Responsive Ad Slot

latest

बुटवल कृषि उपजद्धारा २ अर्बको कारोवार I

Tuesday, August 14

/ by Admin BHOLA THAPA
 कपिल ज्ञवाली
बुटवल साउन ,३० गते । बिबादका बिचमा संचालनको दुई बर्षमै बुटवल कृषि उपज थोक बजार केन्द्रले उल्लेख्य कारोबार गर्न सफल देखिएको छ । २ बर्षकै छोटो अबधिमा भएको यो कारोबारलाई अर्थबिज्ञले राम्रो संकेत भनेका छन् । कारोबारलाई बृद्धि गर्दै अघिल्लो बर्षको तुलनामा केन्द्ले ६० प्रतिशत कारोबार बढाएको हो ।
                        कारोवारमा देखिएको सुधारको संकेतले ब्यबसायिहरु उत्साहित देखिएका छन् । बिभिन्न समयमा भएको बन्दका बाबजुद केन्द्रमा भएको कारोबारको आर्थिक सुधारको लाई स्थानिय तथा संचालक समितिले पनि सफलताको सेतुको रुपमा लिएका छन् । बिसं.२०६७ साल भदौको अन्तिम साताबाट संचालनमा आएको केन्द्रमा हालसम्म ३ करोडको हाराहारीमा कारोवार भैसकेको छ । केन्द्रको तथ्याङ्कमा आर्थिक बर्ष ०६७÷०६८ को १० महिनामा ९८ करोडको कारोवार भएकोमा आर्थिक बर्ष ०६८÷०६९ मा २ अर्ब कारोवार देखिन्छ ।
                    यसरी हेर्दा अघिल्लो आर्थिक बर्षको तुलनामा ६० प्रतिशतले कारोबार बृद्धि हो । मुलुककै दोस्रो ठूलो बुटवल कृषि उपजले पश्चिम नेपालको बुटवल,भैरहवा,पोखरा,दाङ,चितवन र लुम्बिनी अंचलका सबै जिल्लामा तरकारी र फलफूल पठाउने गरेको छ । भारतीय सिमानाका कारण नेपालमा उत्पादन नभएका तरकारी र फलफूल भारतबाट सहजै आयात गर्न सकिने भएकाले कारोवार बृद्धि भएको हो । केन्द्रको आ.व.०६८÷०६९ मा सबैभन्दा बढि आलुको खपत देखिन्छ ।
जस्मा सेतो र रोतो आलु गरि ३३ करोड ४४ लाख ८७ हजार रुपैया“को आलुको कारोवार भएको छ । यसैगरि आलुलाई पछ्याउदै स्याउले दोश्रो स्थान सुरक्षित गरेको छ । १८ करोड ९९ लाख ५७ हजारको चाईनीज र ६ करोड ७ लाख रुपैया“को भारतीय स्याउको कारोवार भएको छ । कार्यालय ब्यवस्थापक रुद्र प्रसाद पौडेलका अनुसार केन्द्रमा १६ करोड ८५ लाख ३२ हजारको टमाटर,१४ करोड ५६ लाख ४७ हजारको अनार,११ करोड ६ लाख ७६ हजारको आ“प,१६ करोड ७ लाख ५६ हजार अंगुर, १२ करोड ४५ लाख ८४ हजार रुपैया“ बराबरको हरियो केरा र ११ करोड १७ लाख ६९ हजार रुपैया“ बराबर प्याजको कारोवार भएको छ ।
                     यी बाहेक अन्य तरकारी र फलफूलहरुमा लाखदेखि ५ करोडसम्मको कारोवार भएको कार्यालयको भनाई छ । ५१ थरि तरकारी र फलफूलको कारोवार हुने केन्दले्र स्थानिय बजारमात्र नभएर पश्चिमाञ्चल क्षेत्रमा नै आफ्नो बजार ब्यापक बनाएको छ । केन्द्रमा लसुन,अदुवा,हरियो तरकारी,भुईकटहर,मौसम,सुन्तला,नासपति लगायतका तरकारी संगै फलफूलको काराबार भैरहन्छ । संचालक समितिका अध्यक्ष्ँ कलाधर पन्थीले संचालनको छोटो अवधिमै आयात र निर्यातमा सन्तेषजनक रुपमा बृद्धि भएको बताए ।
                        उनले भने —“१ बर्षमा ६ लाख ४२ हजार ५३ मेट्रिक टन तरकारी र फलफूल भित्रिएको छ ।” यस्ले हाम्रो ब्यबसाय प्रतिको लगनशिलता र जिम्मेबारी बढाएको छ, उनले थपे । केन्द्रले समय सामान्य  प्रकारको रहेमा अर्काे बर्ष अढाई अर्बको कारोवार गर्ने लक्ष्य लिएको छ । दुई बर्षअघि Ôेत्रीय कृषि निर्देशनालय पोखराले २ करोड ७५ लाख ८४ हजार, बुटवल नगरपालिकाको १ करोड १९ लाख र लुम्बिनी फलफुल तथा तरकारी ब्यापारी संघको ६७ लाख ३१ हजार ४ करोड ६३ लाख खर्चमा यो केन्द्र संचालनमा आएको हो ।
बुटवलको पुरानो बसपार्कमा रहेको केन्द्रमा रुपन्देही, गुल्मी,पाल्पा, अर्घाखाची, स्याङजा,चितवन,दाङ,प्यूठान लगायतका जिल्लाका किसानका तरकारी केन्द्रमा संकलन भई बिक्रि हुने गरेको छ । ६५ वटा सटर रहेको कृषि उपजमा स्याउ,आप,केरा र तरकारी भारत र चिनबाट आउने गरेको छ ।

भदौ १ गते बाहिरी ३९ सटर खुल्ने

बुटवलको कृषि उपज थोक बजार केन्द्रका ३९ वटा सटरहरु भदौ १ गतेदेखि खुल्दै छन् । २०६७ भाद्र २० गतेदेखी सुचारु भएको कृषि उपज थोक बजार केन्द्रभित्रमा रहेका बहिर तर्फका ३९ सटर खुल्ने भएपछि स्थानियहरु हर्सित भएका छन् । संर्घष समितिले आफूहरुको आन्दोलन सफल भएको बताएको छ । केन्द्रका बाहिरी सटरहरु खोल्नुपर्ने माग गर्दै आन्दोलित स्थानिय संयुक्त टोल सुधार संघर्ष समितिले केहिदिन अघि २ वटै मुलगेटमा तालाबन्दी गरेपछि सहमति खोज्नका लागि बसेको बैठकले ३९ सटर खोल्ने सहमति गरेको छ ।
                केन्द्रको पछाडीको पश्चिम भागमा मासु ब्यबसायस्हरुको बयबसाय रहेकाले तत्काल सो क्षेत्रका सटरभने नखोलिने केन्द्र संचालक समितिका अध्यक्ष कलाधर पन्थीले बताउनुभयो । उहाले मासु ब्यबसायिलाई ब्यबस्थीत वा स्थानान्तरण गर्ने भन्नेमा अझै टुगाे नलागेकोले पछिल्लो भागका २६ सटर भने बन्द नै रहने बताउनुभयो । कृषि उपज थोक बजार केन्द्र क्षेत्रिय कृषि निर्देशनालय, पोखरा, बुटनल नगरपालिका, लुम्बिनी फलफूल तथा तरकारी थोक व्यापारी संघको त्रिपक्षीय व्यवस्थापनमा संचालन भएको छ । केन्द्रमा दैनिक १ करोड बराबरको कारोबार हुने गरेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI