Responsive Ad Slot

latest

म्युजिक अवार्ड (कसले के पाए, साथमा गायक डाँगीको अन्तर्वार्ता) I

Thursday, August 9

/ by Admin BHOLA THAPA


काठमाडौँ,  साउन २५-पहिलो ऐतिहासिक म्युजिक खबर अवार्ड राजधानीमा सम्पन्न भएको छ । गीत, संगीत र कलाक्षेत्रको विशिष्ट मूल्यांकन गर्दै संगीतका विभिन्न विधालाई सक्दो समेट्ने उद्देश्यले सुरु भएको कार्यक्रम राष्ट्रिय नाचघरमा उल्लासपूर्वक सम्पन्न भयो ।

वर्षभरिका उत्कृष्ट तथा लोकप्रिय गीतसंगीतको चयन अनि सर्जकहरूको मनोबललाई प्रेरणा, हौसला प्रदान गर्ने उद्देश्यको साथ कार्यक्रमको आयोजना गरिएको आयोजनको भनाइ छ । म्युजिक खबर अवार्डमा संगीतका २४ विधा समावेश गरिएका थियो ।

बुधबार भएको कार्यक्रममा उत्कृष्ट विधामा पर्न सफल कलाकारहरू निम्न छन् ।

१. सर्वोत्कृष्ट राष्ट्रिय गीत : रत्नशमशेर थापा
२. सर्वोत्कृष्ट पप गायनमा शिव थापामगरको ‘कसरी बाँचु...’
 ३. सर्वोत्कृष्ट पप गायिकामा इन्दिरा जोशी ‘रातो घाँघर...’
 ४. सर्वोत्कृष्ट लोकदोहोरी गायकमा विमल डाँगी ‘यो मुटु तिम्रै हो...’
 ५. सर्वोत्कृष्ट लोकदोहोरी गायिकामा देवी घर्ती ‘जिम्बाल बाको...’
 ६. सर्वोत्कृष्ट भाका : वसन्त थापा ‘डाँडै फुर्के सल्लो...’
 ७. सर्वोत्कृष्ट लोकदोहोरी एल्बम (न्याउली) एकनारायण भण्डारी
८. सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक (लोकदोहोरी) : ‘म त नेपाली...’ शंकर बिसी
९. सर्वोत्कृष्ट पाश्र्वगायक : प्रमोद खरेल ‘किन लाग्छ माया...’
 १०. सर्वोत्कृष्ट पाश्र्व गायिका : माण्डवी त्रिपाठी ‘अन्दाज’
 ११. सर्वोत्कृष्ट चलचित्र गीत : शान्ति प्रिय ‘भनिदेउन माया गर्छु...’
 १२. सर्वोत्कृष्ट चलचत्री संगीत : लक्ष्मण शेष ‘किन लाग्छ माया...’
 १३.सर्वोत्कृष्ट नवप्रतिभा (पुरुष) : (प्रह्लाद तिमिल्सिना) हे तारा हे जुन
१४. सर्वोत्कृष्ट नव प्रतिभा (महिला) : (साहिमा श्रेष्ठ) हेरेको हेरै म
१५. सर्वोत्कृष्ट युगल गायन : (देव आले र अञ्जु पन्त) जिन्दगीको दोबाटोमा
१६. सर्वोत्कृष्ट ध्वनि मिश्रण : (राजकुमार बगर) फूलजस्तो मन
१७. सर्वोत्कृष्ट एसएमएस भोटिङ (गायत्री थापा)
१८. सर्वोत्कृष्ट संगीत संयोजन: (अमोल कार्की ढली) परेलीको वर्षातले
१९. सर्वोत्कृष्ट भिडियो निर्देशक (सुगम संगीत) : (शिव बिक) उसले जति माया २०. सर्वोत्कृष्ट सुगम संगीत (शब्द रचना) : (रमेश क्षेत्री) परेलीको वर्षातले
२१. सर्वोत्कृष्ट सुगम संगीत : (सन्तोष श्रेष्ठ) परेलीको वर्षातले
२२. सर्वाेत्कृष्ट सुगम संगीत (गायीका ) : (दुर्गा खरेल) वाचा त गरे गरे
२३. सर्वोत्कृष्ट सुगम संगीत (गायक) : (शिशिर योगी)
२४. सर्वोत्कृष्ट सुगम संगीत (एल्बम) : (विछोडमा) हरि विष्ट सम्मानित भएका छन् ।

