प्रायः प्रत्येक समाजमा सेक्सका मामिलामा महिलाभन्दा पुरुष धेरै खुला छन् । पुरुषले आफ्नो सेक्स अनुभव धेरैसग साटासाट गर्न सक्छन् भने महिलालाई त्यसो गर्न गाह्रो हुन्छ । यद्यपि बाहिर भने पनि वा नभने पनि महिला, पुरुष दुवैलाई सेक्सको समान आवश्यक पर्छ ।
अझ कति अध्ययनहरूले त युवकमा भन्दा युवतीमा बढी सेक्स चाहना हुने दाबी गरेका छन् । तर, आजसम्म आखिर महिलाले किन सेक्स गर्छन् अथवा सेक्सबाट महिलाले के चाहेका हुन्छन् भन्ने कुरा आजसम्म स्पष्ट रूपमा बाहिर आउन सकेको छैन् । धेरैले सन्तान उत्पादन गर्न वा यौन चाहना पूरा गर्न महिलाले सेक्स गर्छन् भन्ने धेरैको धारणा छ । तर, हालसालै लन्डनमा गरिएको एक वैज्ञानिक अनुसन्धानले यो मान्यताभन्दा फरक निष्कर्È निकालेको छ । अध्ययनले धेरै महिलाहरू आफ्नो पति, प्रेमी वा पार्टनर रिसाउला भन्ने डरले सेक्स गर्न बाध्य हुन्छन् भनेको छ ।