Responsive Ad Slot

latest

देशमा बुधबार भएका घटनाक्रमको छोटकरी विवरण । कहाँ के भए ? देशमा आज ? तनहुँ खबरको एउटै थलोमा पढ्नुहोला I

Wednesday, August 29

/ by Admin BHOLA THAPA
काठमाडौँ, भदौ १३ गते । देशमा बुधबार भएका घटनाक्रमको छोटकरी विवरण । कहाँ के भए ? देशमा आज । हेर्नका लागि क्लिक गर्नुहोस् अनि कुनै सुझाब तथा गुनासा भए समाचारको सबैभन्दा तल रहेको कमेन्ट बक्समा गएर कमेन्ट गर्न पनि नभुल्नुहोला


राजनीतिक सङ्कट समाधान गर्ने नेताहरुको प्रतिवद्धता ।
कठमान्डौ भदौ १३ गते । प्रमुख दलका शीर्ष नेताहरु, पूर्वप्रधानमन्त्री तथा पूवसभामुखहरुले वार्ता र सहमतिको कुरा मात्रै भन्दा काम गरेर जनतालाई देखाउनुपर्ने बेला आइसकेको बताएका छन् । पूर्व सांसद मंच, नेपालले आज राजधानीमा गरेको कार्यक्रममा शीर्ष दलका नेताहरुले राजनीतिक सङ्कट निकासका लागि सहमतिको बाटो अब खुलेको दाबी गरे । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि नमिलेको विषयलाई टुङ्ग्याएर जाने वा फेरि निर्वाचनमा जाने भन्ने बारेमा चाँडो सहमति गरेर अघि बढ्ने बताउनुभयो ।
      नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले को बाट के गल्ती भयो भन्ने पत्ता लगाएर अघि बढ्नुपर्ने बताउनुभयो । एमाले अध्यक्ष झलनाथ खनालले संविधानसभाको विघटन भएपछि दलहरु विभाजित भएको स्वीकार गर्दै सरकारको कार्यशैली एकलौटी भएको भन्दै आलोचना गर्नुभयो । विघटित संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संसद भएर बैठक बस्न नसकेको अवस्थामा मात्र अध्यादेश ल्याउने व्यवस्था भएकाले संसद नभएको अहिलेको अवस्थामा अध्यादेश ल्याउन नमिल्ने दाबी गर्नुभयो । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले अहिले शीर्ष नेताहरुको काम जहाँबाट हिंड्यो त्यहीं पुग्ने जस्तो अर्थहीन भएको टिप्पणी गर्नुभयो ।

      नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले संविधान नबन्नु र संविधानसभा विघटनमा कसको कति कमजोरी हो त्यसको जिम्मेवारी लिएर जनतासँग माफी माग्नुपर्ने बताउनुभयो । पूर्व सभामुख दमननाथ ढुङ्गानाले नेताहरुको घरघरमा हुने वार्तालाई चियागफको संज्ञा दिंदै अहिलेको अवस्थामा दलहरुबीच सहमति हुन मध्यस्तकर्ताको आवश्यकता पर्ने बताउनुभयो ।


प्रधानमन्त्रीले सर्वदलीय बैठकमा पदत्याग गरेको घोषणा गरे सहमति बन्ने महतको भनाइ ।
काठमान्डौ भदौ १३ गते । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सर्वदलीय बैठकमा आफूले पद छाडेको घोषणा मात्र गरे पनि सहमति बन्ने विश्वास ब्यक्त गर्नुभएको छ । रिपोर्टस क्लवले आज गरेको कार्यक्रममा उहाँले प्रधानमन्त्रीले इरानबाट फर्किने बित्तिकै राजीनामा दिनुपर्ने बताउनुभयो । उहाँले नयाँ निर्वाचनमा जान संविधान संसोधन गर्न, संविधानका विवादित विषयमा सहमति जुटाएर संविधान जारी गर्न पनि संविधानसभाको पुनःस्थापना आवश्यक रहेको बताउनुभयो ।


  कार्यक्रममा राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले माओवादी नेतृत्वको अभिव्यक्ति र सरकारको चाल सत्ता कब्जातर्फ उन्मुख रहेको भन्दै तत्काल काङ्ग्रेसले सरकारको विकल्प दिन सक्नु पर्ने तर्क गर्नुभयो । उहाँले गतिरोध अन्त्यको लागि विपक्षी गठबन्धनले वैकल्पिक सरकार दिन सके गतिरोध अन्त्यमा ठोस् पहलको सुरुवात हुने विश्वास व्यक्त गर्दै सत्ता पक्ष र प्रतिपक्षीहरु मूल एजेण्डामा प्रवेश नै गर्न नचाहेकोले समस्या समाधान हुन नसकेको आरोप लगाउनुभयो ।


नेकपा–माओवादीका पोलिटब्यूरो सदस्य हरिभक्त कँडेलले अध्यादेशमाथि अध्यादेश ल्याउनु सत्ता लम्ब्याउने चाल बाहेक केही नभएको बताउनुभयो । उहाँले प्रधानमन्त्री डा. बाबुराम भट्टराई विचारबाट स्खलित भइसकेको व्यक्तित्व भएकोले उनबाट कुनै पनि समस्या समाधानको अपेक्षा गर्नु मुर्खताबाहेक केही नभएको स्पष्ट पार्नुभयो । 


रामेछापका पाँच गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र बनाउने तयारी  ।।
रीता मगर,
रामेछाप भदौ १३ गते । रामेछाप जिल्लाका गाविसहरुलाई खुल्ला दिशामुक्त बनाउने अभियान सुरु भएको छ । सरकारको सन् २०१७ सम्ममा देशलाई खुल्ला दिसामुक्त क्षेत्र बनाउने अभियान अन्तर्गत रामेछापमा पहिलो पटक  खानेपानी तथा सरसफाई डिभिजन कार्यलय मन्थलीको कृयाशीलमा सुनारपानी, भलुवाजोर, सुकाजोर गेलु र भटौली गाविस पहिलो खुला दिसामुक्त गाविस घोषणा गर्न लागिएको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका निमित्त कार्यलय प्रमुख रामहरी घिमिरेले जानकारी दिनुभयो ।

खुला दिसामुक्त क्षेत्र घोषणाको लागि सबैजसो मापदण्ड पूरा भइसकेकाले चाँडै नै घोषणा गरिने जानकारी दिनुभयो ।





व्यापारीमाथि छुरा प्रहार ।।
विदुर खवास,

धनकुटा  भदौ १३ गते । धनकुटा बसपार्कमा आज दिउँसो व्यापारीमाथि छुरा प्रहार भएको छ । व्यापारको विषयमा विवाद हँुदा बसपार्कमा नै चटपटे बेच्दै आएका भारत छाप्राका ३० बर्षिय प्रमोदप्रसाद साहले मुढा व्यापार गर्दै आएका तरहरा २ सुनसरीका ६९ बर्षिय गंगाराम बिकलाई छुरा प्रहार गरेको प्रहरीले बताएको छ । छुरा प्रहारबाट बायाँ कोखमा गम्भीर चोट लागेका बिकको जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकेपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घाईते बिकको अवस्था गंभिर रहेको अस्पतालले जनाएको छ   ।
     

सार्वजनिक सुनुवाई सम्पन्न ।
भगीरथ अवस्थी,
बैतडी भदौ १३ गते । जिल्ला स्वास्थ्य कार्यालय बैतडीले आज सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय बैतडीले गत बर्ष सम्पादन गरेका कार्यक्रमहरुको जानकारी दिने उद्देश्यले सार्वजनिक सुनुवाई आयोजना गरिएको हो ।

