बिहारमा बस दुर्घटना हुँदा ७ नेपाली तिर्थ यात्रीको मृत्यु ।
काठमाडौं, साउन २९ गते । नेपाली तिर्थ यात्री चढेको बस भारतको बिहारमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा करिब ३० जना घाईते भएका छन् । तिर्थयात्रु बोकेको बस भारत विहारको सीतामढी नजिक सुरसण्डमा दुर्घटना भएको हो ।
झारखण्डमा रहेको बाबाधाम तिर्थस्थलमा दर्शन गरेर फकिँदै गर्दा सितामाढी जिल्लाको सुरसण्ड थाना नजिकै ज १ ख ६७८ नम्बरको बस नदिमा खसेको थियो । दुर्घटनामा दुई महिला र पाँच पुरुषको ज्यान गएको छ ।
दुर्घटनामा घाईते भएकाहरु अधिकाँस जनकपुरका स्थानीय बासिन्दा रहेको बताइएको छ ।
घाइतेहरुको बिहारको सितामढी अस्पताल र महोत्तरीको जलेश्वर अस्पतालमा उपचार भईरहेको क्षेत्रीय प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
काँग्रेसको नेतृत्वमा चुनावी सरकार –प्रधानमन्त्री
पोखरा, साउन २९ गते । प्रधानमन्त्री वावुराम भट्टराईले पाँच बुदे सहमति अनुसार नै काँग्रेसको नेतृत्वमा चुनावी सरकार बनाउन सकिने बताउनु भएको छ। सहमतिका आधारमा पुर्नस्थापित संविधान सभाबाट संविधान घोषणा गरी काँग्रेसकै नेतृत्वमा चुनावी सरकार बनाउन सकिने प्रधानमन्त्री भट्टराईको भनाई थियो ।
एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी सरकारको नेतृत्व काँग्रेसलाई दिन नसकिने वताईरहेका वेला प्रधानमन्त्री भट्टराईको यस्तो अभिव्यक्ति आएको हो । पत्रकार महासंघका पुर्वअध्यक्ष विष्णु निष्ठुरीलाई आज पोखरामा दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उहाले पाँच बुदे सहमतिका सवै सहमति कार्यान्वयन गरेर निकास खोज्न सकिने बताउनु भयो ।
नयाँ संविधान बन्ने सुनिश्चित भए आफु आजै राजीनामा दिन तयार रहेको प्रधानमन्त्री भट्टराईले स्पष्ट पार्नु भयो ।
उहाले संविधान निर्माणका लागी संविधान सभा पुर्नस्थापना र नयाँ निर्वाचन वाहेक अन्य विकल्पमा जान माओबादी तयार नभएको जानकारी दिनुभयो ।
पौडेल अझै बेपत्ता ।
नुवाकोट, साउन १ गते । उदयपुरको कटारीबाट काठमाडौका लागी छुटेको रात्रीबस धादिङको त्रिशुली नदीमा खस्दा बेपत्ता भएका नुवाकोट नर्जामण्डप गाविसका राजन पौडेल अझै भेटिएका छैनन् ।
उदयपुरबाट काठमाडौ जादै गरेको ना २ ख ४९५१ नम्बरको बस कृष्ण भिरबाट त्रिशुली नदिमा खसेको थियो । सो दुर्घटनामा परी हराईरहेका पौडेलको कुनै पत्तो लाग्न नसक्दा परिवारका सदस्यहरु अझै पिडामा रहेको पारिवारिक स्रोतलाइ उदृत गर्दै सहकर्मी जगदीश खनालले जनाएका छन् ।
विदेशका खबर
इरानमा भुकम्पका कारण मृत्यु हुनेको संख्या ३ सय पुग्यो
एजेन्सी, साउन २९ गते । इरानको उत्तर पश्मिी क्षेत्रमा आएको भुकम्पमा परि मृत्यु हुनेको संख्या ३ सय पुगेको छ । भुकम्पमा परी ५ हजार भन्दा बढि घाईते भएका छन् । भुकम्पका कारण घरबार बिहिन भएका करिब ३६ हजार भन्दा बढि व्यक्तिलाई उद्धार गरि शिविरमा राखिएको छ ।
हजारौं व्यक्ति अँझै भुकम्प आउने डरले बाहिर बसिरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । शनिवार आएको ६.४ र ६.३ रेक्टर स्केलको भुकम्पको सम्पुर्ण क्षेती विवराण आईनसकेको अधिकारीहरुले बताएका छन् ।
खेल खबर
नेपाल अष्ट्रेलियासंग २ सय १२ रनको फराकिलो अन्तरले पराजित ।
काठमाडौं,साउन २९ गते । आइसिसी अण्डर–१९ विश्वकप क्रिकेटमा नेपाल डिफेन्डिङ च्याम्पीयन अष्ट्रेलियासँग २ सय १२ रनको फराकिलो अन्तरले पराजित भएको छ । २ सय ९४ रनको विजयी लक्ष्य पच्छ्याएको नेपालले २३ ओभर ५ बलमा सबै विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो । नेपालका लागि सागर पुनले २२, राजेश पुलामी मगरले २१ रन जोड्नु बाहेक अन्य व्याट्सम्यानले खासै राम्रो प्रदर्शन गरेनन् ।
हासिम अंसारी १३ रन बनाएर आउट भए भने स्पिनर सुवास खकुरेल १२ रनमै पभेलियन फर्किए । नेपालका राहुल विश्वकर्मा ३ तथा कृष्ण कार्की र प्रदीप ऐरी १÷१ रनमा सिमित भए । कप्तान पृथु बास्कोटा, नरेश बुढाऐर र अविनाश कर्णले कुनै पनि अंक जोड्न सकेनन् भने भुवन कार्की शुन्य रनमै अविजित रहे ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा अस्टोन टर्नरले ४, ह्यारी कोनवेले ३ विकेट, एलेक्स ग्रोगोरीले २ र गरिण्डर सान्धुले १ विकेट लिए ।
यसअघि अष्ट्रेलियाको टाउनभिल्लेमा टस हारेर व्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९४ रन जोडेको थियो ।
अष्ट्रेलियाका लागि कप्तान केमरन ब्रान्कोफले सर्वाधिक १ सय २५ रन र कुर्टिस प्याटरसनले ८६ रन जोडेका थिए ।
नेपाली बलर राहुल विश्वकर्मा र प्रदीप ऐरीले २–२ विकेट लिए । अविनाश कर्ण, कृष्ण कार्की र भुवन कार्कीले पनि १–१ विकेट हात पारे ।
लण्डन ओलम्पिक समापन
एजेन्सी साउन २९ गते । पछिल्लो दुई हप्ता देखि लण्डनमा चलेको ओलम्पिक २०१२ समापन भएको छ । ओलम्पिक समापन भए संगै ओलम्पिक झण्डा २०१६ मा हुने ब्राजिल ओलम्पिकका लागि रियो पठाईसकिएको छ ।
लण्डन ओलम्पिकको सुरु जस्तै समापन पनि भव्य बनाईएको थियो । जसमा ब्रिटेनको संगित र संस्कृतलाई अर्मुत रुपमा प्रस्तुत गरिएको बीबीसीले जनाएको छ ।लण्डन ओलम्पिक २०१२ मा शक्ति राष्ट्रका रुपमा उदाएका अमेरिका, चीन, ब्रिटेनले नै बर्चस्व कायम गरेका छन् ।
जसमा अमेरिकाले ४६ स्वर्ण पदक सहित पहिलो स्थान कब्जा गर्यो भने, चीनले ३८ स्वर्ण सहित २ स्थानमा चित्त बुझाउन बाध्य भयो । आयोजक ब्रिटेनले २९ स्वर्ण सहित तस्रो स्थान सुरक्षीत गर्न सफल भएको छ । ओलम्पिक २०१२को उद्घाटन गत २७ जुलाईमा भएको थियो ।