Responsive Ad Slot

latest

जनाएकता युवा क्लब माजदगाउ खैरेनी तनहुँ कौडा नाच भिडियाे क्ष

Friday, August 24

/ by Admin BHOLA THAPA
” आफ्नै बिशेष पहिरन , संस्कृति र परम्पराले पनि मगरलाई बिशेष पहिचान दिलाएको छ । पुरुषहरुको बिशेष पहिरन भोटो कछाड् सँगै निलो पटुकी र भाङग्रा , सिरमा टोपी अनी महिलाहरुको बिशेष पहिरन मक्खमली चोली र घलेक , छिट्को गुन्यु , टिकिस पहेलो तथा निलो पटुकी , गला मा पहेलो तथा हरियो पोते साथै मा कण्ठमला तथा मुगामाला , सिर मा सिरफुल अनी चन्द्र , कानमा माडवारी , नाकमा बुलाकी , आदीमा सजिएर लेकबेसी को उकाली ओराली सँगै नजिकको साईनो गास्नु मगर हरु को बिशेषता हो । अझै बिशेष अबसर पारेर बेलामौका मा नाचिने कौडा नाचले त झन मगर हरुको छुट्टै पहिचान स्थापित गरीदिएको छ ।

अब प्रस्तुत हुन लागिएको कौडा नाच बिशेष गरी मगर जातीमा प्रचलित छ । यो नाच तनहुँको बिभिन्न भागमा बिभिन्न चाडपर्ब हरुको अबसरमा नचाइेने गरिन्छ बिशेष गरेर बैशाख पुर्णिमा अर्थात चण्डी पुर्णिमाको दिनमा नचाइन्छ । यस रमनिय ठाउँ माझदगाम बाट पोखराको बेगनास ताल , फेवाताल , पोखरा बजार , खैरेनी बजार , देउचुली , बचुली , लगायत २२ जिल्ला साथै थानकोट को उकालोको रमाइलो द्रिस्यालोकन गर्न सकिन्छ।
तल दिएको भिडियो हेर्नुहोस् ।
source : lovely tanahun
Don't Miss
© all rights reserved
made with by netKUTI