इन्द्र बजगाँई, साउन ३१ गते । गत वर्षको तुलनामा यसवर्ष ताप्लेजुङमा आलुको उत्पादन वृद्धि भएको छ । यसवर्ष बर्खे आलुमा शून्य दशमलव ४३ र हिउँदे आलुमा शुन्य दशमलव ८८ प्रतिशतले वृद्धि भएको हो ।
समय समयमा अनुकुल वर्षा भएको र कुनै रोग नलागेकाले आलु उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले जनाएको छ । ताप्लेजुङमा यसवर्ष वर्खे आलु ३३ हजार ९ सय ८४ मेट्रिकटन र हिउँदे आलु ८ हजार ४ सय ५३ मेट्रिकटन उत्पादन भएको छ ।