Responsive Ad Slot

latest

सुदूरपश्चिमको कला संस्कृतिको जगेर्ना गर्न कंचनपुरमा गौरा महोत्सव गरिने ।।

Wednesday, August 1

/ by Unknown
सरोज धामी, , कंचनपुर   साउन १७ गते ।। सुदूरपश्चिमको महान् पर्व गौराको अवसरमा कञ्चनपुरको महेन्द्रनगरमा गौरा महोत्सवको आयोजना गरिने भएको छ । सुदूरश्चिमको कला संस्कृतिको संरक्षण गर्ने अभियानमा लागेको महाकाली साहित्य सङमले साउन २३ गतेदेखि गौरा महोत्सव २०६९ को आयोजना गर्ने भएको हो । ३२ गतेसम्म चल्ने गौरा महोत्सवमा महिला तथा पुरुषका डेउडा, ढुस्को धुमारी खेलका साथै सुदुरपश्चिमेली कला संस्कृति झल्कने बिभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिने आयोजकले जनाएको छ । महोत्सवमा लोक वाजा वादन र डोटेली इतिहास झल्कने ताम्रपत्रकोसमेत प्रर्दशन गरिने बताइएको छ । साथै स्थानिय खानाका परिकारहरु महोत्सवमा थप आर्कषणका रुपमा रहने आयोजकले जानकारी दिएको छ । महाकाली साहित्य संङ्गमको बैठकले महोत्सव सफल पार्नका लागि बीरबहादुर चन्दको संयोजकत्वमा ५१ सदस्यीय आयोजक समिति गठन गरिएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI