Responsive Ad Slot

latest

तनहुँमा उत्पादित कफिले बजार पाएन, कफि कृषक घटे I

Wednesday, August 29

/ by Admin BHOLA THAPA
दमौली, तनहुँमा उत्पादित कफि बिक्री  वितरण नहुँदा जिल्लाका कफि खेती  कृषकहरु घट्दै जान थालेका छन्।  दुई बर्ष अघि जिल्लामा ३४ हेक्टर  क्षेत्रफलमा हुने गरेको कफि खेती  अहिले १८ हेक्टर सिमिति हुन पुगेको  छ जिल्ला कृषि विकास कार्यलयका  बरिष्ठ बागबानी अधिकृत डोल कृष्ण  सुवेलीले बताउनु भयो ।

कार्यलयले दुई बर्षदेखि  जिल्लामा कफिका विरुवा बितरण  र सरकारी सहयोग उपलब्ध  नगराएको अधिकृत सुवेदीले बताउनु  भयो । जिल्लामा उत्पादित कफि बिक्री गर्ने ठाउँ र प्रसोधन मेसिनको  अभाब हुँदा यहाँका किसानहरु  कफि खेती गर्ने छाडेका बताइएको  छ ।  कार्यालयले जिल्लाका  छिपछिपे, कोटा र थप्रेक  गाबिसका  लागि १÷१ वटा १५ हजार पर्ने  बोक्रा छोडाउने मेसिन खरिदका लागि कार्यालयबाट विनियोजित आधा  रकम छुट्याइएको छ ।

आर्थिक बर्ष ०६६÷०६७ मा  ३६ हेक्टरमा खेती भएकोमा ३ हजार  २ सय किलो पार्चमेण्ट र ५००  किलो ड्राईचेरी कफि उत्पादन भएको थियो । आव ०६७÷०६८ मा ३३ हेक्टरमा गरिएको खेतीबाट तीन हजार  किलो पार्चमेण्ट र ४०० किलो ड्राईचेरी  उत्पादन भएको थियो। त्यस्तै, आव २०६८÷०६९ मा १८ हेक्टरमा एक
हजार किलो पार्चमेण्ट र ३ सय  किलो ड्राईचेरी उत्पादन भएको कार्यलयको तथ्याङ्कले देखाएको छ।

बारीका काल्लामा एकपटक लगाएको कफीको बिरुवाले वर्षौसम्म फल दिने भए पनि बजार अभावका कारण यहाँका किसानहरूले कफि नटिप्दा बोटबाट नै खेरा जाने गरेको  छ । जिल्ला उत्पादित कफि मध्ये  ०.५ मेट्रिक टन जिल्लामा नै खपत  भएको जिल्ला बाहिर तीन हजार  किलो पार्चमेण्ट र ४ सय किलो
ड्राईचेरी निर्यात भएको कार्यलयले  जनाएको छ । जिल्लाका पुर्कोट,  चोकचिसापानी, सतिस्वाँरा, जामुने,  क्यामिन, छाङ्ग र बन्दीपुर गाबिसमा कफि खेती हुदै आएको कार्यलयले जनाएको छ ।

साभारः सुमन बन्धु भण्डारी  /भन्ज्यङ राष्ट्यिा दैनिकी दमौली बाट १२ भाद मा प्रकाशित


Don't Miss
© all rights reserved
made with by netKUTI