जगन्नाथ बहुमुखी क्याम्पसमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले गत बर्ष जिल्ला स्वास्थ्य कार्यालय बैतडी र मातहतका स्वास्थ्य संस्थाहरुले सम्पादन गरेका कामहरुको बारेमा जानकारी गराउनुभएको छ । विभिन्न स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीहरुको अभाव भएकाले कार्य सम्पदान गर्न समस्या भएको उहाँले बताउनुभयो ।

अझै पनि ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थाहरुमा भौतिक संरचनाहरुको अभाव रहेका स्वास्थ्य सेवा प्रदान गर्न असजिलो भइरहेको उहाँले बताउनुभयो । यसका बापजुत पनि स्वास्थ्यकर्मीहरुले सेवा दिइरहेका डा. अवस्थीले बताउनुभयो ।

पछिल्लो समयमा सुरक्षित सुत्केरीका लागि २६ ठाउँमा बर्थिङ सेन्टरको स्थापना गरिएको डा. अवस्थीले बताउनुभयो । स्वास्थ्य क्षेत्रको सुधारका लागि सम्बन्धित समुदाय, स्थानीय निकायहरुले पनि पहलकदमी लिनुपर्नेमा डा. अवस्थीले जोड दिनुभयो ।



दार्चुलाका तीन गाविसमा हात्ती पाइले रोगको सर्वेक्षण गरिने ।
नरेन्द्र कार्की,

दार्चुला  भदौ १३ गते । जिल्ला स्वास्थ्य कार्यालय दार्चुलामा आज भएको हात्ति पाइले रोगसम्बन्धी सर्वेक्षण गोष्ठीले जिल्लाका तीन गाविसमा सर्वेक्षण गर्ने भएको छ । सन् २०२० सम्म यो रोग उन्मूलन गर्ने उद्देश्यले सर्वेक्षण गरिन लागेको हो । जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाको आयोजना तथा इपीडिमीयोलोजी रोग नियन्त्रण महाशाखाको सहयोगमा सर्वेक्षण गरिन लागेको हो ।

 गोष्ठीले दार्चुलाका खलंगा, उकु र गोकुलेश्वरमा सर्वेक्षण गर्ने जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका निमित्त प्र्रमखु अरुणदत्त जोशीले बताउनुभयो । सर्वेक्षणको लागि आरटिआईका तुलसी अधिकारीको नेतृत्वमा टोली दार्चुला पुगेको हो । अभिमुखीकरण गोष्ठीमा जिल्ला स्वास्थ्य कार्यालय दार्चुला, खलंगा उप स्वास्थ्य चौकी, दत्तु र उकु उप स्वास्थ्य चौकी प्रमुख गरी २५ जनाको सहभागिता रहेको जोशीले बताउनुभयो ।


कैलालीको वसौटी गाविसमा हात्ती गाउँमा पस्दा धानवाली नष्ट ।।
तपेन्द्र कुँवर,

कैलाली  भदौ १३ गते । कैलालीको वसौटी गाविसको वडा नम्बर २  र ८ मा  दुई चार दिनदेखी  हात्ती गाऊमा पस्दा कूषकले लगाएको धानवाली नष्ट गरेको छ । रातीको समयमा हुलका हुल हात्तीको वथान गाउँमा पस्दा  १० विगाहा भन्दा वढी  धानवाली नष्ट गरेको शिवनारायण चौधरीले जानकारी दिनुभयो । हात्ती स्थानिय कृषक शिवनारायण चौधरी , मोहनलाल कठरीया , ग्यासिहं कठरीया, छोटेलाल चौधरी लगायतका धानवाली नष्ट गरीएको गाविसका सचिव भोजराज भट्टले जानकारी दिनुभयो  ।

रातीको समयमा आउने हात्तीहरुलाई धपाउनको लागी स्थानियवासिदाहरु रातभर नसुतेरै बस्ने गरेकाशिवनारायण चौधरीले जानकारी दिनुभयो । हात्ती आतंक नियन्त्रण गर्नपटक पटक प्रसासनमा खबर गरेपनि कुनै सुनुवाई नभएको  स्थानियले आरोप लगाएका छन । गत  वर्षको भन्दा हात्तीले आरोप यो वर्ष धानवाली नष्ट गरेको शिवनारायण चौधरीले जानकारी दिनुभयो ।



दार्चुलाका ४१ वटै गाविसमा सुआहार कार्यक्रम सञ्चालन हुँदै ।
नरेन्द्र कार्की,

दार्चुला भदौ १३ गते । दार्चुलाका ४१ वटै गाँउ विकास समितिहरुमा महिला र वालवालिकाको पोषण अवस्थामा सुधार ल्याउन सुआहारा कार्यक्रम सञ्चालन गरिने भएको छ । युएसएडको आर्थिक सहयोगमा सेभ द चिल्ड्रेनलगायत विभिन्न ७ वटा साझेदार संस्थाहरुले सुआहारा कार्यक्रम सञ्चालन गर्न लागेका हुन् । देशभरीका २० जिल्लाहरुमा सञ्चालन हुन लागेको सुआहारा कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरी महिला र २ वर्षमुनिका वालवालिकाहरुलाई लक्षित वर्गको रुपमा लिइएको छ ।

कार्यक्रम सञ्चालन सम्बन्धि आज दार्चुला सदरमुकाममा परिचयात्मक बैठक गरिएको छ । कार्यक्रममा स्वास्थ्य सेवा विभागका सुपरीवेक्षक अधिकृत शंकर आचार्यले पोषण अवस्था, रणनीति र प्राथमिकताका बारेमा प्रस्तुति गर्नुभएको थियो । यसैगरी सुआहारा कार्यक्रमका वरिष्ठ कार्यक्रम संयोजक बद्रीनाथ पौडेलले कार्यक्रमको परिचय, सञ्चालन प्रक्रिया तथा जिल्लास्थित सरोकारवालाको भूमिकाको बारेमा प्रस्तुति गर्नुभएको थियो ।


सिन्धुपाल्चोकमा सामुदायिक प्रहरी र हुलाक कार्यालयबीच जग्गा विवाद बढ्यो ।।
काभ्रेपलाञ्चोक भदौ १३ गते । सिन्धुपाल्चोक जिल्लामा निर्माणाधिन सामुदायिक प्रहरी भवन र हुलाक कार्यालय बीच विवाद बढेको छ । सामुदायिक प्रहरी भवनलाई हुलाक कार्यालयले आफ्नो जग्गामा भवन वनाउन नपाइने भन्दै भवन निर्माणमा अवरोध पु¥याउन थालेपछि विवाद सुरु भएको हो ।

विवादले चर्को रुप लिदै गएपछि दुई सरकारी कार्यालयले मन्त्रालयमा आ–आफ्नो जग्गा भएको दाबी गर्दै पत्र समेत पठाइसकिएको बुझिएको छ ।  सदरमुकाम चौताराको बजार क्षेत्रमा एकठाउँ पनि प्रहरी बीट नभएको भन्दै स्थानीय र प्रहरी सक्रियतामा २०५९ सालमा  स्थानीय शहिद चोकमा रहेको सार्वजनिक जग्गामा सामुदायिक प्रहरी भवन निर्माण गर्ने निर्णय भएको थियो ।

हुलाक कार्यालयको प्रतिनिधि समेत सहभागी बैठकमा सार्वजनिक जग्गामा भवन निर्माण गर्ने निर्णय भएपनि अहिले भने हुलाकले आफ्नो जग्गामा भवन बनाएको भन्दै विवाद सिर्जना गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख डीएसपी बसन्तकुमार लामाले बताउनुभयो ।

 हुलाक कार्यालयले सञ्चार मन्त्रालयलाई आफ्नो जग्गामा भवन बनेकाले तत्काल रोक्न माग गर्दे तीन पटक पत्र पठाइसकेको छ भने प्रहरीले पनि अफ्नो मन्त्रालयलाई सार्वजनिक जग्गामा भवन बनेको भन्दै पत्र पठाइरहेको छ ।


