पश्चिमान्चल
क्षेत्रमा पर्ने विभिन्न जिल्लाको साताव्यापी भ्रमणका क्रममा पूर्व राजा
ज्ञानेन्द्र शाह पोखरा पुग्नुभएको छ । पोखरा पुग्दा पूर्व राजा
ज्ञानेन्द्रलाई उहाँका समर्थक तथा शुभेच्छुकहरूले फुलमालासहित स्वागत गरेका
थिए । उहाँ सडकमार्ग हुँदै पोखरा जानुभएको हो । पोखरा जाने क्रममा उहाँलाई
पृथ्वी राजमार्गको मुख्यमुख्य चोकहरूमा पनि समर्थकहरूले स्वागत गरेका थिए ।