गायक विमल डाँगी यसो भन्छन् ::
सपनाको देश अमेरिकामा हिमाल टेलिभिजनको गाउँबेँसी लोक कार्यक्रम सञ्चालन गरेर बसेका लोकदोहोरी गायक विमल डाँगीले ‘यो मुटु तिम्रै हो, यो धड्कन तिम्रै हो...’ बोलको लोकदोहोरी गीतबाट म्युजिक खबर अवार्डले आयोजना गरेको म्युजिकल अवार्ड–२०१२ को सर्वोत्कृष्ट लोकदोहोरी गायकको अवार्ड हासिल गर्न सफल भए । अर्वाड पाएपछि उनै डाँगीसँग हाम्रा कतार सहकर्मी भोला थापाले स्काइपीबाट गरेको कुराकानीको अंश ।

अवार्ड प्राप्त गर्दा कस्तो महसुस गर्नुभयो ?
एकदमै खुसी लागेको छ । आफू त्यहाँ नहुँदाको पीडा त छँदै छ । राम्रो गीतले स्रोता अनि दर्शकले मनपराइदिनुभो धेरै खुसी लागेको छ । राम्रोको मूल्यांकन हुँदोरहेछ म उपस्थित हुन नपाए पनि मेरो छोरी र श्रीमतीले अवार्ड लिँदा म खुसी छु ।

परदेशमा रहेका नेपालीको नेपाली गीत–संगीतप्रतिको चासो कस्तो छ ?
हो अमेरिका ज्यादै व्यस्त सहर हो र मान्छेहरू सबै व्यस्तका बाबजुद पनि यहाँका नेपालीले नेपाली गीतसंगीतलाई माया गरेको मैले पाएको छु ।

पश्चिमा गीत हावी भइरहेको यस अवस्थामा हाम्रो लोकसंस्कृतिको भविष्य कस्तो देख्नुहुन्छ ?
सबैभन्दा पहिला त कलाकारहरूकै हात हुन्छ । सबै निरन्तर लाग्नुपर्छ हामी कलाकारहरूले पस्किएको राम्रो चिजलाई मूल्यांकन गरी प्रेरणा दिँदै कलाकार तथा स्रोताले नै लोकसंस्कृतिको जर्गेना गर्नुपर्छ । अहिलेसम्म त माया पाइरहेकै स्थिति छ र सबै निरन्तर रूपमा यसको जगेर्ना गर्न लागि पर्नुपर्छ यो हाम्रो पहिचान पनि हो ।

गीत संगीतको क्षेत्रमा एउटा सफल कलाकारको रूपमा स्थिापित भई सक्नु भएको छ त्यसको श्रेह कस्लाई दिन चाहानु हुन्छ ?
सबैभन्दा पहिलो कुरा स्रोता दर्शक नै हो । उंहाहरू भगवानहुन् कलाकारकालागि र हामि प्रसादका रूपमा गीत संगीतलाई चढाउने गरिन्नछ स्वकार्नहुन्छ । त्यस्तै संचारमाध्यमलाई पनि यो श्रेय जान्छ ।उहाहरूलाई धन्यवाद दिन चाहन्छु विभिन्न एफएम, रेडियो , टेलिभिजन, पत्र पत्रिका अनलाइन खवरहरू सबैले नेपाली संगीतलाई स्थान दिएर हाइलाइट गर्नुहुन्छ र घरपरिवारलाइ पनि सम्झ्न चाहन्छु ।

