Responsive Ad Slot

latest

बैतडीमा ज्वरोबाट बिरामी पर्नेको संख्या बढ्यो ।।

Sunday, September 16

/ by Unknown

बैतडी भदौ ३१ गते, जिल्ला स्वास्थ्य कार्यालय बैतडीले गएको दुई महिना यता जिल्लाका विभिन्न ठाउँमा मौसमी ज्वरोबाट ६ हजार १ सय ८४ जना प्रभावित भएको जनाएको छ । सरोकारवाला निकायहरुसँग जिल्लाको स्वासथ्य अवस्थाको बारेमा आज गरेको अन्तरक्रियामा यस्तो जानकारी दिइएको हो । मौसमी ज्वरोबाट सबैभन्दा बढी जिल्ला अस्पतालमा १ हजार ४ सय ३१ जनाले उपचार गरेको जनाइएको छ । यस्तै सलेना गाविसमा ८ सय ५२, मेलौली १ हजार २ सय ५०, देहीमाण्डौंमा ९ सय ज्वरोका विरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले जानकारी दिनुभयो । यसैगरी दुईमहिनाको अवधिमा जिल्लाभरी ७ सय ९८ जना झाडापखालाबाट प्रभावित भएका छन् ।

Don't Miss
© all rights reserved
made with by netKUTI