Responsive Ad Slot

latest

चीन र जापानको सम्वन्ध झन् चिसिदै नेपाल खबर

Wednesday, September 19

/ by Unknown
एजेन्सी, असोज ३ गते । विवादास्पद टापुमा जापानको हस्तक्षेप भयो भने दुइ देश विचको आर्थिक सम्वन्ध राम्रो नहुने चीनले प्रतिक्रिया दिएको छ । चीनको पूर्वी क्षेत्रमा रहेको टापु आफ्नो भएको जापानले दावी गरेपछि दुइ देशविचको सम्वन्धमा चिसोपना आएको छ ।
चिनको वाणिज्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा दुई देशविचको व्यावसायिक सम्वन्ध विग्रियो भने त्यसको जिम्मेवार जापान हुने बताइएको हो । जापान युरोपेली युनियन र अमेरिकापछि चीनको तेस्रो व्यावसायिक साझेदार हो । दुई देशबीच ३ सय ४० अर्ब अमेरिकी डलरभन्दा बढीको वार्षिक कारोबार हुँदै आएको छ ।
टापु बिक्रीको विरोधमा चीनमा जापानी उद्योगमाथि पनि आक्रमण भइरहेको छ । आक्रमणपछि जापानी कम्पनीहरु बन्दसमेत भएका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI