रोशन सुवेदी
हेटौडा,भदौ ६ गते । ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने भावनामा आधारित सहकारी संस्थाहरू पछिल्लो समय बन्द हुने क्रम बढेको छ । गत वर्षमात्र तीसवटा सहकारी संस्था बन्द भएका छन् । सहकारी सम्वन्धि नीतिगत अस्पष्टता, प्रभावकारी नियमन तथा अनुगमनको अभाव, सहकारी शिक्षा तालिम तथा सूचनाको अभाव, व्यवसायिकीकरणको अभाव,सहकारी सस्थांहरूमा सहकारी मुल्य, मान्यता तथा सिद्धान्तको पूर्णरूपले पालना नगरि“दा बन्द हुने क्रम बढेर गएको सरोकारवालाहरूको भनाई छ । गत वर्ष बन्द भएका सहकरीहरू रिप्पा बचत तथा ऋण सहकारी सस्थां लिमिटेड, बसामाडि, रूपनारायण दुग्ध उत्पादक सहकारी सस्था लिमिटेड बुढिचौर–१,ज्योति दुग्ध उत्पादक सहकारी सस्था लिमिटेड हर्नामाडि–९,जनकल्याण दुग्ध उत्पादक सहकारी सस्था लिमिटेड हाडिखोला–९,पाण्डवपोखरी दुग्ध उत्पादक सहकारी सस्था लिमिटेड कोगटे छन् ।

बन्द भएका अन्य सहकारीहरूमा ईपा पंञ्चकन्या दुग्ध उत्पादक सहकारी सस्था लिमिटेड ईपा, नरसिंह दुग्ध उत्पादक सहकारी सस्था लिमिटेड सुकौरा–२,किसान बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड ठिगंन–४,नवजीवि बहुउद्देश्यीय सहकारी सस्थां लिमिटेड हेटौ“डा– ५,चम्पेश्वरी तरकारी उत्पादक सहकारी सस्थां लि. चित्लाड.,भैरब बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड सिस्नेरी–६ लगायत छन् ।
सहकारीको मूल्यमान्यतालाई लत्याएर आफूखुशी ऋण लगानी गर्ने, गैर सदस्यसग“को कारोवार, एकै परिवारका एक भन्दा बढि व्यक्ति एउटै संस्थाको सञ्चालक समितिमा रहने गर्नाले सहकारी धरासायि हुदै बन्द हुने क्रम बढेको डिभिजन सहकारी कार्यालय मकवानपुरका प्रमुख भिम परियारले बताए । अर्थतन्त्रको तेस्रो खम्वाको रूपमा रहेका सहकारीहरू धरासायी बन्द हुने क्रम बढ्नुले राम्रो संकेत नभएको परियारको भनाई छ । दुई वर्ष भन्दा बढि समय साधारण सभा नगर्ने,लेखापरिक्षण नगर्ने र सम्बन्धित कागजात डिभिजन सहकारीमा नबुझाउने सहकारीहरूलाई कारबाही समेत गरिएको उनले

जानकारी दिए । नियमितरूपमा गर्नुपर्ने लेखापरिक्षण नगरेको, नियमनको क्रममा जादा“ कार्यालयमा अनुपस्थित भएको भन्दै वैशाखयता दुई वटा सहकारी संस्थालाई डिभिजन सहरकारीले कारबाही गरेको छ । यसरी सहकारीहरू बन्द हु“दै जा“दा यसप्रति नकरात्मक धारणा पैदा हुने क्रम पनि बढेको छ । सहकारी संञ्चालनको लागि आवश्यक क्षमता र सहकारी व्यवस्थापन सम्वन्धि ज्ञानको अभावमा समस्या बढेको डिभिजन सहकारी कार्यालयका सहकारीका प्रमुख परियारले बताए । ‘
एउटा गाविस÷क्षेत्रमा कति सहकारी हुनुपर्ने भन्ने स्पष्ट नीति नियम नभएकाले पनि सहकारी एउटै क्षेत्रमा थुप्रिएका छन्’ अधिकृत परियारले भने,‘अस्वत्छ प्रतिस्प्रधाका कारण पनि बन्द हुने क्रम बढेका हो ।’सहकारीलाई विभिन्न किसिममा वर्गीकरण गरिएपनि त्यसको लगानी कार्यक्षेत्र भन्दा अन्त फस्दा पनि बन्द भएका छन् । सहकारी संस्थाहरूलाई दिगो बनाउनभन डिभिजन सहकारीसंग सहकारी अगुवाहरू र विषयगत सघं संंस्थाहरूको सहकार्य आवश्यक रहेको परियारले बताए । उनले एउटै वडा÷क्षेत्रमा भएको र एउटै प्रकृतिको कार्य गर्ने सम्पूर्ण सहकारी एकिकृत हुनुपर्ने बताए । अधिकांश सहकारीहरू कार्यालय झोलामा बोकि सम्पर्क विहीन हुनाले पनि बन्द भएका हुन् । एकजना मानिस दुईभन्दा बढि सहकारीमा हुदा“ सदस्यहरूको पैसा घुमिरहने र उत्पादनशील कार्यमा लगानी नभई सहकारीले राष्ट्रिय अर्थतन्त्रमा पनि कुनै योगदान दिन नसक्ने डिभिजन सहकारीको भनाई छ ।
जिल्लास्थित पा“चसय सहकारी सबैलाई व्यवस्थापकीय क्षमता अभिवृद्धिको लागि तालिम प्रदान गर्न डिभिजन सहकारीले नसक्ने भएकाले पनि यस क्षेत्रमा अस्तव्यस्तता बढेको हो । कार्यसमितिले गोजी सहकारी बोक्ने गर्नाले पनि सहकारी संस्थाहरू पछिल्लो समय कलकिंत हुदै गएको डिभिजन सहकारी कार्यालयको निष्कष छ । सहकारी संस्थाहरूको दीगोपनको लागि नियमितरूपमा नियमन गर्नु आवश्यक रहेको सरोकारवालाहरूले बताएका
छन् । सहकारी बन्द हुने क्रम रोक्न कार्य क्षेत्र एउटै, एउटै वडा सदस्य उहि“ भएका सहकारीहरूलाई गाम्भुनपर्ने डिभिजन सहकारीका अधिकृत भिम परियारले बताए । परियारले कमजोर सहकारीहरूलाई गाभ्न सके ्त्यसले दिने सेवा सुविधामा पनि प्रभावकारिता बढ्ने बताए । –प्रदेश