बन्दना झा, , सर्लाही, मलंगवा साउन १७ गते ।। गएराति भएको श्रीलंका र भारतबीचको चौथो एक दिवसिय क्रिकेट खेलमा भारतले श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ । श्रीलंका निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ५१ रन बनाएको थियो । श्रीलंकाकोतर्फ उपल थरगां ५१, तिलकरत्ने दिलाशान ४२, लाहिरु थिरुमने ४७ रन बनाएका थिए । जवाफमा बल्लेबाजी गर्न आएका भारतले निर्धारित ४२ दशमलब २ ओभरमा ४ विकेट गुमाउदै २ सय ५५ रन बनाउन सफल भएका थिए ।