प्रमदा शर्मा
‘राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको विषयलाई दलगत स्वार्थ र सत्तास्वार्थ भन्दा माथि राखेर प्रधानमन्त्री डा.बाबुराम भट्टराईले २८ साउन २०६९ मा कान्तिपुर दैनिकमा लेख्नु भएको आफ्नो लेखको विट मार्नु भएको छ । डा.बाबुराम भट्टराईको उक्त लेख देशको एउटा सर्वोच्च व्यक्तित्वका हैसियतबाट लेखिएको हु“दा उहा“ले राष्ट्रियताको सवालमा छिमेकी मुलुकहरूलाई सन्तुलनमा राख्नुपर्ने विचार व्यक्त गर्नु भएको बुझ्न सकिन्छ । उत्तर, दक्षिण वा पश्चिमा मुलुकहरू सबैबाट नेपालले कसरी लाभ हासिल गर्नसक्छ भन्ने विषयमा हामीहरू चिन्तनशील हुनुपर्छ भन्ने धारणा डा.बाबुराम भट्टराईलेको लेखमा व्यक्त भएको पाइन्छ । डा बाबुराम भट्टराईले छिमेकी मुलुकहरूलाई सन्तुलनमा राख्न हामीले कुटनीतिक तरिका अपनाउनु जरुरी भएको विचार व्यक्त गर्नु भएको आफ्नो लेखमा नेपालमा राष्ट्रियताको पक्षमा आवाज उठाउनेहरूलाई भने गालीका घिन लाग्दा शब्दले प्रहार गर्नु भएको छ । भट्टराईको उक्त लेख एकपटक सरसर्ती पढ्दा चित्त नबुझेर मैले दोहो¥याएर पनि पढें ।
प्रधानमन्त्री बाबुरामले आफ्नो लेखमा ‘राष्ट्रियताबारे गम्भीर राष्ट्रिय बहस थाल्नु जरुरी भएको’ विचार व्यक्त गर्नु भएको छ । उहा“को यही हरफलाई स्वागत गर्दै अत्यन्त सामयिक सन्देश मात्र अगाडि बढाउन आवश्यक महशुस गरेको छु । प्रधानमन्त्री भट्टराईले एउटा सत्य स्वीकार गर्नु भएको छ– ‘भावी महाशक्ति चीन र भारतको बीचमा रहेर सामारिक महत्व ओगेटेको नेपालमा वर्तमान महाशक्ति अमेरिका र पश्चिमा शक्तिहरूले पनि आ“खा लगाउनुलाई अन्यथा भन्न मिल्दैन ।’ यो भनाई बाटै बुझ्न सकिन्छ– डा.बाबुरामको विद्वतामा शंका गर्ने ठाउ“ छैन । डा.बाबुरामले अझै अगाडि हाम्रो देशको गम्भीर अवस्थाको यसरी चित्रण गर्नु भएको छ – ‘देशमा नया“ ढंगको शीतयुद्धकालीन त्रिपक्षीय सामरिक प्रतिस्पर्धा बढ्दै जाने अवस्थामा हामीले आजैदेखि नया“ राष्ट्रिय सुरक्षा र विदेश नीतिको विकास गर्न ध्यान केन्द्रित गर्नै पर्छ ।’
प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको व्यक्तिले देशको अवस्थाबारे यतिसम्म स्वीकार गरिसकेपछि राष्ट्रियता सम्बन्धमा चिन्ता व्यक्त गर्ने अन्य कुनै पनि साधारण नेपालीलाई नेपाली शब्दकोषका चुत्था शब्दहरू प्रयोग गरेर आफ्नो स्तर घटाउनु आवश्यक थिएन । राष्ट्रियताका सम्बन्धमा लेख्ने कुनै पनि देशभक्त नेपालीलाई अपमानित गरेर आफ्नो बौद्धिकता खर्च गर्नु भन्दा पहिले आफैले विगतमा लेखेका आफ्ना लेखहरूलाई पढेर शिक्षा लिन म शुभेच्छुक मित्रको नाताले डा.