आचार्य प्रभा, डेन्वर कोलोराडो – स्थानिय अरोराबासी गंगा चौँलागाइ
तथा बि.आर.टि.नेपाल डट कमका संस्थापक श्री शैलेस पोख्रेलको आयोजनामा करिब
१५० जना महिला दिदी बहिनी लगायत पुरुष महानुभावहरुको उपस्थितिमा गत आइतबार
१७ गते साँझ काठमाण्डौ किचन रेस्टुरेन्टमा नेपाली महिलाहरुको महान
चाड हरितालिका तीज भब्यताको साथ सम्पन्न भयो । बिगतमा झैं यो पटक
पनि अरोराबासी लगायत कोलोराडो शहरका अन्य ठाउँहरुबाट पनि रमाइलो चाड तीज
मनाउनकोलागी सबै चेलीबेटीहरुको जमघट भएको थियो । उक्त कार्यक्रममा प्रवासी माटोबाट स्वदेशमा रहनुहुने सम्पूर्ण आफन्तजनहरुलाई तीजको शुभकमना सन्देश पठाउनकालागी काठमाण्डौको एक मात्र प्रख्यात रेडियो अडियो एफ एम १०६.३ बाट प्रत्यक्ष प्रशारणको प्रबन्ध पनि मिलाइको थियो ।
कार्यक्रम संचालन जय प्रकाश रिजालले गर्नु भएको थियो भने साउण्ड सिस्टममा राजिव शर्माले सहयोग गर्नु भएको थियो । कार्यक्रममा बिभिन्न तीजका नयाँ पुराना गीतहरु बजाएर दिदी बहिनीहरुले खुबै रमाएर नाँचेका थिए। तीजको दर स्वरूप बिभिन्न परीकारका स्वादिष्ट पकवानहरु बाँडेर काठमाण्डौ किचनले सबै आगन्तुकहरुलाई सन्तुष्ट बनाएको थियो । यसरी २०६९ सालको तीज सबै दिदी बहिनीहरुले बडो रमाइलो र सौहाद्रपूर्ण तरिकाले प्रवासमा नै भए पनि मनाए । एफ.एम ब्यवस्थापना शैलेस पोख्रेल ज्युले गर्नु भएको थियो ।