Responsive Ad Slot

latest

सिन्धुपाल्चोकको पाँचपोखरीमा जनैपूर्णिमा मेला जारी ।।

Wednesday, August 1

/ by Unknown
प्रकाश सुन्दास,  काभ्रेपलाञ्चोक     साउन  १७ गते ।। सिन्धुपाल्चोक जिल्लाको उत्तर पश्चिम भेगको भोताङ गाविसको वडा नम्बर–१ मा पर्ने पाँचपोखरी मन्दिरमा जनैपूर्णिमाको मेला चलिरहेको छ । एकादशीदेखि जनैपूर्णिमाको दिनसम्म लाग्ने मेलामा छिमेकी गाविसका साथै विभिन्न जिल्लाहरुबाट श्रद्धालु भक्तजनहरु पाँचपोखरीको पानीले स्नान गर्न, धामीझाँक्री ढ्याङग्रो ठटाउँदै मेला भर्न पुग्नेको घुइँचो लागिरहेको स्थानीय मिमा वाइबाले बताउनुभयो । जनैपूर्णिमाको दिन सूर्य, भैरव, नाग, सरस्वती र गणेशकुण्डले चिनिने पाँचपोखरीमा रहेको शिव मन्दिरको दर्शन गर्ने प्रचलन रहदै आएकोे छ । सदरमुकाम चौताराबाट २ दिनको पैदल यात्रापछि पुग्न सकिने पाँचपोखरीको पानीले स्नान गरे पाप पखालिने, पितृको स्वर्गमा बास हुने, खटिरा जस्ता चर्मा रोक निको हुनुका साथै मनले चिताएको पुरा हुने धार्मिक विश्वास रहदै आएको छ । करिव २३ सय २६ वर्ष अगाडि बुम्बा वाइबा सिकार खेल्दै जानेक्रममा शिव, पार्वतीका साथ देवगणले रोपाइँ गरिरहेको देखेको र आफ्नो साथमा गएको कुकुरको घाटीमा रहेको घण्टी छोडेको र पछि त्यहि ठाउँमा मन्दिरको स्थापना भएको किम्बदन्ति रहेको छ । भेलामा तामाङ,  थामी, जिरेललगायतका समुदायले आफ्नो पहिचान झल्कने झाँकी प्रर्दशनसमेत गर्दै आइरहेका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI