Responsive Ad Slot

latest

काँग्रेस जिल्ला सचिवहरुको प्रशिक्षणको तयारी पुरा, शिर्ष नेताहरु पोखरा

Friday, August 3

/ by Unknown
सुनौलो एफ.एम.÷ साउन १९, पोखरा ।। नेपाली काँग्रेस केन्द्रीय नीति तथा
प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भोलीबाट साउन २२ गतेसम्म कास्कीमा हुन
लागेको जिल्ला सचिवहरूको प्रशिक्षण कार्यक्रमको तयारी पुरा भएको छ ।
नेपाली काँग्रेस कास्कीले शुक्रबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी
दिएको जानकारी अनुसार प्रशिक्षणकालागि तयारी पुरा भएको र विभिन्न जिल्लाका
सचिवहरू पोखरा आउने क्रम पनि सुरु भएको छ । प्रशिक्षणको उदघाटन नेपाली
काँग्रेसका सभापति शुशिल कोइरालाले उदघाटन गर्नुहुनेछ भने उदघाटन सत्रलाई
वरिष्ठ नेता शेरबहादुर देउवा, उपाध्यक्ष रामचन्द्र पौडेल, महामन्त्रीहरू प्रकाशमान
सिंह, कृष्णप्रसाद सिटौला लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको
छ ।
पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कास्की सभापति तथा कार्यक्रमका संरक्षक
यज्ञबहादुर थापाले प्रशिक्षणको तयारी पुरा भईसकेको र प्रशिक्षण सफल पूर्वक
सम्पन्न गर्न व्यवस्थापन उपसमिति निर्माण गरी जिम्मा दिइएको जानकारी दिए ।
भोजन, आवास, नाम दर्ता, प्रविधि, अतिथि सत्कार जस्ता उपसमिति गठन गरिएकोले
कार्यक्रमको तयारी पुरा गर्न सहज बनेको थापाको भनाई छ ।
मुलुकभरका सचिवहरूको क्षमता अभिवृद्धि गराउने उद्देश्यले आयोजना गर्न लागिएको
कार्यक्रममा नेपाली काँग्रेसको विधान तथा नियमावलीका बारेमा केन्द्रीय सदस्य
नरहरी आचार्य, उद्देश्य, लक्ष्य र सोचका बारेका युवा नेता तथा केन्द्रीय सदस्य
गगन थापा, सांगठनिक संरचनाका बारेमा केन्द्रीय सदस्य विमलेन्द्र निधि,
सचिवहरूको काम कर्तव्य र जिम्मेवारका बारेमा केन्द्रीय सदस्य बद्री पाण्डे,
पार्टीभित्रको संचरना प्रणाली तथा व्यवस्था विषयमा मुख्य सचिव बसन्तकुमार
गौतमले प्रशिक्षण दिने छन् । यसैगरी मानव स्रोत व्यवस्थापनमा बसन्त लम्साल,
पार्टीका स्थानीय स्तरमा शाखाका चारित्रिक विशेषताहरू शिर्षका वरिष्ठ प्रशिक्षक
राम गुरागाई, सञ्चार माध्यमको कार्यगत सम्बन्ध शिर्षकमा नेपाल पत्रकार
महासंघका पूर्व सभापति धर्मेन्द्र झा, भाषण तथा उद्घोषण कला शिर्षकमा
जय निशान्तलगायत विभिन्न विषय र शिर्षकमा विकल शेरचन, तेजशंकर भार, सुवास
सिग्देल लगायतले प्रशिक्षण दिने बताइएको छ । तीन दिने क्षमता अभिवृद्धि
प्रशिक्षणले मुलुकभरका सचिवहरूका लागि उपलब्धिपूर्ण रहने विश्वास आफुहरूले
लिएको कास्कीका सचिव युवराज कुँवरले बताए ।
प्रशिक्षण कार्यक्रममा नेपालका ७५ वटै जिल्लाका एक सय ५० जना सचिवको
सहभागिता रहने नेपाली काँग्रेस कास्कीले जनाएको छ । प्रशिक्षण कार्यक्रम
सम्प्न्न गर्न करिव ६ लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । सहभागि एक जना
सचिवसंग दर्ताकालागि २ हजार रुपैया र प्रत्येक जिल्लाबाट १५ हजार रुपैयाँ संकलन
गरिने सचिव कँुवरले जानकारी दिए । प्रशिक्षणकालागि सचिवहरू पोखरा आउने
क्रम हिजोबाट नै सुरु भएको छ । पार्टी सभापति सुशिल कोइराला, वरिष्ठ नेता
शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल लगायतका शिर्ष नेताहरू आजै
पोखरा आई पुग्ने कास्की सभापति थापाले जानकारी दिए । प्रशिक्षण
कार्यक्रमलाई सफल बनाउन यस अघि नै कास्की काँग्रेसले गठन गरेको
उपसमितिहरूमा भोजन व्यवस्थापन उपसमितिको संयोजकमा मुकुन्द बास्तोला,
आवास व्यवस्थापनमा देवेन्द्रकुमार शेरचन, नामदर्तामा गिरिराज गौतम, प्रविधि
व्यवस्थापनमा विजयराज आचार्य, अतिथि सत्कार उपसमितिको संयोजकमा सकुन्तला
कोइरालालाई जिम्मेवारी दिइएको छ
Don't Miss
© all rights reserved
made with by netKUTI