काठमाडौँ, ७ भदौ/ नेपाल
मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राष्ट्रपति डा. रामवरण
यादवले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बर्खास्त गरेर आफ्नै
नेतृत्वमा सरकार गठन गरेर मुलुकलाई निकास दिनु पर्ने बताउनुभएको छ ।
दलहरूबीच लामो समयदेखि रहँदै आएको सम्बाद हिनता अवस्थाको अन्त्य गर्दै
सहमतिको सरकार गठन गर्न दबाब दिने उद्देश्यले रिपोर्टर्स क्लब नेपालले
सुरु गरेको अभियान अन्र्तगत अध्यक्ष ऋषि धमलाको नेतृत्वमा गएको
पत्रकारहरूको टोलीसँग कुरा गर्दै विजुक्छेले तत्काल दलहरूसँग छलफल गरेर
राष्ट्रपतिले आफ्नै नेतृत्वमा सरकार गठन गर्नु पर्ने धारणा राख्नुभयो ।
अहिले समन्वयकारी शक्तिको रुपमा मुलुकमा मिटिङ पोइन्ट राष्ट्रपति रहेकोले सहमति गर्न नसकने प्रधानमन्त्रीलाई घोक्रयाएर निकाल्नु पर्ने बताउनुभयो । उहाँले अटेर गर्दै सत्तामा टासिएर बसिरहेका प्रधानमन्त्रीलाई पद छाड्न बाध्य बनाउन सञ्चारमाध्यम र कर्मचारीहरूले बहिस्कार गर्नु पर्ने तर्क गर्नुभयो ।
प्रधानमन्त्री भट्टराई नेतृत्वको सरकार जति लामो समय रहन्छ त्यती नै मुलुकको लागि दुर्भाग्य हुने चेतावनी दिँदै उनले त्यसबाट मुलुकलाई जोगाउने एक मात्र उपाय राष्ट्रपति भएको तर्क गर्नुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रपति यसरी चुप लागेर बस्न मिल्दैन । अब कदम चाल्नु पर्छ ।’
उहाँले संविधानसभा विघटन गराएर अध्यादेशबाट शासन सञ्चालन गरी सत्ता कब्जा गर्ने रणनीतिका साथ माओवादी आगाडि बढेको दाबी गर्दै राष्ट्रपतिले चुप नलागि हस्तक्षेप गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘समयमा मल नल्याउँदा २८ प्रतिसत खेत बाझै भए यसले २५ प्रतिसत आर्थिक अवस्थामा नकारात्मक प्रभाव पार्छ । भारतीय सीमाको नो म्यान्स ल्यान्डमा भारतीय सैनिकका क्याम्प राख्न दिदै छ । यस्तो अवस्थामा राष्ट्रपति चुप लागेर बस्न मिल्दैन ।’
यस्तै रिपोर्टर्स क्लबकै अर्को कार्यक्रममा नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदिप ज्ञावालीले एकीकृत नेकपा माओवादीले सत्ता कब्जा गर्ने षडयन्त्रअनुसार नै सुनियोजित रुपमा संविधानसभाको घाँटी रेटेको आरोप लगाउनुभएको छ ।
रिहा त्रैमासिक पत्रिकाको विमोचनसँगै आयोजित राष्ट्रिय सहमति विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै ज्ञावालीले संवैधानिक अंगलाई रिक्त गर्ने र अन्तरिम संविधानका धाराहरू अध्यादेश मार्फत परिवर्तन गर्दै सत्ता कब्जा गर्ने रणनीतिलाई मुर्तरुप दिन एमाओवादीले संविधानसभाको घाँटी रेटेको आरोप लगाउनुभएको हो ।
कार्यक्रमा उहाँले राजनीतिक रिक्तताभित्र सत्ता कब्जा गर्न खोज्ने मानोवृत्ति बोकेको वर्तमान सरकार रहँदासम्म सहमतिको लागि ढोका बन्द भैसकेको बताउनुभयो । वर्तमान गठबन्धन अवसरवादीको गठबन्धन भएको आरोप लगाउँदै उहाँले भन्नुभयो, ‘सत्ता टिकाउँदै जंगबहादुर बन्ने सपना प्रचण्डले नदेखे हुन्छ ।’ उहाँले नेपालमा बहुआयामिक संकट पहिलो भएको दाबी गर्दै प्रचण्डलाई अब नेपाली जनताले नै घोक्रेठ्याक लगाउने दाबी गर्नुभयो ।