चितवन साउन १९ गते ।।।। तनहुँखबर सम्बादता
गत २०६३ सालमा कालिका एफ.एम.
चितवनले नेपालमै पहिलोपटक आयोजना गरेको आईडियल आरजे अफ दि इयरको शीर्ष
उपाधि विजेता चितवनका श्यामसुन्दर गिरी अहिले सम्भवतः नेपालकै कम उमेरका
प्रकाशक तथा प्रधान सम्पादक भएका छन् । ७ बर्ष अगाडिदेखि मिडियामा आफ्नो
उज्वल भविष्य देखेर प्रवेश गरेका गिरीले मिडियामा धेरै संघर्ष गरेका छन्
भने उनले गरेको संघर्षकै कारण सफलतास्वरुप आईडियल आरजेकै अवार्ड हात पारेका
छन् ।
कालिका एफ.एम., ईसिआर एफ.एम., बेसो च्यानल चितवन लगायत आधा दर्जन
भन्दा बढी मिडियामा काम गरिसक्नुभएका गिरी पछिल्लो समयमा रेडियो अर्पण
चितवन, चितवन दर्पण साप्ताहिक, फिल्मी खबर डटकममा कार्यरत छन् । उनी आफै
प्रकाशक तथा प्रधान सम्पादक रहेको चितवन दर्पण साप्ताहिक २०६८ सालबाट
प्रकाशन हुँदै आएको छ भने छोटो समयमा नै पत्रिकाले पाठकवर्गको मन जित्न सफल
भएको छ ।
मिडियालाई भगवान सरह मान्ने गिरीको वोल्ड भ्वाईसका कारण धेरै स्रोताको
ढुकढुकी बनेका छन् । पप वेसका कार्यक्रमहरु सञ्चालन गर्ने गिरी हिजोआज
सिनेमा पट्टि उनको झुकाव बढ्दो छ । त्यसकारण पनि उनको अहिले मोडलिङ्ग र
कलाकारिताप्रति रुचि बढेको पाईन्छ ।
वरिष्ठ सञ्चारकर्मी प्रकाश सायमी, नवराज लम्सालबाट २०५९ सालमा
कार्यक्रम प्रस्तोता सम्बन्धी तालिम लिएका गिरी २०६३ सालमा आयोजित उक्त
प्रतिस्पर्धामा पनि निर्णायक मण्डलमा प्रकाश सायमी नै रहेका थिए । अवार्ड
जितेपछि एफ.एम.मा केही गरेर देखाउँछु भन्ने उद्धेश्य थियो । तर विविध कारण
एफ.एम. भित्रको व्यवस्थापन पक्षसँगको असमझदारीले उनले कालिका एफ.एम.बाट
विदा लिएका थिए । वास्तवमा नै कालिका एफ.एम. मेरो प्राण हो, मेरो पुजनीय
संस्था हो, जसले मिडियामा एउटा नाम दियो, कालिका एफ.एम. म कदापि भूल्न
सक्दिन, गिरी आफ्नो अतीत सम्झदै भन्छन् ।
मास कम्युनिकेसनको अधुरो
चाहनालाई छिट्टै पूरा गर्ने तयारीमा रहेका गिरी अझ मिडियामा शसक्त भएर
लाग्ने बताउछन् जसले नाम दियो, चिनायो र बाँच्न पनि मिडियाले नै सिकाएको छ
भने एउटा युवा मिडियाकर्मीको तर्फबाट पनि हाम्रो धेरै जिम्मेवारीहरु छन्,
त्यसलाई पूरा गर्नुपर्छ जस्तो मलाई लाग्छ, उनी भन्छन् मिडियामा श्रमजीवी
पत्रकार ऐन लागू हुन नसक्नु मिडियाकर्मीको दुर्भाग्य बताउने गिरी जवसम्म
श्रमजीवी पत्रकार ऐन लागू हुँदैन तवसम्म कसरी पत्रकारिता गर्ने? पछिल्लो
समयमा पत्रकारिता नाजुक अवस्थामा रहेकोले पत्रकारलाई बचाउन र राज्यले
भूमिका खेल्नुपर्छ भन्ने उनको तर्क छ ।
आगामी दिनमा सिनेमा सम्बन्धी र न्यूज पोर्टलको राम्रो अनलाईन सञ्चालन
गर्ने रहर संगालेका श्यामसुन्दरको भविष्यमा कुशल मिडियापर्सन बन्ने लक्ष्य छ
।