Responsive Ad Slot

latest

बुटवलमा आधा दर्जन डेरी उद्योगमा बाणिज्यको छापा

Monday, September 3

/ by Unknown
पाठक दुग्ध डेरी र मनकामना डेरी शंकाको घेरामा
 अनुगमनलाई निरन्तरता दिन्छौं ःबाणिज्य बिभाग
 डेरी सञ्चालकले बढि मुनाफाका लागि पानी थपे
कपिल ज्ञवालीबुटवल भदौ १२ बजारमा मुल्यबृद्धि संगै गुणस्तहिन सामानको बिक्रि बितरण बढिरहेको गुनासो आएपछि बाणिज्य बिभाग रुपन्देहीको अगुवाईमा बुटवलका ६ वटा डेरी उद्योगमा छापा मारिएको छ । बाणिज्य बिभागका शाखा अधिकृत मुक्तिप्रसाद पाण्डे,खाद्य प्रबिधि तथा गुण नियन्त्रणका श्रवण ढुङ्गाना,ईलाका प्रशासन बुटवलका यज्ञेश्वर मरासिनी,रुपन्देही उद्योग संघका माधब पौडेल,दुग्ध ब्यबसायि मेघराज भण्डारी शसस्त्र प्रहरीको टोलिले छापा मारेको हो ।

बुटवलमा अनुगमनको क्रममा मंगलबार बिहान ९ः३० बजे बुटवल ८ चांदबारी चोकको पाठक दुग्ध डेरीमा रहेको गुणस्तरहिन ६० लिटर दुध नष्ट गरिएको थियो । उक्त डेरी बिना दर्ता सञ्चालन भैरहेको पाईएकाले ३ दिनभित्र घरेलु तथा साना उद्योगमा दर्ता गर्नका लागि बाणिज्य बिभागले चेतावनी पत्र काटेको छ । पत्रको अपहेलना गरेर पुन ब्यबसाय संचालन गरेमा अन्य कारबाहि प्रकयामा जाने बाणिज्य बिभागले जनाएको छ । उक्त पसलमा प्रयोग भैरहेको दुध २६ प्रतिशत ल्याक्टो हुनपर्नेमा २० प्रतिशत मात्र पाईएकाले गुणस्तरहिन ६० लिटर दुध नष्ट गरिएको बाणिज्य बिभागका शाखा अधिकृत मुक्तिप्रसाद पाण्डेले बताउनुभयो । त्यस्तै गरि तिनकुनेमा सञ्चालनमा रहेको मनकामना डेरीमा रहेको दुग्ध पदार्थमा फोहोर तथा अखाद्य बस्तु मिसिएको भेटिएपछि अनुगमन टोलीले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड नगरि सर्तक र सजग रहन चेतावनी दिएको छ ।

त्यस्तै गरि बुटवल ८ को सिद्धबाबा दुग्ध डेरीमा पनि अनुगमन गरिएको छ । सिद्धबाबाकै सचालक तथा साना डेरीका उद्योगका अध्यक्ष भुवनेश्वर न्यौपानेले आफूहरुले सालझण्डी दुग्ध सहकारी संस्थाबाट लिने गरेको दुध नै गुणस्तहिन भएको दाबि गरे । सालझण्डी दुग्ध सहकारी संस्थाले बुटवल बजारमा मात्र दैनिक १ हजार ३ सय लिटर दूध ४१ रुपैया प्रति लिटर बिक्रि बितरण गर्ने गरेको छ । सहकारीले आफूले बेच्ने दुध गुणस्तरिय नै हुने र बजारमा रहेका डेरीले बढि मुनाफाका लागि पानी थपेर बेच्ने गरेको बताएको छ । सालझण्डी दुग्ध सहकारीले बुटवल बजारमा हरेक दिन  बिहान १ हजार लिटर र बेलुका ३ सय लिटर दूध बेच्ने गरेको छ ।


गुणस्तहिन बस्तुको बिक्रि बितरणले आम उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड भैरहेको बेला गुणस्तरहिन बस्तुको बिक्री बितरण नियन्त्रणका लागि बुटवलका पबित्र डेरी उद्योग, सिद्धार्थ डेरी उद्योग तथा धौलागिरी डेरीमा पनि अनुगमन गरिएको थियो । समग्र डेरीहरुको निरिक्षणपछि छोटो प्रतिक्रिया दिदै ईलाका प्रशासन बुटवलका यज्ञेश्वर मरासिनीले बजारमा सर्बसाधारणले निकै समस्या भोगुपरेको बताउनुभयो ।उहाले बजारको निरन्तर अनुगमन गरेर यस्तो समस्या दोहोर्याउन नहुने बताउनुभयो । उपभोक्ता हित संरक्षण ऐन २०५४ लाई बेबास्ता गर्दै नियमित संचालन भैरहेका बिभिन्न प्रकृतिका उद्योग ब्यबसायलाई कडा भन्दा कडा कारबाहि जरुरी छ । बजारमा कालोबजारी ब्याप्त रहेको र गुणस्तरहिन बस्तुको पनि उपभोक्ताले चर्को मुल्य तिरेकाले अनुगमन निरन्तर भई कालोबजारी रोक्नु पर्दछ ।
Don't Miss
© all rights reserved
made with by netKUTI