असोज १ गते पोखरा प्रधानमन्त्री डा बाबुराम भट्टराईले क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको माग गर्दै पोखरामा जारी रहेको आन्दोलन फिर्ता लिन आग्रह गर्नुभएको छ । सरकारले एक साता भित्र प्रक्रिया मिलाएर विमानस्थल निर्माण सुरु गर्र्नेे वताउदै प्रधानमन्त्रीले यस्तो आग्रह गर्नुभएको हो । क्रान्तिकारी पत्रकार संघले आज पोखरामा गरेको कार्यक्रम प्रधानमन्त्री भट्टराईले विमानस्थल निर्माणको सम्बन्धमा सरकार संवेदनशील भएकाले आन्दोलित नहुन पोखरा बासीलाई आग्रह गर्नुभएको हो । अर्को फरक प्रसङ्मा उहाँले राजनीतिक निकासको लागि राष्ट्रपतिले केही पनि गर्न नमिल्ने वताउनुभयो । प्रधामन्त्री भट्टराईले राजनीतिक निकासको लागि दलहरुसँग नयाँ चुनाव र संबिधासभा पुनस्थापना दुई वटा मात्र विकल्प भएको वताउदै सहमतिको लागि दलहरुबीच गम्भीर छलफल भईरहेको दाबी पनि गर्नुभयो ।