Responsive Ad Slot

latest

वर्षाका कारण कैलाली कंचनपुरका कयौ क्षेत्र जलमग्न

Friday, August 3

/ by Unknown
दुइदिने वर्षाका कारण कैलाली कंचनपुरका कयौ क्षेत्र जलमग्न कयौ क्षेत्र डुवानमा ५० परिवार बिस्थापीतरमेश भट्टराई ÷ गोदावरी एफ एम अत्तरिया कैलालीहिजो राति र आजदिनभरको निरन्तर वर्षाका कारण कैलाली र कंचनपुरका अधिकाशं क्षेत्र जलमग्न बनेका छन भने केहि क्षेत्रमा डुवानमा समेत परेका छन । बिहिवार साझदेखिको वर्षाका कारण कैलालीको अत्तरिया, धनगढीको वसपार्क, बिशालनगर र टिकापुरका ब्लक नम्बर १६ र १८ , सिम्रौन क्षेत्र जलमग्न भएका छन । जलमग्न हुदा सो क्षेत्रमा आवतजावतमा समस्या परेको स्थानियबासीहरुले बताएका छन । यसैगरी लगातारको दुइदिने वर्षाका कारण टिकापुर स्थीत शक्तीनगर शिवीर डुवानमा परेको छ । शिवीर डुवानमा परेपछि सो ठाउका ५० परिवार मुक्तकमैयाहरुलाई नजिकैको एउटा सहकारी सस्थाको भवन र एउटा बिद्यालयको सुरक्षित ठाउमा सारिएको इलाका प्रहरि कार्यालयले जनाएको छ । वर्षाका कारण कैलाली र कंचनपुरका बिभिन्न क्षेत्रमा रहेका बाढि पिडीत, सुकुम्बासी र कमैयाबस्तीका परिवार बिचल्लीमा परेका छन । वर्षा संगै दैनिकी छाक टार्न मजदुरी गर्न नपाउदा छाक टार्न मुस्कील परेको पिडीतहरुको गुनासो रहेको छ । वर्षाले टहराहरु चुहिन थालेपछि वालबच्चाहरुलाई ओत लाउन समेत अप्ठेरो परेको उनिहरुको गुनासो छ । यस्तै कैलाली कंचनपुरमा रहेका स्थानिय महोना, मनहरा, गोदावरी लगायतका नदि र खोलामा पानिको जलस्तर समेत बढेको छ । वर्षा संगै नदि खोलामा पानिको सतह बढेपछि नदी खोला आसपासको जनजिवन त्रसीत बनेको छ । यस्तै कंचनपुरको महाकाली नदिमा समेत पानिको बहाव बढेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । कैलालीको अत्तरियामा आज १३० मिलीलिटर र टिकापुरमा १४० मिलीलिटर वर्षा भएको जल तथा मौसम मापन केन्द्रले जनाएका छन । यसैगरी वर्षाले पोखरीमा पानिको सतह बढेपछि टिकापुर स्थीत कैलाश मत्स्यपाल समुहका माछा वगाएको समुहका अध्यक्ष पवनदेवी तिमल्सेनाले बताउनुभयो । बजुरामा खोलाले बगाएर २ को मृत्युबाजुराको बड्डीगाड खोलामा बगेर कोल्टीमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँधु–१ पाडी घर भई कोल्टीमा व्यापार गर्दै आएका करिब ४० वर्षीय दलचन्द्र साँउद र ३५ वर्षका प्रेमलाल साँउद रहेको विमान स्थल सुरक्षा गार्ड कोल्टीले जनाएको छ । उनीहरु दुबै जनाको बर्षाको बाढीले बगाएर ल्याएको दाउरा उतार्न जानेक्रममा खोलामा डुबेर मृत्यु भएको हो । दिनभरको बर्षाको बाढीले बगाएर ल्याएका दाउरा उतार्ने क्रममा खोलाले बगाएर बेपत्ता बनेका मध्ये एक जनाको शव नचिनिने अवस्थामा फेला परेपनि अर्को भने फेला नपरेको स्थानीय सन्तोषी शाहले जानकारी दिएका छन् । घटना दिउँसो ३ बजे पछि घटेको प्रहरीले बताएको छ । कोल्टी बजारबाट २० मिटर टाढा पर्ने बड्डीगाड खोलामा बेपत्ता शवको प्रहरीले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI