Responsive Ad Slot

latest

के भयो देशभर ? छोटकरीमा समाचार तनहुँ खबरको एउटै थलोमा पढ्नुहोस् I

Thursday, August 23

/ by Admin BHOLA THAPA


सचिव कारवाहीमा :
बेरुजु फछ्र्यौट नगरी आर्थिक अनियमितता गर्ने जिल्लाका दशवटा गाउ“ विकास समितिका सचिवलाई जिल्ला विकास समिति धनुषाले कारबाही प्रक्रिया अगाडि बढाएको छ । गाविसले लगेको करिब चार करोड रूपैया“ हालसम्म फछ्र्यौट नगरेकाले उनीहरूमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको हो । स्थानीय विकास मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले केही दिनअघि जिल्ला विकास समितिको स्थलगत निरीक्षणका क्रममा दिनुभएको निर्देशनको आधारमा बेरुजु फछ्र्र्यौट नगर्ने दशजना सचिवलाई कारबाही गरिने भएको हो ।

ज्वरोले विद्यालय बन्द 
भाइरल ज्वरोको प्रकोप बढेपछि नवलपरासीको मैनाघाटमा दुईवटा विद्यालय बन्द गरिएको छ । एक हप्तादेखि सामान्य रुघाखोकी देखिएको यहा“ भाइरल ज्वरोले विद्यार्थी थलिन लागेपछि विद्यालय नै बन्द गर्नु परेको हो । स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी नह“ुदा उपचारमा समस्या भएपछि भाइरल ज्वरोले महामारीको रूप लिन लागेको भन्दै स्थानियबासी चिन्तित भएका छन् ।

यसैबीच गाउ“मा भाइरल ज्वरो र टाइफाइडको प्रकोप बढेपछि ओखल्ढु“गाको एकमात्र सामुदायिक अस्पतालमा बिरामीको अत्यधिक चाप बढेको छ । वर्षायाममा पिउने पानी दूषित भएकाले भाइरलको संक्रमण बढेको चिकित्सकहरूले बताएका छन् । बिरामीको चाप बढेर अस्पतालको क्षमताले नधानेपछि बिरामीलाई तालिमहल र भुइ“मा राखेर उपचार गरिएको छ भने सामान्य प्रकृतिका बिरामीलाई भर्ना नगरी उपचार गरेर पठाउने गरिएको अस्पतालले जनाएको छ ।

पठन पाठन बन्द ःः
ताप्लेजुङ सदरमुकाम फु“लिङमा रहेको पाथीभरा बहुमुखी क्याम्पसको पठनपाठन चार दिन देखि ठप्प भएको छ । शुल्कवृद्धिको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले गत भदौै ३ गते देखि पढाइ बहिस्कार गरेपछि पढाइ ठप्प भएको हो । क्याम्पस प्रशासनले अहिलेसम्म आफूहरूलाई वार्तामा नबोलाएको आन्दोलनरत विद्यार्थीले बताएका छन् । वृद्धिभएको शिक्षा शुल्क कम हुनु पर्ने, नया“ संचालक समिति गठन गर्नु पर्ने, पुस्तकालय व्यवस्थित गरिनु पर्ने , खेलमैदान र खेलकुदका सामाग्री उपलब्ध हुनुपर्नेलगायतका माग राख्दै विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।

बिजुली बल्ने ःः
विद्युत्को अभाव भएको ताप्लेजुङमा आगामी पुसबाट बिजुली बल्ने भएको छ । नब्बे किलोवाट क्षमताको चिमाल जलविधुत् आयोजनाको काम सुरु गर्नका लागि सामाग्री आइसकेकोले पुसबाट बिजुली बल्ने भएको चिमाल लघु जलविद्युत् उपभोक्ता समितिले जानकारी दिएको छ । राज्यले क्रमागत रूपमा दिने एक करोड अनुदान र उपभोक्तबाट संकलित एक करोड लगानीमा विद्युत् उत्पादन हुने भएको रेडियो ताप्लेजुङवाट सहकर्मी गंगा गौतमले जनाएकी छिन् ।


नदीले बगायो ःः
नारायणी नदीले वगाएर नवलपरासीको कोलुवाका एक युवा बेपत्ता भएका छन् । गत सोमबार नारायणी नदीमा आएको बाढीमा नदीले बगाएर ल्याएको दाउरा बटुल्न जाने क्रममा प्रकाश महतो बगेर बेपत्ता भएका हुन् । बेपत्ता भएका महतोको खोजीका लागि सरोकारवाला निकायहरूले कुनै चासो नदिएको पारिवारको गुनासो रहेको रेडियो मध्यविन्दुवाट सहकर्मी विष्णु गौडेलले जनाएका छन् ।

सामान अलपत्र ःः   
भोजपुर जिल्लाको लागि ल्याइएका विद्युत् सामग्री धनकुटाको हिलेमा दुई वर्षदेखि अलपत्र छाडिएको छ । विभिन्न गाविसमा ग्रामिण विद्युत्करणका ल्याइएका करोडौं मुल्य पर्ने ति सामाग्री अलपत्र परेको हो । विद्युत् प्राधिकरण र ठेकेदारको लापरवाहिका कारण करोडांैको सरकारी सम्पती नष्ट हुने अवस्था आउ“दासमेत व्यावस्थापनका लागि कसैले चासो दिएको छैन । वर्षै देखि खुला चउरमा लापरवाहि पूर्वक छरिएका कतिपय विद्युत् सामग्री कामै नलाग्ने अवस्थामा पुगेका छन् । कतिपय चोरी भएको रेडियो लालीगु“रासबाट सहकर्मी विदुर खवासले जनाएका छन् । 

कारवाइ भएन ःः
नुवाकोटमा विभिन्न अपराधमा संलग्न भएका सय भन्दा बढी व्यक्तिलाई प्रहरीले पक्राउ गरे पनि कारबाही गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनसार विभिन्न अपराधमा संलग्न भएका एक सय सातजना अभियुक्तहरू फरार रहेका छन् । जिल्लामा अपराधको घटनामा वृद्धिस“गै फरार अभियुक्तको संख्यामा पनि बवद्धि भएको सहकर्मी जगदीश खनालले जनाएका छन् ।

मन्त्रीलाई कालो झन्डा ःः
नवलपरासीमा सहकारी मन्त्री एकनाथ ढकाललाई नेविसंघका कार्यकर्ताले कालो झन्डा देखाएका छन् । गैडाकोटको एक कार्यक्रममा सहभागी हुन पुग्नुुभएका मन्त्री ढकाललाई नेविसंघ नवलपरासीका उपाध्यक्ष गोकुल सापकोटाको नेतृत्वमा रहेका नेविसंघका विद्यार्थिले कालो झन्डा देखाएका हुन् । कालो झन्डा देखाउने क्रममा भिडलाई नियन्त्रणमा लिन प्रहरीलाई असहज भएको थियो ।

ठक्करले घाइते ःः
बा“केको गनापुरमा गाडीको ठक्करबाट एक बालिका सख्त घाइते भएकी छिन् । घाइते हुनेमा अन्दाजी दश वर्षकी दुम्री लोनिया रहेको जिल्ला प्रहरी कार्यालय बा“केले जनाएको छ । कोहलपुरबाट नेपालगञ्ज तर्फ गइरहेको लु १च३२६१ नम्बरको गाडीले गनापुर ६ पिप्रहवामा ठक्कर दि“दा बालिका घाइते भएकी हुन् । बालिकाको नर्सिङ होम नेपालगञ्जमा उपचार भैरहेकोे छ भने गाडी र चालकलाई नियन्त्रणमा लिइएको रेडियो हिमालवाट सहकर्मी ज्ञानु गौतमले जनाएका छन् ।

मुस्ताङमा पर्व ःः
हिमाली जिल्ला मुस्ताङको मुख्य पर्वको रुपमा चिनिने यार्तोङ पर्व मनाउन सुरु गरिएको छ । ठाउ“अनुसार फरक–फरक समयमा मनाइने यार्तोङ पर्व लोमानथाङलगायतका ठाउ“हरूमा भव्य रुपमा मनाइन्छ । वर्षको एकपटक लगातार तीन दिनसम्म मनाइने उक्त पर्वको अवसरमा विशेष गरी घोडा दौड प्रतियोगिता आयोजना गरिन्छ । स्थानीय भाषाअनुसार योरको अर्थ वर्षा र तुङको अर्थ सकिने हुने भएकाले विशेष गरी वर्षा सकिएपछि मनाउने पर्वको रुपमा यार्तोङ मनाउने गरेको रेडियो म्याग्दीबाट सहकर्मी कमल खत्रीले जनाएका छन् ।

तरकारी निर्यात ःः
धनकुटाबाट गत आर्थिक वर्षमा करिब एक अर्ब १२ करोड रुपैया“को फलफूल र तरकारी निर्यात भएको छ । पा“च हजार एक सय २८ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ९६ हजार ५ सय ५५ मेट्रिकटन तरकारी र एक हजार दुई सय हेक्टरमा गरिएको खेतीबाट नौ हजार दुई सय ३४ मेट्रिकटन फलफूल उत्पादन भएको हो । धनकुटामा उत्पादित ७० प्रतिशत फलफूल र तरकारी छिमेकी मुलुक भारत र बंगलादेशका साथै जिल्ला बाहिर निर्यात हुने गरेको रेडियो लालीगु“रासबाट सहकर्मी विदुर खवासले जनाएका छन् ।

सेनाको मृत्यु ःः
अविरल वर्षाका कारण बंकर भत्किदा डोल्पामा एक सेनाको मृत्यु भएको छ । मृत्यु हुनेमा समरसुर गुल्म सुलिगाड डोल्पामा कार्यरत तनहु“ बन्दिपुर–२ का ३६ वर्षका हवल्दार मित्रलाल गुरुङ रहेको प्रहरीले जनाएको छ । वर्षाका कारण डोल्पा जिल्लाको सुलिगाडमा रहेको समरसुर गुल्मको बंकर राति सेना सुतिरहेको अवस्थामा एक्कासी भत्किएको थियो ।

करेन्ट लागेर ःः
रुपन्देहीको वसन्तपुरमा एक युवाको करेन्ट लागेर बिहीबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वसन्तपुर–८ बालापुरका २६ वर्षीय रामवदन नाउ“को करेन्ट लागेर मृत्यु भएको हो । उनले आफ्नै घरमा सिलिङ पंखा जोड्ने क्रममा करेन्ट लागेको थियो । घाइते नाउको उपचारका लागि भैरहवा भीम अस्पताल ल्याउ“दै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI