गजल प्रतियोगीतामा च्याईस एफ एमले प्रत्यक्ष प्रसारण गर्ने ।
भोला थापा क्षेत्री
दोहा- मुग्लानी सौगात द्धैमासिक प्रत्रिकाले आगामी १७ अगस्ट का दिन आफ्नो १२ औं वाचन डबली, प्रथम वार्षिकी र १४७ औ“ मोती जयन्ती सँगै गरीने खुला गजल प्रतियोगिताको तयारी पुरा गरेको छ ।
“संस्था समाज विकासमा प्रवासीको योगदान” भन्ने मूल नाराका साथ सन् २००२ मा अल्खोर, कतारमा स्थापना भएको सन्ध्याग्रुपले गर्ने कार्यक्रमक दोहाको टपफर्म रेस्टुरेन्टमा हुने तथा कार्यक्रमको संयोजन मुग्लानी सौगात वाचन डबलीका संयोजक दिलीप अविरले गर्नेछन ।
संस्थाले उक्त कार्यक्रममा नियमित प्रकाशित भईरहेको मुग्लानी सौगात द्धैमासिक साहित्यिक पत्रिकाको १३औं अंक पनि प्रकाशन गर्ने भएको छ । ईच्छुक स्रष्टले उक्त साहित्यक पत्रिका लिई पढ्न पनि सक्नु हुने छ भने उक्त पत्रिकाको को मुल्य करि ५ रहेको छ, एउटा खुसीको खबर पनि आएको छ तपाई ले कतारबाट वाचन गरेको गजल उक्त दिन आफ्ना छरछिमेक तथा घर परिवारले पनि प्रत्यक्ष रेडीयो बाट सुन्न सक्ने भएका छन । गजल प्रतियोगिता कार्यक्रमलाई गोर्खामा रहेको च्यावाईस एफएम (९०.४) मेघाहर्जले गोर्खाबाट प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
कार्यक्रममा खुला गजल प्रतियोगीताका विजयी गजलकारहरूलाई पुरस्कारको पनि व्यवस्था गरिएको छ । जसमा प्रथम पुस्कार सात हजार रुपैया“का साथै प्रमाण्ँपत्र, द्धितीय हुनेलाई पाँच हजार, तृतीय हुनेलाई तीन हजार रहेको संस्थाका अध्यक्ष थर्चा लामाले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा भाग लिने प्रतियोगी गजलको दर्ता शुल्क आयोजकले २० रियल राखेको छ । यस अघिको सुचनामा गजल १० अगष्ट सम्म दर्ता गराउन सक्ने भने पनि कार्यव्यस्तताले र समस्यले दर्ता गराउन नपाएका श्रष्टाहरुको मागलाई मध्यनजर गर्दै संस्थाले पुन केही दिन थप गरी आगामी अगस्ट १७ तारिख विहान १० बजे सम्म दर्ता गराउन सकिने निर्णय गरेको कुरा कार्यक्रमका व्यवस्थापक राजेन्द्र खनालले जनाएका छन् ।
कार्यक्रमलाई सफल पार्न दोहामा रहेका दुई सक्रिय साहित्यिक संस्था अनेसास कतार च्याप्टर र नवोदित साहित्यिक मोबाइल पुस्तकालयले विषेश सहयोग गर्ने भएका छन् ।भने मिडीया पार्टनर भने एनक्युखबर डटकम र नेपालकतार खबरले गरेका छन ।