उखु किसानहरु उखुको मुल्य वृद्धि लगायत २४ बुँदे माग राख्दै आन्दोलित ।।
सुरेश बिडारी,
 सर्लाही भदौ १३ गते । सर्लाहीका उखु किसानहरु उखुको मुल्य वृद्धि लगायत २४ बुँदे माग राख्दै आन्दोलित भएका छन् ।  विगतका वर्षहरुमा समयमै माग राख्न नसकेका कारण उखु किसानहरु सँधै मारमा परेको भन्दै उखु काट्नु भन्दा अगाडी नै उनीहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । आफूहरुले उद्योगलाई भदौ २० गतेसम्मको अल्टिमेटम दिंदै विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको कृषक अधिकार महासंघ सर्लाहीका संयोजक दिपक मैनालीले जानकारी दिनुभयो ।

पहिलो चरणका आन्दोलन सकिसकेपछि पनि माग पूरा नभए महासंको बैठक बसी अझ कडा सङ्घर्षका कार्यक्रम सार्वजनिक गरिने महासंघ अध्यक्ष मैनालीले जानकारी दिनुभयो ।
माशु पसल अनुगमन ::
युवाको सामाजिक संस्था लियो क्लब अफ बेनी म्याग्दीले आज(बुधबार) म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित माशु पसलको अनुगमन गरेको छ । चाडपर्व नजिकिँदा सरकारी क्षेत्रबाट पनि अनुगमनको कामलाई तीव्रता दिइरहेको बेला म्याग्दीका सरोकारवाला निकायबाट अनुगमनमा चासो नदेखाएको भन्दै अनुगमन गरेको क्लबले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र सामुदायिक सेवाकेन्द्र बेनीको सहयोगमा बजारक्षेत्रका करिब दुइदर्जन मासुपसलहरूको अनुगमन गरिएको हो । अनुगमनका क्रममा बेनीमा रहेको चितवन, आलम र सिटी फ्रेस हाउसका नामबाट सञ्चालित माशुपसलहरूमा कुहिएको माशु राखेको, खिया लागेका हतियारले काट्नेगरेको, बधस्थल र शौचालय एकै ठाउँमा निकै फोहोर रहेको भेटिएको क्लबको अध्यक्ष हिक्मत श्रेष्ठले बताउनुभएको म्याग्दीबाट सहकर्मी कमल खत्रीले जनाएका छन् ।

कांग्रेस प्रशिक्षण ::
कांग्रेस पश्चिमाञ्चल क्षेत्रका महासमिति सदस्यहरूको भेला तथा प्रशिक्षण पाल्पाको तानसनेमा हुने भएको छ । भदौ २२ र २३ गते भेला तथा प्रशिक्षणको आयोजना गरिएको कांग्रेस पाल्पाले जनाएको छ । कांग्रेस पाल्पाका सभापति वीरबहादुर रानाका अनुसार दुई दिने भेलामा पश्चिमाञ्चलको १६ जिल्लाका महासमिति सदस्यहरूको सहभागिता रहने छ । भेला तथा प्रशिक्षणमा कांग्रेस सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेललगायतको उपस्थिती रहने बताइएको छ । भेला तयारीका लागि रानाको संयोजकत्मा १५ सदस्यीय भेला तथा प्रशिक्षण तयारी मूल आयोजक समिति गठन भएको छ । प्रशिक्षणले पार्टी र संगठनका अगुवा कार्यकर्ताले निर्वाह गर्ने भूमिका, केन्द्रको रणनीति तथा भावी योजनाको बारेमा प्रष्ट पार्ने पाल्पाबाट सहकर्मी केशव घिमिरले जनाएका छन् ।

वृद्धको निधन ::
सर्लाहीको नेत्रगञ्ज–७ मा एक वृद्धको उपचारको क्रममा निधन भएपछि चिकित्सकसहित चारजनालाई प्रहरीले पक्राउ गरको छ । पक्राउ पर्नेमा कविलासी–९ का डा. गोविन्द झा, उनका सहयोगी मिनु सिंहलगायतका रहेका छन् ।  पिलोको उपचार गराउन आएका रानिगञ्ज–७ का ६० वर्षीय राजेन्द्र उप्रेतिलाई डाइलोना नामक सुई दिएको केही समय मै मृत्यु भएपछि झालगायत अन्य सहयोगीलाई थप अनुसन्धानका लागि पक्राउ गरिएको नवलपुर प्रहरी चौकीको भनाई उदृत गर्दै रेडियो एकताबाट सुरेश बिडारीले जनाएका छन् ।

कैदीको संख्या बढी ::

जिल्ला कारागार नुवाकोटमा क्षमताभन्दा बढी संख्यामा कैदी तथा बन्दी राख्दा बन्दी आधारभूत सुविधाबाट वञ्चित भएका छन् । कारागारको पुरुष बन्दी कक्षमा क्षमताभन्दा बढी बन्दी भएका कारण उनीहरू कोचिएर बस्न बाध्य भएका छन् । पुरुष बन्दी कक्षाको क्षमता ५० रहेकामा अहिले एक सय २४ जना बन्दी राखिएका छन् । क्षमताभन्दा बढी कैदी बन्दी राखिएपछि उनीहरूको दैनिक खानपान, बसोबास, भान्साकोठामा समस्या भएको बन्दीले गुनासो गरेका छन् ।

 
आलुबाट आम्दानी ::
गुल्मी जिल्लाको अर्खबाङ गाविसका कृषकहरूले वर्षे आलु खेतिबाट राम्रो आम्दानी गरेको बताएका छन् । वर्षे आलुको उत्पादन राम्रो हुने उक्त स्थानमा आलुसँगै मकै खेति पनि सँगै लगाइने गरिन्छ । आलुसँगै मकै खेतिलाई केही प्रभाव पार्ने भएता पनि आलु खेतीमा भने उत्कृष्ट स्थान रहने गरेको रेडियो गुल्मीबाट अनिल खत्रीले जनाएका छन् ।

सरकार असफल ::
मधेसी जनअधीकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार पूर्णरुपमा असफल भएको दाबी गर्नुभएको छ । नेता यादवले वर्तमान सरकार सक्ताको दुरुपयोग गरी भ्रष्टाचारलाई संस्थागत गरेको समेत आरोप लगाउनुभएको छ । फोरमका अगुवा कार्यकर्ता प्रसिक्षणलाई बुधवार गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सम्बोधन गर्दै अध्यक्ष यादवले सरकारकै कारण मुलुकमा राजनीतिक, सवैधानिक तथा आर्थिक सकंट गहिरिदै गएको बताउनुभयो । उहाँले यस्तो अवस्थामा सरकारले अध्यादेशमार्फत शासन गर्नु ठिक नभएको भन्दै राजनीतिक सहमति कायम गरी नयाँ चुनावमा जानु नै अहिलेको उत्तम विकल्प रहेको औल्याउनुभयो । निर्वाचनमा जानुअघी सविधान मस्यौदा बनाउने पर्ने र राजनीतिक सहमती कायम हुनु पर्ने यादवको भनाइ रहेको भैरहवाबाट सहकर्मी श्यामशंकर पाण्डले जनाएका छन् ।

आँखा उपचार सेवा ::
नेपालगन्ज, नेपालमा अन्धोपन निवारणका लागि भिजन ट्वान्टी—ट्वान्टी कार्यक्रम सञ्चालन भएपछि आाखा उपचार सेवामा सबै नेपालीको पहुाच पुग्ने विश्वास गरिएको छ । संयुक्त राष्ट्र सङ्घले सन् १९९९ फेबु्रअरीमा ‘दृष्टिका लागि अधिकार’ नारासहित विश्वका करिब पााच करोड नागरिकलाई अन्धोपनबाट जोगाउन भिजन ट्वान्टी—ट्वान्टी कार्यक्रम तर्जुमा गरेपछि नेपालले सोही वर्षको नोभेम्बरमा कार्यक्रमलाई अनुमोदन गरेको हो । नेपालले हस्ताक्षर गरी अनुमोदन गरेको सो कार्यक्रम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत मुलुकभरि सञ्चालनमा ल्याइएको छ ।

सन् २०२० सम्म सञ्चालन हुने सो कार्यक्रमका लागि मन्त्रालयले नेपाल नेत्र ज्योति सङ्घ, तिलगङ्गा आाखा केन्द्र र आाखा उपचारका क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी निकायलाई सहयोगी संस्थाका रूपमा स्वीकार गरेको छ । भिजन ट्वान्टी—ट्वान्टीले मोतियाविन्दु, जलविन्दु, खस्रे रोगको उपचार, बालबालिकामा हुने अन्धोपन न्यूनीकरण, चस्माको जााच, न्यून दृष्टि सेवा, मधुमेहका कारण आाखाको दृष्टिमा पर्ने असरको उपचार गर्नाका साथै आाखा रेखदेखसम्बन्धी चेतनामूलक कार्यक्रम समेटेको नेपाल नेत्र ज्योति सङ्घका केन्द्रीय सदस्य रतनकुमार टण्डनले जानकारी दिनुभयो ।

अस्पताललाई सहयोग ::
गजुरी, अमेसी डेल मोन्टेरोजा अनलस इटालीले राजमार्ग सामुदायिक अस्पताल मलेखुलाई एउटा गाडी उपलब्ध गराएको छ । अस्पताललाई सहयोग गर्नेहरूलाई सम्मान गर्न मङ्गलबार आयोजित कार्यक्रममा गाडीको सााचो हस्तान्तरण गरिएको हो । सो संस्थाका सिल्भियो मोन्टिनेल्लीले गाडीको सााचो राजमार्ग सामुदायिक अस्पतालका अध्यक्ष राजेन्द्र पाण्डेलाई हस्तान्तरण गर्नुभयो । दुई वर्ष अघि पनि इटालेलीहरूले एम्बुलेन्स उपलब्ध गराएका थिए । सामुदायिक अस्पताललाई सहयोग उपलब्ध गराउादै आएको इटालेलीहरू इटालीबाट १४ हजार किमिको दूरी पार गर्दै स्थलमार्गबाट नेपाल आउनुभएको थियो । सहयोगीहरूको छजनाको टोलीलाई राजमार्ग सामुदायिक अस्पतालले खादा ओढाएर सम्मान गरेको थियो । कार्यक्रममा अस्पतालका अध्यक्ष पाण्डेले आगामी दिनमा राजमार्ग सामुदायिक अस्पताललाई १५ शय्याबाट ५० शय्याको अस्पताल बनाउने र नर्सिङ कलेज सुरुआत गरिने जानकारी दिनुभयो ।

हात्तीले घर भत्कायो ::
काँकडभिट्टा, खुदुनाबारी–८ स्थित कैदले गाउामा हात्तीले एक किराना पसलसहित १० घर भत्काएको छ । जुकेखाडी जङ्गलको दमार क्षेत्रबाट आएका तीन जङ्गली हात्तीले स्थानीय मीना पन्दाकको किराना दोकानसमेत भत्काएको हो । पन्दाकले दोकानभित्रका लाखौा मूल्यका टिभी, फ्रिज, चामलका बोरा, कोदो, आटा, मैदा र दैनिक उपभोग्य वस्तु नष्ट पारेको बताइन् । गए राति गाउामा प्रवेश गरेको हात्तीले मनमाया शिवाकोटी, रणबहादुर राई, मनोज रोका, ख्याम बराइली, वीरबहादुर बराइली, खड्क परियार, तिलविक्रम मास्के, सोमती राई र पदमबहादुर सार्कीको घर भत्काएर अन्न खाएको पीडित खरेलले बताउनुभयो ।

