काठमाडौँ, असोज ३ गते । एकीकृत नेकपा माओवादीलाई आतङ्ककारीको सूचीबाट
हटाइएकोमा द्वन्द्वपीडित राष्ट्रिय समाजले अमेरिकाको ध्यानाकर्षण गरेको छ ।
समाजका अध्यक्ष केबी गुरुङले आज अमेरिकी राजदूत पिटर डब्लु बोडेलाई भेटी
ध्यानाकर्षण सहित ज्ञापनपत्र बझाउनुभएको छ ।
ज्ञापनपत्रमा एकीकृत माओवादीले सशस्त्र दशवर्षे युद्धका क्रममा कब्जा गरिएका घरजग्गा तथा सम्पत्ति अहिलेसम्म पनि फिर्ता नगरेको, १२ बुँदे समझदारीपत्र, शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन हुँदै सरकारको नेतृत्व गरिरहँदासम्म विगतका सहमति र सम्झौता पालना नगरेको उल्लेख छ ।