सरोज धामी, , कंचनपुर साउन १७गते ।।राष्ट्रिय भूमि अधिकार मंच कंचनपुरले आज ६० औ भिमदत्त स्मृति दिवस मनाउने भएको छ । किसान नेता भीमदत्त पन्तको स्मृतिमा राष्ट्रिय भुमि अधिकार मंच कंचनपुरले प्रत्येक वर्ष भुमि अधिकार दिवसको रुपमा मनाउदै आएको छ । कंचनपुरका भुमिहिन सुकुम्वासीहरुले आज मालपोत कार्यालय, नापी, वन, जिल्ला विकास समिति, जिल्ला प्रसासन कार्यालयहरुमा गई समस्या समाधानका लागि सम्वन्धित निकायको ध्यानआर्कषण गर्ने भएका छन् । भुमिहिनहरुको आन्दोलन र किसान नेता भीमदत्त पन्तको सपना साकार पार्न सुदूरपश्चिमका सम्पुर्ण जिल्लामा रहेका भुमिहिन सुकुम्वासीहरुले ६० औ भिमदत्त स्मृति दिवस भुमि अधिकार दिवसका रुपमा मनाउने भएका हुन । यसैबीच सुकुम्वासी समस्या समाधान समितिको साउन १७ मा म्याद सकिने भएपनि ६ महिनाका लागि म्याद थपिएको छ । थपिएको ६ महिना भित्र संकलित निवेदन उपर छानविन गरि परिचय पत्र उपलव्ध गराउनु पर्ने, अव्यवस्थीत रुपमा विभिन्न ठाउमा वस्दै आएका सुकुम्वासी भुमीहिनहरुको लगत संकलन गर्नु पर्नेलगायतका मागहरु समेत दिवसको दिन अघि सार्ने राष्ट्रिय भुमि अधिकार मंचका सचिव रामबहादुर चुनाराले जानकारी दिनुभएको छ ।