एजेन्सी साउन ३१ गते । अष्टेलियामा जारी आईसिसि अण्डर १९ विश्व कप क्रिकेटमा नेपाल ईतिहासमै पहिलो पटक आयरल्यान्डसंग पराजित भएको छ । आयरल्यान्डले नेपाललाई प्रतियोगिताको १८ औ म्याचमा १४ रनले पराजित गरेको हो । यसअघि आयरल्यान्डसंग नेपाल कहिले पनि पराजित भएको थिएन । टाउन्सभिलेमा टस जितेर पहिले व्याटिङ थालेको आयरल्यान्डले १ सय ८६ रन को चुनौति पेश गरेको थियो । आयरल्यान्ड ८ विकेटको क्षतीमा अल आउट हुदै १८५ रन बनाउन सफल भएको थियो ।
जवाफि व्याटिङ थालेको नेपालले ४९ दशमलव ३ ओभरमा अल आउट हुदै मात्र १७१ रन जोड्न सफल भयो ।
राहुल विश्वकर्माले नेपाली टोलीका तर्फबाट सर्वाधिक ३२ रन जोड्न सफल भएका थिए । प्रदिप ऐरी २९ रन जोड्न सफल भएका थिए । ६ खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । ती मध्ये हसीम अन्सारीले कुनै रन जोड्न सकेनन् । नेपाललाई पहिलो खेलमा आयोजक राष्ट्र अष्ट्रलेलियासंग पराजित भएकाले आजको खेल जित्ने पर्ने बाध्यता थियो ।
यस्तै प्रतियोगिताअन्र्तगत आज भएको अफगानिस्तान र स्कटल्याण्डबीचको खेलमा अफगानिस्तान १० रनले विजयी भएको छ भने दक्षिण अफ्रिका र श्रीलंकाबीचको खेलमा दक्षिण अफ्रिका ४ विकेटले विजयी भएको छ ।