान्जानिया“स“ग पनि नेपालले डिभिजन तीन प्रवेशका क्रममा हार बेहोरेको थियो । क्रिकेटको सुरुवात भएको १६ वर्ष पुग्दासमेत नेपालले वान डे वल्डर्कप खेल्न पाएको छैन ।

यद्यपी ट्वान्टी ट्वान्टी वल्र्डकप छनौट प्रतियोगितामा राम्रो गरेको नेपालको मनोबल उच्च रहेको छ । भारतीय चर्चित लिग आइपिएलमा ट्रायल दिएका शक्ति गौचन तथा उच्च फर्ममा रहेको कप्तान पारस खड्का नेपालका लागि भरपर्दा खेलाडी हुन् । श्रीलंका लिग खेलिसकेका अमृत भट्टराई र चन्द्र साउद पनि नेपालका लागि आशातित खेलाडी हुन् भने कीर्तिमानी राहुल विकको उत्कृष्ट पं्रर्दशनको नेपालले आशा गरेको छ ।

प्रवास:

सिराह सेवा समाज समितिको अधिवेशन
सिताराम थापा
दोहा, १७ भदौ÷ सिराह सेवा समाज समितीको सातांै अधिवेशन शुक्रबार दोहामा सम्पन भएको छ । अधिवेशनबाट रामबाबु यादवको नेतृत्व नया“ कार्यसमिति चयन गरेको छ ।

नवनिर्वाचत समितिमा उपाध्यक्ष मोहम्मद इशा अलि रहनु भएको भने सचिवमा जय भुवन यादव चयन हुनुभएको छ । त्यस्तै कोषाध्यक्षमा जिवस यादव निर्वाचित हुनुभएको छ । सदस्यहरूमा शम्भु महत्तो, महम्मद मोजाहिद, महमद राजाइक राइन, अशोक मुखिया, मनोज शाहा, पिल्टुमारा तथा शुसिल यादव रहेका छन् ।

सल्लाहकार संयोजकमा महोमद साकिर अलिलाई छनोट गरिएको याकुव राइन, उतिम शाहा, याकुव मिया“, रामदेव शाहा ताथ सुरेश हाफि रहेका छन् । नेपाली जनसम्पर्क समितिका सभापति विमल सुवेदिको प्रमुख अतिथ्य तथा समाजका निवर्तमान अध्यक्ष उतिन शाहको सभापतित्वमा कार्यक्रम भएको थियो ।

संचालन भएको उक्त कार्यक्रममा विषेश अतिथि मण्किलाल मण्डल धनुसा सेवा समाज, याकुव राइन प्रवासी नेपाली मुस्लिम समाज महमद अजिज अलि मुस्लिम युवा समाज, जिब्छ महत्तो सर्लाही सेवा समाज ) , करिम बक्स मियाँ नेपाली जनसम्पर्क समिती महा मन्त्रि ,कौसर हुसैन )सास्वर मुस्लीम सेवा समाज ) लिकिरण खुजुङ –लोक तान्त्रीक मन्च) तथा अशोक कुमार मूखियालगायतको सहभागिता रहेको थियो ।




रोजगारीको माग गर्दै सर्वोच्च रिट
काठमाडौ“, भदौ १७ गते । ंविधानमा भएको व्यवस्था बमोजिम रोजगारीको माग गर्दै सबौच्चमा रिट दायर भएको छ ।

मौलिक हकको रुपमा रोजगारीको सुनिश्चित गरिए पनि रोजगारी नपाएको भन्दै कालिकोटकी यशोदा कुमारी बरालले सवोच्चमा रिट दायर गर्नुभएको हो । संविधानको धारा १८ को उपधारा १ मा रोजगारीको हक हुने र उपधारा २ कानुनमा रोजगारीको व्यवस्था भए पनि अधिकारबाट बञ्चित हुनु परेको भन्दै परमादेशको माग गरिएको छ ।

काठमाडौ“मा कक्षा १२ मा पढ्दै गरेकी बरालले दायर गरेको रिटमा संविधानमा व्यवस्था भए पनि कानुन नबन्दा रोजगारी पाउने अधिकारबाट बञ्चित हुनु परेको उल्लेख गरिएको छ । रिट निवेदनमा घरको पारिवारिक अवस्थाले वर्षभरी खान नपुग्ने, घरको कमाइले काठमाडौ“मा बसेर शिक्षा लिन नसक्ने भएकाले संविधानमा व्यवस्था भएको अधिकार उपभोग गरेर रोजगारी पाउनु पर्ने माग गरिउको छ । रिटको पेशी भोलीका लागि तोकिएको सवोच्च अदालतले जनाएको छ । नेपालवाणी



पुनःस्थापन गर्न सकिन्छ ः पूर्व सांसद

काठमाडौ“, भदौ १७ गते । संविधानका अन्तवस्तुमा दलहरूबीच सहमती गरेर संविधानसभाको पुनःस्थापनाबाट वर्तमान समस्याको समाधान गर्न सकिने निष्कर्ष  पूर्व सांसद मञ्चले निकालेको छ ।

संविधानसभाको अर्को निर्वाचन भन्दा संविधानका बा“की विवादित विषयमा सहमति गरी संविधानसभा पुनःस्थापना गर्नु पर्ने पक्षमा उनिहरू उभिएका छन् । आज काठमाडा“ैमा भएको छलफलमा उपस्थित अधिकांश पूर्वसांसदहरूको धारणा संविधानसभा पुर्नस्थापनको पक्षमा रहेको थियो ।

छलफलमा उपस्थित एकीकृत नेकपा माओवादीका नेता जर्नादन शर्माले दलहरूले संविधानका विवादित विषयलाई टुंगाएर अगाडि बढ्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । त्यस्तै कांग्रेसका नेता प्रकासशरण महतले सहमतिको बाटोमा दलहरू आउन नसकेकाले नै संकटको अवस्था आएको भन्दै सहमतिमा आएर समस्या समाधान गर्न सबै दलहरूलाई आव्हान गर्नुभयो ।


Don't Miss
© all rights reserved
made with by netKUTI