Responsive Ad Slot

latest

“सम्झिराख है” दोहा प्रदर्शन सकेन दर्शक तान्न ।

Sunday, August 5

/ by Unknown
भोला थापा क्षेत्री दोहा, अगष्ट ४ गते ।  – कतारमा विगत ४ वर्ष पहिला देखी साहित्यमा सकृय रहदै आएको नवोदित साहित्यिक वाचनालय कतारको आयोजनामा  गत शुक्रवार ३ अगष्टका दिन कतारको दोहा सिनेमा हलमा नेपाली कथानक चलचित्र “सम्झिराख है”को प्रद्धर्शन गरिएको छ ।  नेपाली प्रेम कथामा आधारितचलचित्र मा प्रशस्त मनोरञ्जनात्मक प्रहसन प्रस्तुतिहरु समेत भएपनि उक्त चलचित्रले कतारमा भने जस्तो  सफल  प्रदर्शन गर्न सकेन ।



कतारमा हरेक हप्ता शुक्रवार दोहा सिनेमा तथा गल्फ  सिनेमामा नेपाली चलचित्र प्रदर्शन हुने गर्दछन । पछिल्लो समयमा चलचित्रले भने सोचे जस्तो दर्शक नताने पनि प्रर्दशन गर्न भने कतारमा स्थापना भएको सामाजिक,साहित्यक,सांगितिक सस्थाहरु हानथाप हुने गरको पाईन्छ ।



            चलचित्र आयोजकले महगो रकमले हल भाडा लिएर नेपाली दर्शकहरुलाई मनोरन्जनको लागी करिव ५ सय भन्दा बढि सिट क्षमता भएको सिनेमा हल बुकिंङ  गराएका थिए । तर दर्शकहरु भने आयोजक सहित २ सयको पनि उपस्थिती थिएन । कतारको बढ्दो गर्मीको कारण दर्शकहरु हल सम्म तान्न नसकेको आयोजकको धारण छ ।

उक्त नेपाली कथानक चलचित्र “सम्झिराख है”  प्रदर्शनको लागी प्रमुख सहयोगी सस्थाहरु तनहुँ सेवा समाज कतार ,श्री गद्दीमाई विकास योजना समिती, जमुनिया सर्लाही, लगायत ले सहयोगमा प्रदशन भएको हो ।         

दर्शकहरु धेरै नभए पनि नेपाली कथानक चलचित्र “सम्झिराख है”  प्रदर्शनको लागी प्रमुख सहयोगी सस्थाहरु बाट भारि रका  सहयोग मिलेको थियो त्यसैले  घाटामा चाही गएनौ उक्त सस्थाका नवाराज विक ले बताए ।

          रिम विश्वकर्माको निर्माण तथा निर्देशनमा  तयार भएको  यस चलचित्रमानायक सुमन सिंह,अस्मिता कडेल,गणेश गिरी,जे.के.शर्मा, लगायतका थुप्रै कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा नेपालको पोखरा तथा अन्या रमणीया ठाउँहरुको पनि मनोरन्जन दृश्य हेर्न पाईन्छ । ‘कलेजीको कुनामा अझि राख है, मै मरी गए पनि सम्झि राख है...’ राम्रा गितहरु समावेश भएको यस चलचित्रमा गित संगित भने दिपक शर्माको रहेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI