संघिय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै ।
काठमाण्डौ भदौ ८गते । सरकारले सीफारीस गर्ने बिभिन्न अध्यादेश, बिशेष समितिको म्याद थपछिको प्रक्रीया र बर्तामान राजनितिक अवस्थाबारे छलफल गर्न सरकार समर्थित गठबन्धन दलहरुको बैठक बस्ने भएको छ ।
केहिबेर पछि माओबादी पार्टी कार्यालय पेरीस डाँडामा बस्ने बैठकले सरकारले आज राष्टपति समक्ष पेस गर्ने बिभिन्न अध्यादेशहरुमा सर्मथन जनाउने बताईएको छ ।शान्ति प्रक्रिया अन्र्तगत लडाकु समायोजनको बाकि काम अघि बढाउने र बिपक्षी दलहरुले सरकारका बिरुद्धमा सुरुगरेको आन्दोलनका बिषयमा छलफल हुने माओबादी नेताहरुले बताएका छन ।
मन्त्रिपरिषदको बैठक बस्दै
काठमाण्डौ भाद्र ८ गते । बिभिन्न अध्यादेश सिफारीस गर्न आज पनि मन्त्री परीषदको बैठक बस्ने भएको छ । सरकारका तर्फबाट सिफारीस गर्न तयार गरीएका अध्यादेशका बिषयमा मन्त्री परीषदका सदस्यहरुकै बिच हिजो बिबाद आएपछि आज पुन बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री तथा मन्त्रीपरीषद्को कार्यालय शिंहदरवारमा अपरान्ह ४ बजे पछि बस्ने बैठकले बिभिन्न ऐन र कानुन परीमार्जन लगायत अध्यादेशहरु पारीतका लागि सीफारीस गर्ने बताईएको छ । यस अघि राष्ट्रपति डा.रामबरण यादवले निर्वाचन र मतदाता सम्बन्धी नामावली फीर्ता पठाएपछि आज अत्यावश्यक कानुन परीमार्जन सम्बन्धी अध्यादेश सीफारीसका लागि मन्त्री परीषद् बैठक आज पनि बस्न लागेको गरिबी निवारण तथा सहकारी मन्त्री एकनाथ ढकालले जानकारी दिनु भयो ।
उहाँले सरकारका दैनिक कार्य संचालन गर्नका लागि अध्यादेश सीफारीस गर्न लागिएको बताउनु भयो ।मन्त्री ढकालले आज सरकारको राजीनामा माग्नेहरु नै भोली राष्ट्रपतिको राजिनामा माग्न जाने भएकाले अध्यादेशको बिषयलाई लिएर राष्ट्रपतिलाई बिबादमा नतान्न दलहरुलाई आग्रह समेत गर्नु भयो ।
तर, बरीष्ठ अधिबक्ता राधेश्याम अधिकारीले भने अहिलेको सरकारलाई सहमति बिना अध्यादेश जारी गर्ने अधिकार नभएको बताउनु भएको छ । नेपालवाणी नेटवर्क संग कुरा गर्दै देश संबिधानको परीधि भन्दा बाहीर गएकाले यो बिशिष्ठ अवस्थालाई सरकराले पनि त्यहि ढंगले सम्बोधन गर्नु पर्ने बताउनु भयो ।
एकीकृत माओवादीको बैठक
काठमाडौ, भदौ ७ गते । एकीकृत नेकपा माओवादीको पदाधिकारी बैठक आज पनि बस्दै छ । दिउँसो १ बजेबाट सुरु हुने बैठकमा अबरुद्ध बनेको सेना समायोजनको कार्य अगाडि बढाउने, महाधिबेशनको तयारी, समसामयीक राजनीतीक लगायतका ऐजेन्डामा छलफल हुदै छ ।
अवरुद्ध रहेको सेना समायोजन प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको एकीकृत नेकपा माओवादीले आज त्यसै बिषयमा थप छलफल गर्ने भएको हो ।बैठकमा आगामी राष्ट्रिय महाधिवेशनको तयारीको बिषयमा पनि कुरा हुने एक नेताले बताएका छन् ।
पार्टी मुख्यालय पेशिसडाडामा बस्ने बैठकमा बर्तमान राजनीतिक संकट र समाधानका बिषयमा पनि छलफल हुने अध्यक्ष प्रचण्डका सहयोगी शिब खकुरेलले जानकारी दिनुभयो ।
पूर्व लडाकुका उच्च कमान्डरहरु सहित हिजो बसेको पदाधिकारी बैठकमा समायोजन प्रक्रियालाइ निरन्तरता दिने निर्णय भएको थियो ।
माओवादीको सत्ता कब्जाको रणनितिले सहमती नभएको ः गौतम
चितवन, भदौ ८ गते । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले माओवादीको सत्ता कब्जाको रणनितिले सहमती हुन नसकेको आरोप लगाउनुभएको छ । गौतमले माओवादीले एकदलिय शासन प्रणाली लाद्ने र निर्दलीय सर्वसत्ता लागु गर्दै सत्ता कब्जाको रणनिति अवलम्बन गरेको बताए ।
प्रेस चौतारी चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता गौतमले प्रधानमन्त्री बाबुराम भट्टराईले म पदमुक्त भए किन राजिनामा दिनु भन्दै हिड्नु ब्यासोको खेल भएको टिप्पणी गर्दै राष्ट्रपतिले कदम चाले मात्र देशमा नयाँ प्रधानमन्त्री बन्ने दाबी गरे । वर्तमान संवैधानिक संकट र राजनितिक संकट हटाउन माओवादी सहमतीमा आउनुको विकल्प नरहेको नेता गौतमको भनाइ छ ।
विशेष समितिको म्याद बढाउनुको अर्थ छैनः रावल
काठमाडौ, भदौ ८ गते । एमाले नेता एवं लडाकु समायोजन बिशेष समितिका सदस्य भिम रावलले सरकराले राजनितिक सहमति कायम नगरी बिशेष समितिको म्याद थप्नुको कुनै अर्थ नभएको बताउनु भएको छ ।
राजनितिक सहमति बिना जती समय म्याद थपेपनि त्यसले लडाकुहरुको उचित समायोजन नहुने उहांले बताउनु भयो ।नेपालवाणी नेटवर्क संग कुरा गर्दै नेता रावलले राजनितिक छलफलका आधारमा यस अघि भएका सहमति कार्यन्वयन नभएसम्म बिशेष समितिको म्याद बढाउनु को अर्थ नभएको बताउनु भयो ।उहाले शान्ति प्रक्रियाको बिषयमा माओबादीले सहमति भंग गर्दै अरबौ रकम दुरु पयोग गरेको आरोप समेत लगाउनु भयो ।
पोखरामा अनिश्चतकालिन रिले अनसन जारी
पोखरा, भदौ ८ गते । पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निमार्णको माग गर्दै नागरिक दवाव समूहले सुरु गरेको अनसनलाई आज पनि जारी राखेको छ । पोखरा विमानस्थल अगाडी जारी अनिश्चितकालीन अनसनमा आज बिभिन्न समय समूह बिभाजन गरि अनसनको समय तालिका बनाईएको छ ।
ईश्वरप्रसाद कर्मचार्य, सजिवबहादुर कोइराला, सुमनमोहन भट्टराईलगायतको टोली बिहान ८ बजे देखी ४ बजे सम्म अनसन बस्ने कार्यक्रम छ । यस्तै दिउँसो ४ बजे अर्को टोलीले अनसन सुरु गर्ने बताईएको छ । आगामी एक हप्तासम्म पनि आफूहरुको माग पुरा नभए पोखराबाट हुने हवाई उडान अनिश्चतकालका लागि ठप्प पार्ने विमानस्थल निर्माणका नागरिक दवाव अभियानका संयोजक कृष्णमोहन श्रेष्ठले जानकारी दिनुभयो । सरकारले भने अनसनमा बसेको नागरिक दवाव समूहलाई सरकारले वार्ताका लागि बोलाएको छ ।
