असोज १ गते ताप्लेजुङ ताप्लेजुङको लिङ्खिममा एक सुत्केरीको ज्यान गएको छ । लिङ्खिम ३ निवासी १८ वर्षिया रीता लिङ्खिमको छोरा जन्मिएको १ घन्टापछि ज्यान गएको छिमेकी फुङ्नाम लिङ्खिमले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो अपरान्ह ४ बजे बच्चा जन्माएकी रीताको साल नझरेपछि ज्यान गएको हो । रीतालाई घरैमा सुत्केरी गराइएको थियो ।