Responsive Ad Slot

latest

नयाँ सरकार गठनबारे नेताहरूको आ–आफ्नै तर्क र दाबी ।।

Thursday, September 20

/ by Unknown
असोज ४ गते ।,,नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर रामशरण महतले दुई दिनभित्रमा दलहरुबीच सहमति हुन नसके राष्ट्रपतिले आफै अग्रसरता लिएर एकसाताको समय दिएर सहमतिको सरकार गठनका लागि दलहरुलाई आह्वान गर्नुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लले आज राजधानीमा गरेको साक्षात्कारमा नेता महतले सहमतिको सरकार बन्न नसके, बहुमतीय सरकार गठनको प्रक्रियामा पनि जानुपर्ने बताउनुभयो । बहुमत पु¥याउन सक्ने दललाई सरकारको नेतृत्व गठनको अवसरदिनुपर्ने उहाँको धारणा थियो । उहाँले निर्वाचन गर्न नसकेपछि नैतिक जिम्मेवारी लिएर प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नै सहमतीय सरकार गठनका लागि राष्ट्रपतिलाई आह्वान गर्नुपर्ने बताउनुभयो ।

यसैगरी एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले नयाँ बन्ने सहमतिको सरकारको नेतृत्वका लागि आफ्नो पार्टीको पनि दाबी रहेको बताउनुभयो । उहाँले पहिले भएको सहमतिका आधार भत्किएकोले काङ्ग्रेसको नेतृत्वमा सहमतिको सरकार बन्छ नै भनेर ग्यारेन्टी गर्न नसक्ने पनि बताउनुभयो । प्रवक्ता सापकोटाले मुलुक पाँचबुँदे सहमतिअनुसार नगएकाले काङ्ग्रेसकै नेतृत्वमा सरकार बन्छ भन्ने ग्यारेन्टी नभएको बताउँदै अब जसले पनि नेतृत्व लिनसक्ने बताउनुभयो । नयाँ निर्वाचित जनप्रतिनिधिहरुले संविधानका बाँकी रहेको विवादित विषयमा छलफल गरेर संविधान जारी गर्नुपर्ने भन्दै सापकोटाले विघटित संविधानसभाले गरेका छलफल र तयार पारेको दस्तावेजहरु महत्वपूर्ण सम्पत्ति भएको बताउनुभयो ।

नेकपा एमालेका केन्द्रीय सदस्य भीम रावलले भोलि बस्ने चार दलको बैठकले नै तत्काल प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई पदमुक्त गर्दै नयाँ सहमतिको सरकार गठन गर्ने विषयलाई टुङग्याउनुपर्ने धारणा राख्नुभयो । रावलले काङग्रेसको नेतृत्व एमालेलाई स्विकार्य हुने भन्दै एमालेले तत्कालै सरकारको नेतृत्व दावी नगर्ने बताउनुभयो ।

नेकपा–माओवादीका पोलिटब्यूरो सदस्य नारायण पौडेल शर्माले चार दलको सिण्डिकेटले निर्वाचनमा जाने गरी गरेको सहमति जनमत विरोधी रहेको भन्दै त्यसलाई आफूहरुले नमान्ने घोषणा गर्नुभयो । उहाँले  संविधान बन्ने कुनैआधार तयार नगरी निर्वाचनमा जाने सहमति गरेर मुलुकलाई गोलचक्करमा फसाउने षड्यन्त्र भइरहेको आरोप लगाउनुभयो ।

यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री राजेन्द्र महतोले प्रधानमन्त्री भट्टराई नेतृत्वको अहिलेको सरकारको नेतृत्वमा निर्वाचन हुन नसक्ने ठोकुवा गर्नुभयो । मन्त्री महतोले गैर राजनीतिक नेतृत्वको सरकार पनि बन्न सक्ने सङ्केत गर्नुभयो ।

 
Don't Miss
© all rights reserved
made with by netKUTI