गीतको कुन पक्षले तपाईंलाई सफल बनायो ?
गीतको बोल अनि शब्दको छुट्टै कुरा छ । मलाई स्रोता दर्शकले अलि हाइरेन्जबाट अलग तरिकाबाट गाउने छुट्टै किसिमले प्रस्तुत हुने गरेको भन्नुहुन्छ । सायद मेरो गाउनेशैली अनि मेरो कम्पोजिसनमा मेरै तरिका भएको भएर अलि छुट्टै पाउनुभयो मनपराइदिनुभो । त्यस्तै शब्द र लय पनि मिठास छ, आमशब्द छन्, यो मुटु तिम्रै हो हामी जहाँ भए पनि हाम्रो मन आफैँले मनपराएको मान्छेसँग हुन्छ । त्यसैले लय र शब्दको चयनले पनि सफल बनायो जस्तो लाग्छ । स्वर पनि त्यस्तै छ मुना थापा र मैले राम्रो गाउने प्रयास गरेका छौँ । यो गीतको भिडियो पनि राम्रो छ अम्विका म्युजिकप्रालीले पनि राम्रो गरेको छ ।

तपाईंको गीत उकृष्टमा पर्नुको कारण के हो ?
वास्तवमा यह िनै हुनुपर्छ गीतको मिठास मैले सिर्जना गरेको मध्येमा मलाई मनपर्ने गीत पनि यही हो । मैले आशा पनि गरेको थिएँ, स्रोता दर्शकले पनि मनपराई दिनुभयो धन्यवाद दिन चाहन्छु ।

अमेरिकामा नेपाली लोकसंस्कृतिको भविष्य कस्तो छ ?
यहां माया त गरिन्छ जति लोकसांस्कृतिको माया गरे पनि व्यावसायिक हिसाबले जान नसकेको स्थिति छ । सबै आफ्नै कार्यमा व्यस्त छन् । कलाकारहरू पनि जो ज्यादै नै माया गर्नुभएको छ उहाँहरू त लागिपरिरहनु भएको छ । हो हामी सधैँ यहाँ बसिँदैन र बसिन्जेल आउँदा जाँदा जतिसकिन्छ लोकगीतलाई नयाँ ढंगले प्रचार–प्रसार गर्नुपर्छ भन्ने महसुस गरेका छौँ । कसैले गीत सुने पनि कलाकारहरू नचिनेको अवस्था पनि छ । हो सुन्ने मान्छेले मनपराउछन्, तर विभिन्न कारणवश सुन्न नपाउनेहरूलाई पनि विभिन्न सञ्चारमाध्यमको सहायताले लोकगीतलाई अगाडि बढाउनुपर्छ भन्ने मेरो मान्यता छ ।

अर्को कुरा अमेरिका सपनाको सहर र नेपालीको वास्तविकता कस्तो छ ?
हो अमेरीका वास्तवमै सपनाको सहर हो हामी नेपालीका लागि । जताततै झिलिमिली जे कुरामा पनि अगाडि तर त्यस्तो केही हैन जहाँ गए पनि मिहिनेत गर्नुपर्छ । यदि सकिन्छ भने स्वदेशमै केही गरौँ जस्तो लाग्छ ।

गीत संगीतमा लाग्ने नयाँ पुस्तालाई के सन्देश दिन चाहनुहुन्छ ?
नयाँ पिढिलाई के भन्न चाहन्छु भने, सिकेर आउनुस् । यदि यसमा निरन्तर लाग्नुछ भने तनमन वचनले लागौँ । अग्रजहरूबाट पनि सिकाँै, मेरोतर्फबाट म पनि सक्दो सहयोग तथा सिकाउन तयार छु । संगीत भनेको हाम्रो सुख–दु:खको साथी पनि हो, सिकेर आउनु सबैलाई स्वागत भन्न चाहन्छु ।
Don't Miss
© all rights reserved
made with by netKUTI