रौतहट भदौ ३१ गते, सामाजिक सेवामा महत्वपूर्ण योगदान पु¥याएको भन्दै रौतहटको गरुडामा रहेको अनाथालयलाई राष्ट्रिय पुरस्कारले सम्मान गरिएको छ । करिब बीस वर्षदेखि रौतहटको गरुडामा सञ्चालित वंशीराम जायसवाल अनाथालयलाई २०६९ सालको बाल
हितकारी पुरस्कारले सम्मान गरिएको हो । साल्ट ट्रेडिङ कर्पोरेशनको स्वर्ण जयन्तीको अवसरमा काठमाडौँमा नगद ५० हजार रुपैँया तथा
ताम्रपत्रले अनाथालयलाई सम्मान गरिएको हो । बालबालिकाको लागि काम गर्दा
कामको सम्मान भएकोमा खुशी लागेको प्रतिक्रिया दिँदै प्राप्त रकम अनाथालयका
बालबालिकाका लागि खर्च गरिने अनाथालयका संस्थापक अध्यक्ष वंशीराम जयसवालले
बताउनुभयो । गरुडाका समाजसेवी तथा पूर्व गाविस अध्यक्ष वंशीराम जयसवालले
आफ्नो नाममा निजी लगानीमा अनाथालयको स्थापना गर्नु भएको थियो ।