साउन १९,दमौली नेवा खल थर्पुले जनैपुर्णिमाको अवसरमा आयोजना गरेको खुल्ला लाखे नाच प्रतियोगितामा ब्यास नेवा खल दमौली प्रथम स्थान हासिल गरेको छ । । नेवारी संस्कृति संरक्षणको लागि तनहँुको थर्पुमा आयोजना गरिएको दोस्रो खुल्ला लाखे नाच प्रतियोगितामा छङ्गेली नेवा खलः द्धितिय तथा पुर्कोट नेवा खल तृतिय हुन सफल भयो । कुल आठ समुह रहेको प्रतियोगितामा समिभञ्ज्याङ्ग पुरानो हटिया नेवा खल र कलेस्ती नेवा खलः ले सान्तन्वा स्थान हासिल गरेको छ ।
समाजसेवी मोतीकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा तनहुँ उद्योग बाणिज्य संघका कोषाध्यक्ष कृष्णकुमार श्रेष्ठ, थर्पुबजार समितीका अध्यक्ष तिर्थ नारायण मल्ल, तनहुँ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष तेजकुमार मल्ल, नेवा खल कास्कीका अध्यक्ष प्रकाशमान पालिखे, नेवा दया दबु सांस्कृतिक बिभागका अध्यक्ष रामकृष्ण दुवाल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम थर्पु नेवा खलः का अध्यक्ष रामकुमार मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो ।