असोज १ गते परासी नवलपरासीमा आज भएको दुर्घटनामा नवलपरासीका निमित्त प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख लगायत ६ जना घाइते भएका छन् । नवलपरासीको दुम्किबास गाविस अन्तर्गत दाउन्नेमा जिल्ला प्रशासन कार्यालयको लु १ झ २३६ नम्बरको सुजुकी र ना ३ ख ३२८७ नम्बरको गाडी एकआपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा परी निमित्त प्रमुख जिल्ला अधिकारी ओमप्रकाश पाण्डे, नवलपरासीका प्रहरी प्रमुख ज्ञानविक्रम शाह, चालक बुद्वि मगर, लगायत घाइते हुनु भएको हो । डाइभर्सन गरेर यातायात चलाउन पनि खोला बढेकाले समस्या भए पछि बिकल्पको खोजिका लागि त्यस तर्फ जादै गरेको अबस्थामा दुर्घटना भएको हो ।