पूर्ण बिके
तनहुँ, – जिल्ला प्रहरी कार्यालय तनहुँले भानु ५ बस्ने ५० वर्षीय बुद्धिबहादुर परियारलाई नेपाली एक हजार रुपैयाँको १६ थान, एक मुखे रुद्राक्ष सहित आइतबार पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा परियारलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लेमप्रताप सेनले बताए ।
उनले पक्राउ परेका परियारलाई खोटा मुद्दा सम्वन्धी अवैध कारोबार गरेकाले कारबाही प्रकृया अघि बढाइने बताए ।
परियारलाई आइतबार नै तीन दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ । Source: Lovelytanahun