Responsive Ad Slot

latest

नेपाली जनप्रगतिशील मञ्चको केन्द्रिय समितिको वैठक सम्पन्न, महासचिवको हार्दिक विदाई

Tuesday, August 14

/ by Admin BHOLA THAPA

तिलविक्रम थेबे, दोहा कतार

नेपाली जनप्रगतिशील मञ्च दोहा कतारले नेपाल फर्कन लागेका मञ्चका महासचिव विष्णु सापकोटाको हार्दिक विदाई गरयो । विभिन्न विषयमा छलफल गर्न अध्यक्ष रमेश भट्टको अध्यक्षतामा दुईदिनसम्म बसेको मञ्चको केन्द्रिय समितिको वैठकले फेरी कम्पनीमा नफर्कने गरी जानलागेका महासचिव सापकोटालाई विदाई गरेको हो । मञ्चमा उनले खेलेको महत्वपुर्ण भुमिका र योगदानको चर्चा गर्दै नेपालमा पनि एक जुझारु सिपाहीको रुपमा कामगर्दै जान अध्यक्ष भट्टले आग्रह गर्दै हरेका कार्यमा सफलताको शुभकामना दिएका थिए । मञ्चका सल्लाहकार रामु बस्यालले स्याङ्गजा सेवा समाजको लोगो अंकित टिसर्ट उपहार दिदै विदाई मन्तव्य राखेका थिए भने अन्य केन्द्रिय सदस्यहरुले पनि विदाई मन्तव्य राखेका थिए ।  महासचिव सापकोटाले मञ्चमा कामगर्दा धेरै कुराहरुको अनुभुति भएको र आगामी दिनमा पनि आफु असल सिपाहीको रुपमा काम गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । सोही बैठकले उपाध्यक्ष तिलविक्रम थेवेलाई अर्को व्यवस्था नहुन्जेलसम्म महासचिवको समेत कार्यभार सम्हाल्न तोकेको छ ।

दुईदिनसम्म बसेको केन्द्रिय समितिको पुर्ण वैठकले मञ्चका उपाध्यक्ष मान बहादुर पुनलाई उपाध्यक्षबाट बर्खास्त गर्दै मञ्चको साधारण सदस्यसमेत नरहने गरी नेपाली जनप्रगतिशील मञ्चबाट निष्कासन गरिएको छ ।

संगठनभित्र र नेपाली समुदाय खास गरी मंञ्चमा आवद्ध हजारौ नेपाली श्रमजिवीहरुका विचमा अराजकता र फुटपरस्त अभिव्यक्ति दिदै त्यही अनुरुप आफनो कार्यशैली प्रस्तुत गर्दै अन्यौल परिस्थिति सृजना गर्दै आईरहेको र सच्चिएर आउन लचकता सहित अवसर दिदा पनि नसच्चिएको हुनाले त्यस्ता द्धैधचरित्र बोकेका व्यक्तिलाई निष्कासन गर्नुको विकल्प नरहेको केन्द्रिय समितिको बैठकले जनाएको छ । मञ्चमा उपाध्यक्ष रहेका मानबहादुर पुनले केहीदिन यता संगठनलाई धरासायी बनाउन खोज्ने, संगठनको दृढ र लक्षित कार्यनितीलाई कमजोर बनाउन खोज्ने र आमुल परिवर्तनकामी क्रान्तिको मूल मर्ममा समेत ठेस पुरयाउने अभिव्यक्ति दिदै आफु सर्बेसर्वा हुन खोज्ने र अराजकता पैदा गर्न खोजी सबैलाई दिग्भ्रमित बनाउने खालका क्रियाकलाप गर्दै आएका थिए ।

 केन्द्रिय समितिको सो वैठकले अर्को व्यवस्था नभएसम्म तत्काल लागु हुनेगरी सबै विभागहरु समेत विघटन गरेको छ भने केन्द्रिय समितिको बैठक अब हरेक महिना बस्ने निर्णय गरेको छ । सोही बैठकले तनहुँ सेवा समाजका अध्यक्ष निमलाल कुमाललाई मञ्चको सल्लाहकार सदस्यमा मनोनयन गरेको छ ।

केन्द्रिय समितिको वैठकले केन्द्रिय समितिमा रिक्त रहेका सदस्यहरुमा नयाँ सदस्यहरु चयन गर्ने निर्णय गर्दै इदको विदाको अवसरमा सांगठनिक एकता र भाईचाराको सुखद सन्देश दिने उद्धेश्यले वृहत बनभोज कार्यक्रमको आयोजना गर्ने र वृहत वर्षगाँठ उत्सव समेत छिट्टै आयोजना गर्ने पनि निर्णय गरेको छ ।

दुईदिनसम्म बसेको वैठकमा अध्यक्ष रमेश भट्टद्धारा प्रस्तुत मञ्चको कार्यदिशा सर्बसम्मतबाट पारित भएको थियो भने केन्द्रिय कोषाध्यक्षद्धारा संक्षेपमा मञ्चको बजेट प्रस्तुत गरिएको थियो । केन्द्रिय समितिको वैठकमा आफ्ना भनाईहरु राख्ने क्रममा अधिकांश केन्द्रिय सदस्यहरुले मञ्चलाई उपयोग गर्दै मञ्चको विधि र विधानभन्दा वाहिर गएका द्धैध चरित्र बोकेका र अराजकता सृजना गरी मञ्चलाई धरासायी बनाउने प्रयास गर्ने मञ्चका केही पदाधिकारीहरुको विरोध गरेका थिए ।

वैठकमा मञ्चका उपाध्यक्ष तिलविक्रम थेबे, महासचिव विष्णु सापकोटा, कोषाध्यक्ष प्रकाश केसी, सहकोषाध्यक्ष बाबुराम गैरे तथा राजु डुम्रे, लालबहादुर भट्ट, राजेश परियार, कृष्ण परियार, दिल भट्टराई, राजेन्द्र महरा, अशोक विक, लिला लावती, चित्रबहादुर परियार, गणेश भण्डारी, दुर्गा प्याकुरेल, हरी मगर, राम थुलुङ्ग, नवराज सिंखडा, सोम बहादुर परियार, प्रेम परियार, दिपकुमार नेपाली, सुनविर गाहा मगर, सन्तोष कार्की डोली लगायतका अधिकांश केन्द्रिय सदस्यहरुले पनि आआफना भनाई राखेका थिए । सल्लाहकार समितिका सदस्यहरु रामु बस्याल, रकमध्वोज राई, गणेश वानिया, किशोर सुवेदी, निमलाल कुमालले पनि आआफना भनाई राखेका थिए ।

Don't Miss
© all rights reserved
made with by netKUTI