Responsive Ad Slot

latest

पार्टीभित्रको भ्रष्टाचार असोज १० गतेभित्रमा सार्वजनिक हुने नेता शेरचनको भनाइ ।।

Monday, September 17

/ by Unknown
काठमाडौं असोज १ गते  एकीकृत नेकपा माओवादीको पार्टी भित्र भएको भ्रष्टाचार छानविन गर्न गठित आयोगका संयोजक एवं स्थायी समिति सदस्य अमिक शेरचनले यही असोज १० गते भित्रमा पार्टीभित्र भएको भ्रष्टाचारको छानविन गरेर कसले कति भ्रष्टाचार गर्यो भन्ने विषयको यथार्थ विवरण सार्वजनिक गर्ने तयारी भईरहेको जानकारी दिनुभयो । रिपोर्टर्स क्लब नेपालले आज गरेको साक्षात्कारमा उहाँले असोज ३ गतेसम्म परेका उजुरीको छानविन सकिने जानकारी दिदै त्यसको विष्लेसण गरेर असोज १० गते भित्र सार्वजनिक गर्ने बताउनुभयो । उहाँले आफू आयोगको संयोजक भएकाले अहिले सबैकुरा भन्न नमिल्ने भएकाले १० गतेभित्र सबै सार्वजनिक हुने बताउनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI