Responsive Ad Slot

latest

युवा सङ्घको बन्दका कारण राजधानीको जनजीवन प्रभावित ।।

Sunday, August 5

/ by Unknown
काठमाडौं  साउन १२ गते , । ससरकारविरुद्व चरणबद्व आन्दोलनमा रहेको नेकपा एमाले निकट युवा सङ्घले आह्वान गरेको बन्दका कारण राजधानी काठमाडौंको जनजीवन प्रभावित भएको छ । युवा सङ्घले आह्वान गरेको बन्दका कारण सबैभन्दा बढि शैक्षिक संस्था र विद्यार्थी मर्कामा परेका छन् भने सार्वजनिक सवारीका साधन नचल्दा गन्तब्यमा पुग्ने यात्रीहरु हिड्न बाध्य भएका छन् । ट्राफिक प्रहरी महाशाखाले केही निजी सवारी साधन फाट्टफुट्ट रुपमा चले पनि सवारी साधनको चाप कम रहेको जनाएको छ । आह्वान गरिएको बन्द विहान १० बजेसम्म जारी रहने युवा सङ्घले जनाएको छ । अहिलेको सरकारले राजिनामा दिनुपर्ने, राष्ट्रीय सहमतिको सरकार गठनको लागि पहल गर्नुपर्ने,महङ्गी, भ्राष्टाचार नियन्त्रण गर्नुपर्ने लगायतका मागराख्दै युवा सङ्घले बन्दको आह्वान गरेको जानकारी दिएको छ । आफूहरुले आयोजना गरेको बन्दमा बिभिन्न राजनीतिक दल सम्बद्व नौ ओटा युवा सङ्गठनले समर्थन गरेको युवा सङ्घका केन्द्रीय उपाध्यक्ष हिरा केसीले सीआईएनलाई जानकारी दिनुभयो । युवा सङ्घले आजै राष्ट्रपति डा रामबरण यादवलाई भेटेर राष्ट्रिय सहमतिको सरकार गठनको लागि ध्यानाकर्षण गराउने तयारी गरेको छ ।

 
Don't Miss
© all rights reserved
made with by netKUTI