काठमाडौं साउन १२ गते , । मुलुकमा उत्पन्न राजनीतिक तथा संवैधानिक सङ्कट समाधानको उपाय खोज्न राष्ट्रपति डा रामबरण यादवले आज प्रमुख लगायत अन्य साना दलहरुसँग छलफल गर्दै हुनुहुन्छ । वर्तमान सङ्कट समाधानको बारेमा छलफल गर्न विघटित संविधान सभामा सहभागी भएका सबै र संविधानसभाको चुनावपछि गठन भएर दर्ता भएका राजनीतिक दलका दुईदुई जना नेताहरुलाई बोलाइएको छ । राष्ट्रपति र दलका नेताहरुको छलफल अहिले केहीबेरमा राष्ट्रपतिभवन शीतलनिवासमा सुरु हुँदैछ । छलफलको लागि नेताहरु शीतलनिवास पुग्नेक्रम चलिरहेको छ । संविधानसभाको विघटन भएको झण्डै दुई महिना वितिसक्दा पनि उत्पन्न सङ्कट समाधान गर्ने बारेमा दलहरुबीच सहमति नभएपछि राष्ट्रपतिले आज दलहरुसँग छलफल गर्न लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिनुभयो । एकीकृत माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमालेका शीर्ष नेताहरुलाई बोलाएर यसअघि सहमति गरेर अघि बढ्न आग्रहगर्दै आउनु भएका राष्ट्रपतिले आज अन्तरिम संविधानको धारा ४३ अनुसार सहमतिमा पुग्न सामूहिक रुपमा आग्रह गर्ने शीतलनिवास स्रोतले जनाएको छ ।