बाबुरामजीलाई सुझाव दिन चाहन्छु । बाबुरामजीले २०५२ सालदेखि जनयुद्धको प्रारम्भमा जनतन्त्रका प्रश्नमा आवश्यक ध्यान दिने र राष्ट्रियताका प्रश्नमा विशेष जोड दिने र २०५८ को दरबर हत्याकाण्डपछि गणतन्त्रका प्र्रश्नमा विशेष जोड र राष्ट्रियताका प्रश्नमा आवश्यक ध्यान दिने नीति अपनाइएको भनेर आफ्नो लेखमा उल्लेख गर्नु भएको छ । उहा“को लेखको यो भनाइबाट दरबार हत्याकाण्ड अघि राष्ट्रियताको प्रश्नमा माओवादी जनयुद्ध केन्द्रित थियो । भन्ने बुझिन्छ । त्यसो भए ०५२ सालदेखि ०५८ सालको दरबार हत्याकाण्डसम्म नेपाली नागरिकहरूमाथि किन सांघातिक हमलाहरू भए माओवादीका तर्फबाट भन्ने प्रश्न उठ्दैन ? नेपाली सेनाका व्यारेक र नेपालका प्रहरी चौकीहरूमा दरबार हत्याकाण्ड भन्दा अगाडि माओवादीले गरेका आक्रमणहरू राष्ट्रियताको रक्षाका लागि थिए ? प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिबाट व्यक्त गरिने यस्तो हावादारी तर्क हास्यास्पद हो र देशकै निम्ति लज्जाजनक पनि ।
बाबुरामजीले ०५२ सालभन्दा अगाडि आफुले कलम चलाउ“दा कुनै कुनै नेपालीहरूलाई भारतीयहरूभन्दा पनि बढि भारतभक्त भएको आरोप लगाएर लेख्नु भएका लेखहरू जनधारणा साप्ताहिकमा पुनर्मुद्रित भएका पनि छन् । उहा“लाई ती लेखहरू दोहो¥याएर पढ्न पनि म अनुरोध गर्दछु । नेपालमा भएको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने बहानामा देशलाई विदेशीहरूको क्रीडाभूमि बनाएर देशको राष्ट्रिय अखण्डतालाई ध्वस्त गराउने काम आफुलाई देशभक्त भन्न रुचाउने कुनै पनि व्यक्तिका लागि उचित ठहर्दैन । तर डा.बाबुरामले नेतृत्व गर्नु भएको सरकार यो प्रश्नमा सर्वत्र आलोचित भइरहेको छ । आखिर किन ? हावा नचलेर पात हल्लिएको हैन भन्ने तथ्यलाई स्वीकार गर्नै पर्छ, अन्यथा ‘वालहठ’ ठहर्ने छ ।
बाबुरामजीले अर्को एउटा तथ्य आफ्नो लेखमा स्वीकार्नु भएको छ । ‘सुगौली सन्धियता संरचनागत रूपले कायम हुन पुगेको ‘प्रभुत्व पराश्रय’ (डोमिनेन्ट–डिपेन्डेन्स)को सम्बन्धलाई कसरी सच्याएर समानता र आपसी हितको पक्षपोषण गर्ने अवस्थामा ल्याउने भन्ने नया“ सोच र नीतिलाई हामीले विकास गर्नै पर्छ ।’ बाबुरामजीको यो भनाई कुन ‘मण्डले राष्ट्रवादी’को भन्दा फरक भयो त ? बाबुरामजीले देशभक्तिका कुरा गर्ने र देशभक्तिका पक्षमा कलम चलाउने जतिलाई ‘मण्डले राष्ट्रवादी’ ‘प्रतिगामी’ र‘यथास्थितिवादी’जस्ता शब्दावलीहरू प्रयोग गरेर आफ्नो लेखमा घृणा व्यक्त गर्नु भएको छ । आफ्नो लेखमा व्यक्त भएका विचारहरू आफ्ना कार्यशैली विपरीत छन् कि छैनन् भनेर समीक्षा गर्नु जरुरी छ । जनयुद्धबाट शान्तिप्रक्रियामा आएपछि एनेकपा माओवादीको आडमा भारतले प्राप्त गरेका असंख्य उपलब्धिहरू (नागरिकता प्रकरण, नदी प्रकरण, सीमा प्रकरण, विप्पा प्रकरण, सुपुर्दगी सन्धि प्रकरणलगायतले सुगौली सन्धिबाट प्राप्त गरेको केही भूमि भन्दा कैयौं गुणा फलदायी उपलब्धि प्राप्त भएको भारतका शासकहरूले ठानेका छन् । अन्यथा उहा“को थमौतीका निम्ति भारतीय शासकहरू जंगबहादुरका व्रिटीश शासक बन्ने थिए भन्ने कुरा डा.बाबुरामजीलाई अन्तरज्ञान नभएको विषय होइन ।
–प्रदेश