यसैबीच, लामो समयदेखि कार्यकारी अधिकृत नभएपछि पोखरा उपमहानगरपालिकाका कर्मचारीहरुले कार्यालय बन्द गरेर आन्दोलन गरेका छन ।कार्यकारी अधिकृत ज्ञानेन्द्र ढकालले अस्वस्थताको कारण देखाउँदै पोखरा बस्न नमानेपछि, कामकाजमा समस्या भएको भन्दै कर्मचारीहरुले आज पनि कार्यालय बन्द गरेका हुन् । हिजो देखि कर्मचारीले कामकाज ठप्प पारेपछि सेवाग्राहीहरु मर्कामा परेका छन् ।
कपिलवस्तुमा दुर्घटना, १ को मृत्यु, २१ घाईते
कपिलबस्तु, भदौ ८ गते । कपिलवस्तुमा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । दुर्घटनामा परेर जीप चालक जवाभारी ५ कपिलबस्तुका का २७ वर्षीय जगराम लोनियाको मृत्यु भएको हो । कृष्णनगरबाट दाङको लागि छुटेको लु १ ख ३५३२ नम्बरको बस र लु १ ज ६१२ नम्बरको जीप चन्द्रँैटा–कृष्णनगर सडकखण्ड अन्तर्गत जवाभारी ९ मा ठोक्किदा दुर्घटनामा भएको हो ।
घाइतेहरुको शिवराज अस्पताल बहादुरगञ्जमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बहादुरगञ्जका प्रहरी नायव निरीक्षक तुलबहादुर अधिकारीले जानकारी दिनुभयो ।
नुवाकोट जिल्लाको विकट गाउँ विकास समिति घ्याङ्फेदीमा मिति गुज्रिएको औषधि भेटिएको छ । घ्याङ्फेदी स्वास्थ्य चौकीमा विभिन्न औषधिहरू मिति सकिएको अवस्थामा भेटिएका हुन् । औषधि सेवन गर्ने क्रमामा मिति सकिएको थाहा पाएपछि घ्याङ्फेदी स्वास्थ्य चौकीका पिएनले औषधि पठाएका थिए । स्थानीयहरूले हिजो ति औषधि जिल्ला सदरमुकाम विदुरमा ल्याएका हुन् । औषधिहरूको नाम भने खुल्न सकेको छैन ।
यसैविच नुवाकोट जिल्ला फिकुरी गाविस ४ मा एक बृद्धको हिजो साँझ हत्या भएको छ । घरायसी बिबादमा ७० बर्षिय पुर्णबहादुर तामाङलाई आफ्नै भाई बुहारी मिनकुमारी तामाङले ढुङ्गाले हानी हत्या गरेको जिल्ला प्रहरी कायालय नुवाकोटले जनाएको छ । मिनकुमारी तामाङ र उनकोे पति रत्नबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय नुवाकोटले जुवातास विरुद्धको अभियानलाई जारी राखेको छ ।
यस क्रममा जिल्ला प्रशासन कार्यालय नुवाकोट अगाडीबाट चार जनालई पक्राउ गरेको छ । उनीहरूलाई तास खेलिरहेको अवस्थामा प्रहरीको टोलीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुशार यस अभियान अन्तर्गत नुवाकोटका विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरिसकेको रेडियो त्रिशुलीवाट सहकर्मी जगदीश खनालले जनाएका छन् ।
पाँचथर जिल्लामा क्रियाशिल पत्रकारहरुलाई निर्धक्क रुपमा समाचार संकलन तथा सम्प्रेषण गर्ने बातावरण नभएको एक अध्ययनले देखाएको छ । नेपाल पत्रकार महासंघ लगायतका टोलीको पाँच दिने अनुसन्धान पश्चात यस्तो तथ्य बाहिर आएको हो । संयुक्त टोलीले सदरमुकाम र यस नजिकका क्षेत्रमा गरेर १ सय ९ जनासंग गरेको छलफल र प्रश्नावलीका आधारमा सार्वजानीक गरेको प्रारम्भिक तथ्यांकले यस्तो अवस्था देखाएको रेडियो सिंहलीलावाट सहकर्मी सरोज शर्माले जनाएका छन् ।
गुल्मीको मुसीकोटमा विद्यार्थीको आन्दोलनका कारण तीन दिनदेखि वन्द रहेको खस्तोक माध्यामिक विद्यालय आजदेखि सञ्चालनमा आएको छ । विद्यार्थीको मागका विषयमा लिखित सहमति भएपछि आजवाट विद्यालय सञ्चालन भएको विद्यालय श्रोतले जनाएको छ । अंग्रेजी विषय शिक्षकको माग गर्दै विद्यार्थीहरुले मंगलवार विद्यालय प्रशासनमा तालवन्दि गरेको रेडियो स्काईवाट सहकर्मी विष्णु पौडेलले जनाएका छन् ।
त्यस्तै डोटीको कलेना गाविसमा महिना दिन सम्म अबरुद्ध विद्युत सेवा सुचारु भएको छ । पावर धान्न नसकी ट्रान्सफर्मर जलेपछि विद्युत सेवा महिनौ दिन सम्म अबरुद्ध भएको थियोे ।
हाल गाविसको वडा न. १,२,३,४,५ र ६ मा विद्युत सेवा सुचारु भएपनि ७, ८ र ९ मा अझै विद्युत सेवा सन्चालनमा आउन सकेको छैन । उता बिधुत प्राधिकरणले एउटा ट्रान्सफर्मरले पावर सप्लाई नभएकोले आज अर्को टान्सफर्मर जडान गरी बिधुत अबरुद्ध वडाहरुमा पनि बिधुत सेवा सुचारु गरिने जनाएको छ ।
यसैवीच यही भाद्र १० गते हुने डोटी उद्योग वाणिज्य संघको नवौ अधिवेशनका लागि
उम्मेदवारहरुले हिजो उम्मेदवारी दर्ता गराएका छन । निर्वाचन समितिले प्रकाशित गरेको पहिलो उम्मेदवारहरुको नामावली अनुसार अध्यक्ष, महासचिवमा, कोषाध्यक्ष र ९ जना सदस्यको लागी उमेद्वारी दर्ता भएको रेडियो त्रीवेणीवाट सहकर्मी कर्ण चन्दले जनाएका छन् ।
सिरियामा चर्किएको द्वन्द्वमा हालसम्म पच्चीस हजारको ।
एजेन्सी, भदौ ८ गते । सिरियामा गत मार्चबा सुरु भएको सरकार विरोधी आन्दोलनका क्रममा हालसम्म २४ हजार चार सय ९५ व्यक्तिको मृत्यु भएको छ । वेलायतमा कार्यालय रहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्ले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।
अब्जरभेटरीका निर्देशक रामी अब्देल रहमानले हालसम्म १७ हजार दुई सय ८१ नागरिकको मत्यु भएको र यसमा हतियार लिएका व्यक्तिहरू पनि परेको उल्लेख गरे ।
उनले ६ हजार एक सय ६३ सैनिकको मृत्यु भएको र एक सय ५१ भगौडा सैनिकको मृत्युभएको उल्लेख । भगौडा सैनिक विद्रोहीसँग मिलेका थिए ।अब्जरभेटरीले स्थलहरूमा आफ्नो सुपरिवेक्षक राखेको छ र उनीहरूले हिंसाका कारण मर्नेको सङ्ख्या र उनीहरूको नाम राख्ने गरेका छन् ।
नेहरु कपमा आज सिरीया र क्यामरुन भिड्दै
काठमाडौं, भदौ ८ गते । भारतमा जारी नेहरु कप फुटवल प्रतियोगिता अन्र्तगत आज आज क्यामरुन र सिरीया भिड्दैछन् । नयाँ दिल्ली स्थित नेहरु रंगशालामा हुने खेला स्थानिय समय अनुसार साँझा साढे सात बजे यी दुई देशबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । आजको खेल क्यामरुनका लागि पहिलो हो भने, सिरीयाले सुरुमै भारतको सामना गरिसकेको छ ।
यस अघि हिजो भएको खेलमा नेपालले माल्दिभ्स संग २–१ गोल अन्तरको पराजय भोगेको छ । नेपालका जुमानु राइले दोश्रो हाफको इन्जुरी समयमा १ गोल फर्काए पनि नेपालले हार टार्न सकेन । नेपालले अब भोलि क्यामरुनसँग खेल्ने छ । ५ टिम सहभागि प्रतियोगितामा राउण्ड रोबिन लिगपछि शिर्ष स्थानमा रहने २ टीमबीच फाइनल हुने छ ।