तनहुँ भदौ ७ गते । अविरल वर्षाका कारण बंकर भत्किदा डोल्पा समरसुर गुल्म सुलिगाड डोल्पामा कार्यरत तनहु“ बन्दिपुर–२ का ३६ वर्षका हवल्दार मित्रलाल गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । वर्षाका कारण डोल्पा जिल्लाको सुलिगाडमा रहेको समरसुर गुल्मको बंकर राति सेना सुतिरहेको अवस्थामा एक्कासी भत्किएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । नेपालवाणी