Responsive Ad Slot

latest

हाडाको सरुवा कार्यान्वायन नगर : सर्वोच्च I

Thursday, August 23

/ by Admin BHOLA THAPA
काठमाडौँ, ७ भदौ/ सर्वोच्च अदालतले सचिव वृन्दा हडालाई सिंचाई मन्त्रालयबाट सुरुवा गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

न्यायाधिश भरतवहादुर कार्कीको एकल इजलाशले सचिव हाडालाई सरुवा गर्नुको लिखित कारण १५ दिन भित्र पेश गर्न सरकारको नाममा दिर्नेशनात्क आदेश दिएको सर्वोच्च अदालतका सहप्रवक्ता हेमन्त रावलले जानकरी दिनुभयो ।

सचिव हाडाले आफूलाई अपमानजनक तरिकाले सरुवा गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको थियो । वरिष्ठ सरकारी अधिकारीहरूलाई सरुवा गर्दा सरसल्लाह गर्नु पर्ने सामान्य मान्यता पनि पूरा नगरी आफू भन्दा कनिष्टको मातहतमा रहनेगरी सरुवा गरिएको प्रति उहाँले आपत्ति जनाउनु भएको छ ।
 
सचिव हाडाले दायर गरेको रिटमा सचिवहरूलाई सरुवा गर्न नयाँ र चुस्तदुरुस्त मापदन्ड तयार पार्ने निर्देशनात्क आदेशको माग गर्नुभएको थियो । सिंचाई मन्त्रालयमा रहनु भएकी हाडालाई सरकारले महालेख परिक्षकको कार्यालयमा सुरुवा गरेको थियो ।
 
आफू भन्दा कनिष्ट सचिव रहेको अर्थमन्त्रालय मातहतको महालेखा परिक्षकको कार्यालयमा सरुवा गरेर समग्र कर्मचारीहरूको मनोबल घटाउनेगरी सरकारले राजनीतिक पूर्वाग्रह राखेको सचिव हाडाले दाबी गर्नुभएको छ ।नेपालवाणी संवाददाता
Don't Miss
© all rights reserved
made with by netKUTI