इन्द्र बजगाँई, ताप्लेजुङ साउन १२ गते , । पहिरोका कारण ताप्लेजुङको खेजेनिममा रहेको मेन्थेवा खोला लघुजलविधुत परियोजनाको विद्युत प्रसारण हिजोबाट बन्द भएको छ । पहिरोले विद्युत गृह निर्माणमा प्रयोग भएका ६ वटा पेनस्टोल पाइप बगाएपछि विद्युत प्रशारण बन्द भएको स्थानियबासिन्दा जघन पौडेलले जानकारी दिनुभयो । विद्युत प्रसारण बन्द भएपछि गाविसका ४ सय ५० घरधुरी अन्धकारमय बनेका छन् । निरन्तर पहिरो बग्नेक्रममा रहेकोले विद्युत गृह अर्कै ठाउँमा सार्नुपर्ने अवस्था आएको पौडेलले बताउनुभयो । ६५ किलोवाट क्षमताको परियोजना, ६ महिना अघि, २ करोड बढीको लगानिमा निर्माण सम्पन्न भएको थियो । पहिरोका कारण स्थानिबासिन्दा तेजबहादुर कार्कीको घरसमेत जोखिममा परेको छ ।