खोलाले बगाउँदा बेपत्ता ::
धुन्चे, पश्चिमी रसुवाको मैलुङ खोलाले बगाउादा स्थानीय एक युवक गएरातिबाट बेपत्ता भएका छन् । बेपत्ता युवकको खोजी गर्न प्रहरी परिचालन गरिएको र यथार्थ विवरण आउन बााकी रहेको प्रहरी निरीक्षक भक्त सुनुवारले जानकारी दिनुभयो । यस्तै आज बिहान ९ बजे डााडागाउा गाविस –७ चिप्लेटी गाउामा गएको पहिरोले दुईजना गम्भीर घाइते भएका छन् । घाइतेको उपचार त्रिशूली अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । घाइते हुनेमा माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनामा कार्यरत चालक र अर्का चिनियाा कामदार रहेको जनाइएको छ ।

उनीहरू बसेको आवासमा पहिरोले क्षति बनाएपछि घाइते भएका थिए । पहिरोले डााडागाउा–७ चिप्लेटी गाउाका २८ घरलाई अति जोखिम तुल्याएबाट गाउाका सबै बासिन्दा घर छोड्नेक्रम अगाडि बढिरहेको स्थानीयवासी मङ्गलबहादुर तामाङले बताउनुभयो । घटनास्थलमा प्रहरी परिचालन गरिएकाले तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेकाले सााझसम्मम यथार्थ विवरण आउने प्रहरी निरीक्षक सुनुवारले बताउनुभयो ।

दुव्र्यसनीको सङ्ख्या बढ्यो ::
गौशाला, महोत्तरी जिल्लाको सीमावर्ती भारतीय बजार भिट्ठामोडमा लागुऔषध सेवन गर्न जाने नेपालीको सङ्ख्या अहिले दैनिक ५०० नाघेको छ । लामो समयदेखि भिट्ठामोडमा पसल चलाउादै आएका एक पसलेले भिट्ठामोडमा अहिले दैनिक ५०० भन्दा बढी नेपाली युवक लागुऔषध सेवन गर्न आउने गरेको र ती सबै नियमित ग्राहक रहेको समेत जिकिर गरेको छ । ती पसलेले नेपाली युवकलाई दैनिक रु २० हजारसम्मको औषधि बेच्ने गरेको र यस्ता कैयौा पसल यहाा रहेको बताएका छन् ।

पसलेका अनुसार नेपाली युवकको जमातले आफूकहााबाट स्यास्मो प्रोबिसमन, नाइटोभेटजस्ता टयाब्लेट र करेक्स सिरपलगायतका लागुऔषध किनेर खाने गरेको छ । नेपाली युवक ती लागुऔषध सेवन गर्नका लागि महोत्तरी र धनुषाका विभिन्न ठाउाबाट भारतको भिट्ठामोडमा पुग्ने गर्छन् । यता स्थानीय प्रहरी प्रशासन यसबारे मौन छ भने दुव्र्यसनी सीमावर्ती नेपाली बजारमा दिनदहाडै आपराधिक गतिविधिमा लागेका छन् ।

बाघको आक्रमणबाट एक जनाको मृत्यु ::
पश्चिम चितवनको मेघौलीमा बाघको आक्रमणबाट आज एकजनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मेघौली–२ सालबासका ५५ वर्षिय दीलकुमार कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्थानिय २ नम्बर सामूदायिक वनमा दिउँसो घाँस काट्ने जाने क्रममा कुमाल वेपत्ता भएका थिए । उनको अपरान्ह सवा ५ बजे जंगलमा शव भेटिएको प्रहरीले जानकारी दिएको छ । शव अहिले घटना स्थलमै रहेको छ । पोष्टमार्टमका लागि कुमालको शव भरतपुर ल्याउने तयारी भइरहेको चितवनबाट सहकर्मी राजु चौधरीले जनाएका छन् ।

श्रोत: सिआईएन /नेपालबाणि
Don't Miss
© all rights reserved
made with by netKUTI