Responsive Ad Slot

latest

काङ्ग्रेस जिल्ला सचिवहरूको राष्ट्रिय प्रशिक्षण कार्यक्रम जारी ।।

Sunday, August 5

/ by Unknown
पोखरा  साउन १२ गते , ।पोखरामा जारी नेपाली कांग्रेसका जिल्ला सचिवहरुको राष्ट्रिय प्रशिक्षण कार्यक्रम आज दोस्रो दिन पनि चल्दैछ । पोखरा उद्योग वाणिज्य सङ्घको सभाकक्षमा अहिले केहीबेरपछि सुरु हुने दोस्रो दिनको प्रशिक्षणमा काङ्ग्रेसका नीति, सिद्वान्त, विधान नियमावली र प्रविधि विकासको बारेमा छलफल हुने नेपाली काङ्ग्रेस दाङका सचिव शङ्कर डाँगीले सीआईएनसँग बताउनुभयो । सहभागी जिल्ला ससचिवहरुलाई आज काङ्ग्रेस नेताहरु–नरहरि आचार्य, मिनेन्द्र रिजाल, गगन थापा लगायतले प्रशिक्षण दिने डाँगीले जानकारी दिनुभयो । सचिवहरुलाई हिजो पहिलो दिन भाषण कलाको बारेमा प्रशिक्षण दिइएको थियो । नेपाली काङ्ग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षणमा ७५ वटै जिल्लाका गरी १ सय ४० जना सचिवको सहभागिता रहेको छ । जिल्ला सचिवहरुको नेतृत्व विकास, कार्यालय व्यवस्थापन, सञ्चार प्रविधि तथा पार्टी सुदृढीकरणका बारेमा छलफलगर्दै प्रशिक्षण कार्यक्रम भोलि सकिनेछ ।
Don't Miss
© all rights reserved
made with by netKUTI