काठमाडौं साउन १७ गते ।। एमाले भ्रातृ संगठनको सडक आन्दोलन आज पनि जारी छ । डा. बाबुराम भट्टराई नेतृत्वको सरकारको विरोधमा संगठनले हिजोबाट विरोधको कार्यक्रम गरिरहेको हो । आज राजधानिको वानेश्वरमा विरोधका कार्यक्रम गरिने भएको संगठनले जनाएको छ । सङ्घले पहिलो चरणको आन्दोलन अन्तरगत २४ गतेसम्म विभिन्न कार्यक्रम गर्ने भएको छ । संघको केही दिनअघि सकिएको राष्ट्रिय भेलाले सरकार विरोधी गतिविधि गर्ने निर्णय गरेको थियो ।